अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा बलात्कार गरीअमेरिका भागेका नेपाली युवा प्रक्राउ

सिड्नीमा एक महिलामाथि जबरजस्ती करणी गरी अमेरिका भागेका बलराम नाम गरेका नेपाली युवकलाई यहाँको प्रहरीले अमेरिकन प्रहरीको सहयोगमा प्रक्राउ गरी अस्ट्रेलिया ल्याएको छपर्यटक भिसामा अस्ट्रेलिया घुम्न आएका ३५ वर्षीय बलराम शिवलाई सन् २०१७ को जुनमा कार्लटनस्थित एक अपार्टमेन्टमा २१ वर्षीय स्थानीय महिलामाथि यौन हमला गरेको आरोप लगाइएको स्थानीय प्रहरीले जनाएको छ। आरोपित बलराम अमेरिकाको न्यूयोर्कबाट समातिएका हुन्घटना घटेको केही दिनमै घुम्न आएका आरोपित संयुक्त राज्य अमेरिका फर्केको प्रहरीको भनाइ छयसरी अस्ट्रेलियन भूमिमा गलत काम गरी अमेरिका पुगेर बसेका निजलाई ती अस्ट्रेलियन युवतीको उजुरीका आधारमा खोजी सुरु गरिएको थियोसंयुक्त राज्यसँगको सुपुर्दगी सन्धिअनुरुप प्राप्त वारेन्टको आधारमा न्यु साउथ वेल्स प्रहरीका सेन्टजर्ज इलाका कमाण्डका केही सदस्य आरोपितलाई प्रक्राउ गर्न न्युयोर्क पुगेका थिएअष्ट्रेलियाली प्रहरीले संघीय पक्राउ पूर्जि जारी गरेपछि अमेरिकामा उनलाई हिरासतमा लिई सुपुर्दगी गरिएको थियोउनलाई न्युयोर्कमा स्थानीय प्रहरीको सहयोगमा लस एन्जल्सबाट अष्ट्रेलियन प्रहरीले हिरासतमा लिएको थियो। सिड्नी ल्याईएको ती अभियुक्तलाई न्यु साउथ वेल्सको पारामाटा अदालतमा उपस्थित गराउने जनाइएको छउनलाई बिना सहमति यौन सम्पर्क गरेको आरोप लागेको छ।प्रकाशित मिति: आईतबार, वैशाख २२, २०७६, काठमाडौँ– नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्ड निकटस्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ । प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह हुन लागेको हो । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय

भएको छ ।प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ स पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।तत्कालिन नेकपा माओवादी केन्द्रलाई पुरानो भत्केको बन्नै नसक्ने घरको आरोप लगाउँदै नयाँ शक्ति गठन गरेका बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग एकता गर्ने निर्णय गरेपछि नयाँ शक्तिभित्र पहिरो जाने देखिएको छ नयाँ शक्ति बनेपछि उत्साहित हुँदै बाबुरामसँग लागेका पूर्व माओवादीका नेता तथा कार्यकर्ता यतिखेर बाबुरामसँगै जाने या नेकपामा फर्किने अवस्थामा पुगेका हुन ।केही नयाँ होला भनेर बाबुरामजीसँगै गयौं, तर सोचेजस्तो भएन ।” एक उच्च तहका नेताले भने, “फोरमको राजनीतिक लाइन नै मान्ने हो भने हामीले किन नेकपाबाट अलग हुनुपथ्र्यो ?पार्टी भित्र पार्टी एकताबारे पर्याप्त छलफल नभएको समेत उनीहरुको आरोप छ । शीर्ष तहमा बाबुरामजीले एकल निर्णय गरेको र यसबारेमा परिषद तहमा समेत कुनै छलफल नभएको उनले बताए । “हामीले त नयाँ बनाउने कुरा पो

गरेका थियौं, अरु भन्दा भिन्न, कार्यशैलीदेखि विचारमा भिन्न मोडेल पार्टी बनाउने कुरा थियो । शक्ति कमजोर भयो भन्दैमा एकताको एकल निर्णय गर्नु ठीक होइन ।” उनले भने ।नेताहरु देवेन्द्र पराजुलीलगायतकाले समेत यो विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा नै पराजुलीले टिप्पणी गरेका छन् संघीय समाजवादी फोरमले लिएको समाजवादी कार्यनीति र आफूहरुले अघि सारेको पाँच ‘स’ को कार्यनीतिबीच कहाँ कसरी तादाम्यता मिल्छ भन्ने कुरा पार्टीमा छलफल नभई एकता गरिएको अधिकांश पूर्व माओवादीबाट गएकाहरुले बताएका छन् यो अवस्थामा सबै उस्तै नै हो भने नेकपामा नै जाँदा कम्तीमा कम्युनिष्ट त भन्न पाइने मनोविज्ञान समेत विकास भएको देखिन्छमाओवादी केन्द्र र एमालेबीचको एकताले वैचारिकरुपमा कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारलाई भुत्ते बनाएको भएपनि कतिपय अवस्थामा अन्य शक्तिभन्दा अगाडि बढने अवसर भने नभएको होइन भन्ने उनीहरुको ठम्याई छ सम्भवतः यो बीचमा पदीय या अन्य जिम्मेवारी तहको विषय र कार्यदिशाको विषयमा कुरा नमिलेको खण्डमा जिल्लादेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता नेकपामा प्रवेशको लहर चल्ने उनले बताए बाबुराम भट्टराईले निकै हतारमा फोरमसँग एकता गर्नुका पछाडि कुन चाहिँ तत्वले काम गरेको हो भन्ने स्पष्ट नभएपनि राजपालाई समेत छोडेर अघि बढेको देखिन्छ । राजपाले समेत आफूहरुले एकताबारे छलफल गर्न समय मागेपनि बाबुराम र उपेन्द्र यादवले हतारमा एकताको निर्णय गरेको आरोप लगाएको छ बाबुरामको यो हतारो कार्यकर्तालाई सन्तुष्ट तुल्याउन सक्ला त भन्ने प्रश्नको जवाफ अहिले नै दिन सकिने अवस्था छैन तर यसले दीर्घकालमा वैकल्पिक शक्ति बन्ने उसको अभिष्टामा भने तत्कालका लागि धक्का लागेको नै देखिन्छ ।

Related Articles

Back to top button