समाचार

मासु पकाउन नमानेको भन्दै कृष्णले गरे श्रीमतीको हत्या

३ असार, डोटी । दिपायल सिलगढी नगरपालिका–३ का कृष्ण नेपालीले कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तका अनुसार घरायसी विवादपछि ४५ वर्षीय कृष्णले लुगा काट्ने कैंची प्रहरी गरी ४० वर्षीया श्रीमती मिना नेपालीको हत्या गरेका हुन् ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार राति करिब ९ बजेतिर कृष्ण मासु ल्याएर घरमा आएका थिए । उनले श्रीमती मिनालाई मासु पकाउन भने । तर, मिनाले नमानेपछि विवाद बढेको थियो । त्यसपछि मदिरा सेवन गरेका कृष्णले मिनाको कम्मर र ढाडमा कैँची प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।कृष्णलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख पन्तले जानकारी दिए ।विश्वविद्यालयमा झडप ,प्रहरी घाइते, दर्जनबढी विद्यार्थीहरु प्रहरी नियन्त्रणमा सुर्खेत – सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा परी एक प्रहरी घाइते भएका छन् । विश्वविद्यालयको नवौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयको टि–सर्टमा काठकाडौंका निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले कार्यक्रम स्थलमै नाराबाजी र ढुङ्गामुडा गरेपछि झडपको स्थिती र्सिजना भएको थियो ।निजी कलेजको विज्ञापन गरिएका टि–सर्ट बहिष्कार गर्नु पर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेपछि प्रहरी बल प्रयोग गर्दा झडप भएको र झडपमा परी प्रहरी घाइते भएको बताइएको छ । घाइते प्रहरी जवान सुरेन्द्र महतको प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ।आन्दोलनमा सहभागी विद्यार्थी नेताहरु धुपेन्द्र शाही, तिर्सना हमाल, ममता अधिकारीलगायतका दर्जनबढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।अहिले विश्वविद्यालयका विद्यार्थीविना नै वार्षिक उत्सवको कार्यक्रम भएको छ भने कार्यक्रम स्थलमा आफ्नै विद्यार्थीलाई प्रवेश निधेष गरिएको छ।आन्दोलनरत विद्यार्थीहरुले राजधानी कलेजले सौजन्य गरेको

दुई बोरा टिर्सट नियन्त्रणमा लिएको बताइएको छ ।काठमाडाैँ – बौद्धस्थित जेभियर्स इन्टरनेश्नल कलेजका एक जना विद्यार्थी खोलामा डुबेको अवस्थामा मृत भेटिएका छन् । गत जेठ ३० देखि बेपत्ता तेह्रथुमका २४ वर्षीय स्वराम भेटवाल मृत भेटिएका हुन्।महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले शैक्षिक भ्रमणका क्रममा कुलेखानी गएका वेला तीन ६ दिन्देखि हराइरहेका भेटवाल मृत फेला परेको बताए। उनका अनुसार तीन दिनपछि मार्फू नजिकै खोलामा डुबेको अवस्थामा भेटवालको शव भेटिएको हो।कलेज प्रशासनको लापरबाही भएको भन्दै मृतकका आफन्तले सत्य, तथ्य छानविनको माग गरेका छन् । अहिले दुवै पक्षको छलफलपछि भेटवालको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम भएको छ ।अस्पतालमा झुन्डिएको अवस्थामा फेला परिन् युवती, आफन्तले गरे तोडफोडकाठमाडौं, ३ असार । काठमाडौंको बौद्धस्थित समता अस्पतालमा सफाई मजदुरका रूपमा कार्यरत २७ वर्षीया बिमला तामाङ मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।मृतकका आफन्तले हत्याको आरोप लगाउँदै अस्पतालमा तोडफोड गरेका छन् । अस्पतालमा उनीहरूले नाराबाजी पनि गरिरहेका छन् ।रामेछाप दोरम्बा घर भएकी तामाङ केही महिनादेखि उक्त अस्पतालमा कार्यरत थिइन् ।अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको छ। आफन्तले नाराबाजी गरेपछि अहिले ठूलो मात्रामा अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।मलंगवा : सर्लाहीको पूर्वी क्षेत्रमा पर्ने पर्सा गाउँपालिका ४ जिंगडवाको बाँसघारीमा वृद्धको शव फेला परेको छ। अन्दाजी ६५-७० वर्षको जस्तो देखिने पुरुषको शव बाँसघारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।शवको प्रकृति हेर्दा गर्मीले बेहोस भएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले बताए। गर्मी छल्न छहारीमा बसेको समयमा बेहोस भएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक राठोरले जनाए।शवको पहिचान हुन सकेको छैन्।पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल मलंगवामा ल्याइएको छ। नेपाली

केटाले भारतीय केटि भगाएपछि अनुमति बिना नै नेपाल घुसे भारतीय प्रहरी !काठमाडौँ – अनुमति बिना नै सादा पोसाकका ३ जना भारतीय प्रहरीलाई नेपाल
प्रवेश गरेका छन्। कुनै पनि अनुमति बिना नै ३ जना भारतीय प्रहरी नेपाल प्रवेश गरेर अछाम पुगेका हुन्।बान्नीगढी जयगढ गाउँपालिकाका एक युवकले भारतीय युवती भगाएर ल्याएको भन्दै खोज्न उनीहरु नेपाल प्रवेश गरेको बताइएको छ। यसरी प्रवेश गर्नेमा अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेल छन्।प्रक्रिया पूरा नगरी नेपाल प्रवेश गरेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय अछाममा राखिएको छ। उनीहरुलाई जयगढ गाउँपालिकाबाट जिल्ला प्रहरी कार्यालय पुर्याइएको हो।उनीहरुको साथमा कोरवा प्रहरीको पत्र रहेको बताइएको छ। कोरबा छत्तीसगढ शान्तिनगर ७ भारत बस्ने कुमारी काजोल राठोरलाई अछामका केशव सोनीले भागाएको भन्ने उजुरीको आधारमा उनीहरु खोजिको लागि नेपाल प्रवेश गरेको पाइएको छ। यधपी उनीहरुले प्रक्रिया भने पुर्याएको देखिएको छैन।पत्र संघीय प्रहरी इकाइ कार्यालय धनगढीलाई लेखिएको र पत्रमा आवश्यक समन्वय गरिदिन आग्रह गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रवेश गरेका ३ जना भारतीय प्रहरी बारे सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री भीम रावल चासो देखाएका थिए।उनले तत्काल गृह सचिव प्रेम राई र अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठलाई नियन्त्रणमा लिन आग्रह गरेपछि खोजेर तीन जनालाई जिल्ला प्रहरी कार्यालय पुर्याएको हो।अहिले भगाएर ल्याउने युवक र भारतीय युवती समेत जिल्ला प्रहरी कार्यालयमै आइपुगीसकेका छन्। यस विषयमा के गर्न सकिन्छ भन्ने बारे छलफल भैरहेको अछाम प्रहरीले जनाएको छ।

Related Articles

Back to top button