भिडियो

प्रहरीको इन्काउण्टरमा चोर

प्रहरीको फिल्मी शैली, चोर समात्न पनि इन्काउण्टर भिडियोः काठमाडाैं । समाजमा भईरहेका चोरी लगायतका घटनामा सम्लग्नलाई पक्राउ गर्ने क्रममा पछिल्लो समय प्रहरी आक्रामक ढंगबाट प्रस्तुत भईरहेको छ । समाजमा शान्ति सुरक्षाको प्रत्याभुत गराउन कुनै कसर बाँकी नराख्ने अठोटका साथ अघि बढेको नेपाल प्रहरीको गतिविधि समय समयमा विवादित पनि बन्ने गरेको छ ।विभिन्न शारीरिक सुगठनका तालिम लिएका प्रहरीले पछिल्लो समय अपराधी प्रक्राउ गर्न भने जवाफी कारवाही अर्थात् इन्काउण्टरको बाटो अवलम्वन गर्न थालेको छ ।गत दुई सातामा अपराधी पक्राउ गर्न प्रहरीले वीरगंज, पोखरा र काठमाडौंमा फायरिङ खोल्यो । बालक अपहरण र हत्या गर्नेलाइ पक्रन, संगठित डकैतीका नाइके पक्रन, लागू औषधका कारोबारी पक्राउ गर्न प्रहरीले इन्काउटर गरेको हो ।प्रहरी इन्काउण्टर श्रृंखलाले लामै समय पार गरिसकेको छ । के–के भयो प्रहरी इन्काउण्टरमा र किन हुँदैछ इन्काउण्टर ? साधारण घटनाका दाेषीमा पनि प्रहरीले इन्काउन्टर भन्दा अन्य विकल्प रोज्नु उत्तम होला कि ?विविध घटनाक्रममा प्रहरीले गरेकाे इन्काउण्टरका बारेमा थप जानकारीका लागि जनता टेलिभिजनकाे कार्यक्रम सिएमडब्लुले तयार पारेको यो प्रहरी इन्काउन्टरमा सप्तरीमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी

कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएकाे मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन् । प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालले प्रहरी मुठभेडमा उनको मृत्यु भएको पुष्टि गरे ।उनका अनुसार प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीतर्फबाट पनि फायरिङ भएको थियो । सो क्रममा उनको घटनास्थलमै मृत्यु भएको पालले जानकारी दिए । चौधरीमाथि २ गोली लागेको छ । एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो ।उनी २०७२ सालमा प्रहरी असई रमेश सुब्बाको हत्यामा संलग्न समेत भएका अपराधी भएको बताइएको छ । त्यतिबेला उनले प्रहरीको भ्यानमाथि एम्बुस थापेर सो घटना घटाएको प्रहरीको दाबी छ । यस्तै उनी अरु विभिन्न आपराधिक कार्यमा पनि संलग्न भए पाइएको प्रहरीले जनाएको छ । तराईको सशस्त्र समूह गोइत समूहको पूर्वकार्यकर्ता उनले अहिले आफ्नै समूह बनाएर चन्दा असुली, हप्ता असुली गरी भूमिगत गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ ।

Related Articles

Back to top button