समाचार

मोरङको पथरीमा फेरि दुखद खबर :

२ असार, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा युवकको शव भेटिएको छ । पथरी शनिश्चरे नगरपालिका– २ मा रहेको सुन्दर सामुदायिक वनको गेट नजिकै सडेको अवस्थामा शव भेटिएको हो ।सोमबार विहान शव भेटिएपछि अनुसन्धानका लागि प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीको टोली पुगेको छ ।शव पुरानो भएका कारण पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ । रातो टिसर्ट लगाएको र पेन्ट आधा खोलिएको अवस्थामा भेटिएको शव सडिएर गन्ध आएपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।काठमाडाैँ, २ असार । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।मृतकहरुको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइतेहरुको उद्दार भइरहेको छ । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरी नायब निरीक्षक महानन्द जोशीले बताए ।घटना भएकाे जानकारी आएपछि आफूहरु घटनास्थलतर्फ गइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । जीप के कारण ले दुर्घटना भयो भन्नेबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छनेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले संसदमा आाफ्नो दललाई सहभागी गराउन माग गरेका छन्।युरोप भ्रमण

सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा भेटेर ढकालले संसदमा आफ्नो दलको प्रतिनिधित्वबारे माग गरेका हुन्।भेटमा उनले गत निर्वाचनका बेला परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएको प्रधानमन्त्रीलाई स्मरण गराएको उक्त दलले विज्ञप्ति निकालेर जनाएको छ।गत निर्वाचनमा परिवार दलले नेकपाको तत्कालीन गठबन्धनलाई सघाएबापत् संसदमा उसको दलको प्रतिनिधित्व सुनिश्चित गराउने सहमति भएको परिवार दलले जनाएको छ।सेतोपाटीसँगको कुराकानीमा ढकालले त्यतिबेलाको सहमति अहिलेसम्म पनि कार्यान्वयन नभएपछि प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराइएको बताए।उनका अनुसार चुनावको बेला परिवार दलले वाम गठबन्धनलाई सघाउँदै सूर्य चुनाव चिन्ह लिएर लड्ने र त्यसबापत प्रतिनिधि सभामा परिवार दलको प्रतिनिधित्व गराउने सहमति भएको थियो।‘मैले यही विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु। उहाँले पार्टी सचिवालयमा छलफल गरे जानकारी गराउँछु भन्नुभएको छ,’ ढकालले भने।यस विषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेर ध्यानाकर्षण गराउने उनले जानकारी दिए।ढकाल यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए।२०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा ढकाल शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए।गत मंसिरमा काठमाडौंमा भएको विवादीत एसिया प्यासिफिक समिट आयोजना गर्ने क्रिश्चियन मिसनरी संस्था युनिफिकेसन चर्चसँग ढकालको सम्बन्ध छ। उनी उक्त संस्था नेपाल च्याप्टरका अध्यक्ष हुन्।

Related Articles

Back to top button