समाचार

बझाङ,जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत

बझाङ, असार २ । जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको छ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप वडा नं १ डौँठी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उहाँका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरका नायब निरीक्षक महानन्द जोशीले जानकारी दिनुभयो ।घटनास्थलमा खटिनुभएका स्थानीयवासी रामचन्द्र रोकायाका अनुसार घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने काम भइरहेको छ । दुर्घटनामा चार जना घाइते र हेलिकोप्टर आइसकेको उहाँले जानकारी दिनुभयो । मौसम खराब रहेका कारण हेलिकोप्टर उड्न नसकेको बताइएको छ ।यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई सुमित एयरलाइन्सको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट ठाटीकाँधतर्फ जाँदै गरेको भे१च २०९० नंको जीप दुर्घटना हुँदा १० जना घाइते भएका थिए ।घाइतेमध्ये ठाटीकाँध गाउँपालिका९४ का जीप साहु ३०

वर्षीय लोकेन्द्रबहादुर शाही, सोही ठाउँका ३० वर्षीय बमबहादुर शाही, ४२ वर्षीय सुरत शाही र जीप चालक २५ वर्षीय भरत विष्टलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।काठमाडौँ — फेसबुकमा सरकारविरुद्ध स्ट्याटस लेखेपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले क्याप्टेन विजय लामालाई जापान भम्रणको टोलीबाट हटाएका छन् ।निगमका अनुसार, आउँदो भदौ १२ गतेदेखी जापानको ओशाका उडानको तयारी गरिरहेको निगमको टोलीमा पाइलट लामासहित तीन सदस्य सोमबार बैंकक हुँदै जापान जाने कार्यक्रम थियो। थाई एयरवेजको उडानबाट निगमका कार्यकारी अध्यक्ष खरेलसहित, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामा त्यसतर्फ जान लागेका थिए।निगमका एक उच्च अधिकारीका अनुसार, तीनै जनाको होटल बुकिङ र टिकट पनि भइसकेको थियो। कार्यक्रम एक साता लामो थियो। तर, पाइलट लामाले आफ्नो फेसबुक पेजमा सरकारले ल्याएको गुठी विधेयक विरुद्ध स्ट्याटस लेखेपछि उनलाई टोलीबाट हटाइएको निगमको उच्च स्रोतले कान्तिपुरलाई बतायो।

Related Articles

Back to top button