समाचार

भर्खरै आयो दु:खद खबर : १४ जनाको दुर्घटनास्थलमै मृत्यु ३३ घाइते

काराकस, पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । सोही दुर्घटनामा घाइते भएका ३३ जना घाइते भिल्ला डेल रसारियो अस्पतालमा उपचारको लागि भर्ना गरिएको र तीमध्ये पनि चार जनाको थप मृत्यु भएपछि सो सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ ।कोलोम्बियाको सीमा क्षेत्रमा पर्ने जुलिया राज्यको ग्रामीण इलाकामा यो दुर्घटना भएको थियो । सो दुर्घटनाको अनुसन्धान भइरहेको र दु्रतगतिमा सवारी साधन चलाएका कारण नै उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस बसमा ५८ जना यात्रु सवार रहेका प्रत्यक्षदर्शीले स्थानीय पत्रिका पानोरामाले जनाएको छ ।भेनेजुएलामा सडक मर्मत सम्भारमा कमी, जीर्ण सवारी सधान, चालकको लापर्वाही जस्ता कारणले बारम्बार सडक दुर्घटना हुने गरेको पाइन्छ ।विश्व स्वास्थ्य संगठनले जारी गरेको एक प्रतिवेदनका अनुसार भेनेजुएलामा सन् २०१६ मा १० हजार ६ सय व्यक्तिको सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।ज्ञानेश्वरकी रिमा शाही
(नाम परिवर्तन) त्यतिवेला छाँगाबाट खसेझै भइन्, जतिवेला एक अपरिचित युवतीले हुनेवाला दुलाहको असली धन्दा पर्दाफास गरिन् । त्यस वेलासम्म ढिला

भइसकेको थियो । नगुम्नुपर्ने गुमिसकेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौं टेकुस्थित कार्यालयमा आइतबार भेटिएकी उनी प्रहरीसँग भन्दै थिइन्, ‘त्यसले मेरो सबै सक्यो । त्यसविरुद्ध कानुनी कारबाही गरिपाऊँ ।’ प्रहरीका अनुसार उनलाई प्रेमको चंगुलमा पारी फसाउने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्य थिए । केही सातापछि मात्रै दुईबीच इन्गेजमेन्ट हुँदै थियो । यसका लागि राजधानीको पाँचतारे होटेल बुक गरिएको थियो । उपहार दिन डेढ करोड रुपैयाँको ल्यान्डरोभर कारसमेत तयार थियो । तर, जब हुनेवाला दुलाहाको असली धन्दा बाहिरियो उनी झरछाँगाबाट खसे झै भईन् । सबै योजना तासको घरझै भताभुंग हुन पुगे । आचार्य अहिले प्रहरी हिरासतमा छन् । शाह न्याय खोजीमा भौँतारिँदै छिन् ।उसले २० भन्दा धेरै युवतीलाई ठगी गरेको पाइएको छ । पीडित युवती खानदानी घरानाका भएकाले उनीहरू खुलेर आउन सकिरहेका छैनन्,प्रहरीका अनुसार आचार्यले शाह जस्तै २० भन्दा धेरै युवतीलाई यसैगरी फसाइसकेका छन् । ‘उसको खास धन्दा विभिन्न प्रलोभनमा युवती फसाउने र धनमाल लिने रहेको देखिन्छ । उसले २० भन्दा धेरै युवतीलाई ठगी गरेको पाइएको छ । पीडित युवती खानदानी घरानाका भएकाले उनीहरू खुलेर आउन सकिरहेका छैनन्,’ काठमाडौं परिसरका प्रवक्ता

डिएसपी होविन्द्र बोगटीले भने ।इंगेजमेन्टका लागि स्थान तोकियो काठमाडौंको एक ु होटेल । गरगहना खरिद भए । ज्वाइँलाई उपहार दिन डेढ करोड मूल्यबराबरको ल्यान्डरोभर कार बुक भयो ।प्रहरीका अनुसार शाह र आचार्यबीच अस्पतालमा भएको दोस्ती प्रेममा बद्लियो । आचार्यले उनलाई आसध्यै माया गर्थे । ख्याल पनि उत्तिकै गर्थे । परिवारसँग उनी अतिनिकट थिए । इन्जिनियर भनेर परिचित उनीप्रति शाह परिवार उत्तिकै प्रभावित थियो । दुईले विवाह गर्ने मनस्थिति बनाए । शाहले आचार्यसँग विवाहको प्रस्ताव राखिन् । उनले स्विकार गरे । विवाहको प्रसंग परिवारसम्म पुग्यो । परिवार पनि सहमत भएपछि इंगेजमेन्टको मिति तय भयो । इंगेजमेन्टका लागि स्थान तोकियो काठमाडौंको एक पाँचतारे होटेल । गरगहना खरिद भए । ज्वाइँलाई उपहार दिन डेढ करोड मूल्यबराबरको ल्यान्डरोभर कार बुक भयो ।जब युवतीलाई भेट्न दुवैसँगै जाने योजना बन्यो, त्यसपछि आचार्य एकाएक बेपत्ता भए ।यही क्रममा शाहलाई एक अपरिचित युवतीले फोन गरिन् । फोनमा आचार्यको बारेमा ‘केही भन्नु छ’ भनिन् । दुईबीच भेट्ने सहमति भयो । शाहले युवतीबीच भएको कुराकानीको प्रसंग आचार्यलाई पनि भनिन् । उनले अपरिचित ती युवतीलाई भेट्ने योजनामा आफू रहेको सुनाइन् । जब युवतीलाई भेट्न दुवैसँगै जाने योजना बन्यो, त्यसपछि आचार्य एकाएक बेपत्ता भए । कतै पत्ता नलागेपछि उनले ती युवतीलाई भेटिन् । त्यसपछि पो थाहा पाइन, आचार्यले यसअघि ती युवतीलाई त्यसैगरी फसाइसकेका रहेछन् । यो खबर आजको नयाँ पत्रीकामा टेकराज थामिले लेखेको छन् ।

Related Articles

Back to top button