समाचार

काठमाडाैँ – हराइरहेका कलेजका विद्यार्थी मृत भेटिए

काठमाडाैँ – बौद्धस्थित जेभियर्स इन्टरनेश्नल कलेजका एक जना विद्यार्थी खोलामा डुबेको अवस्थामा मृत भेटिएका छन् । गत जेठ ३० देखि बेपत्ता तेह्रथुमका २४ वर्षीय स्वराम भेटवाल मृत भेटिएका हुन्।महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले शैक्षिक भ्रमणका क्रममा कुलेखानी गएका वेला तीन ६ दिन्देखि हराइरहेका भेटवाल मृत फेला परेको बताए। उनका अनुसार तीन दिनपछि मार्फू नजिकै खोलामा डुबेको अवस्थामा भेटवालको शव भेटिएको हो।कलेज प्रशासनको लापरबाही भएको भन्दै मृतकका आफन्तले सत्य, तथ्य छानविनको माग गरेका छन् । अहिले दुवै पक्षको छलफलपछि भेटवालको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम भएको छ ।अस्पतालमा झुन्डिएको अवस्थामा फेला परिन् युवती, आफन्तले गरे तोडफोडकाठमाडौं, ३ असार । काठमाडौंको बौद्धस्थित समता अस्पतालमा सफाई मजदुरका रूपमा कार्यरत २७ वर्षीया बिमला तामाङ मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।मृतकका आफन्तले हत्याको आरोप लगाउँदै अस्पतालमा तोडफोड गरेका छन् । अस्पतालमा उनीहरूले नाराबाजी पनि गरिरहेका छन् ।रामेछाप दोरम्बा घर भएकी तामाङ केही महिनादेखि उक्त अस्पतालमा कार्यरत थिइन् ।अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको छ। आफन्तले नाराबाजी गरेपछि अहिले ठूलो मात्रामा अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।मलंगवा : सर्लाहीको पूर्वी क्षेत्रमा पर्ने पर्सा गाउँपालिका ४ जिंगडवाको बाँसघारीमा वृद्धको शव फेला परेको छ। अन्दाजी ६५-७० वर्षको जस्तो देखिने पुरुषको शव बाँसघारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।शवको प्रकृति हेर्दा गर्मीले बेहोस भएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतित सिंह

राठोरले बताए। गर्मी छल्न छहारीमा बसेको समयमा बेहोस भएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक राठोरले
जनाए।शवको पहिचान हुन सकेको छैन्।पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल मलंगवामा ल्याइएको छ। नेपाली केटाले भारतीय केटि भगाएपछि अनुमति बिना नै नेपाल घुसे भारतीय प्रहरी !काठमाडौँ – अनुमति बिना नै सादा पोसाकका ३ जना भारतीय प्रहरीलाई नेपाल प्रवेश गरेका छन्। कुनै पनि अनुमति बिना नै ३ जना भारतीय प्रहरी नेपाल प्रवेश गरेर अछाम पुगेका हुन्।बान्नीगढी जयगढ गाउँपालिकाका एक युवकले भारतीय युवती भगाएर ल्याएको भन्दै खोज्न उनीहरु नेपाल प्रवेश गरेको बताइएको छ। यसरी प्रवेश गर्नेमा अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेल छन्।प्रक्रिया पूरा नगरी नेपाल प्रवेश गरेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय अछाममा राखिएको छ। उनीहरुलाई जयगढ गाउँपालिकाबाट जिल्ला प्रहरी कार्यालय पुर्याइएको हो।उनीहरुको साथमा कोरवा प्रहरीको पत्र रहेको बताइएको छ। कोरबा छत्तीसगढ शान्तिनगर ७ भारत बस्ने कुमारी काजोल राठोरलाई अछामका केशव सोनीले भागाएको भन्ने उजुरीको आधारमा उनीहरु खोजिको लागि नेपाल प्रवेश गरेको पाइएको छ। यधपी उनीहरुले प्रक्रिया भने पुर्याएको देखिएको छैन।पत्र संघीय प्रहरी इकाइ कार्यालय धनगढीलाई लेखिएको र पत्रमा आवश्यक समन्वय गरिदिन आग्रह गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रवेश गरेका ३ जना भारतीय प्रहरी बारे सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री भीम रावल चासो देखाएका थिए।उनले तत्काल गृह सचिव प्रेम राई र अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठलाई नियन्त्रणमा लिन आग्रह गरेपछि खोजेर तीन जनालाई जिल्ला प्रहरी कार्यालय पुर्याएको हो।अहिले भगाएर ल्याउने युवक र भारतीय युवती समेत जिल्ला प्रहरी कार्यालयमै आइपुगीसकेका छन्। यस विषयमा के गर्न सकिन्छ भन्ने बारे छलफल भैरहेको अछाम प्रहरीले जनाएको छ।

Related Articles

Back to top button