समाचार

टिसर्टको निहुँमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरी घाइते

नेपालगन्ज । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा झडपका क्रममा एक प्रहरी जवानसहित केही विद्यार्थी घाइते भएका छन् स्थापना दिवसको अवसरमा विश्वविद्यालयले टि९सर्ट लगाउने बहानमा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीले कार्यक्रम स्थलमै नाराबाजी र ढुंगामुडा गरेपछि झडप भएको हो ।काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेसन कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीले संयुक्त आन्दोलन गरेका हुन्। प्रहरीले विद्यार्थीको आन्दोलनलाई तितरबितर पार्न खोजेपछि झडप भएको थियो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार झडपमा घाइते प्रहरी जवान सुरेन्द्र महतको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। आन्दोलनमा सहभागी दर्जन बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।काठमाडाैँ – कर्णाली नदीमा जीप खस्दा १५ जना भन्दा बढी वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिएवेपत्ताहरुको खोजीमा पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीजुटेका छन्। जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार थिए।सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार बोलेरो जीप बेलरुख नजिकैबाट १२ः४५ बजे कर्णाली नदीमा खसेको छ। जीपमा सवार सबै यात्रु बेपत्ता भएका छन्।मलंगवा : घरको छतबाट खसेर सर्लाही सदरमुकाम मलङ्गवामा मंगलबार दिउँसो एक युवतीको ज्यान गएको छ। लुगा सुकाउने क्रममा घरको छतबाट खस्दा मलङ्गवा नगरपालिका ३ का राकेश गुप्ताकी १६

वर्षीया छोरी सपना गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए।दुई तले घरको छतबाट खसेर गम्भीर घाइते बनेकी गुप्ताको सर्लाही अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक युवती माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका थिइन्।सुर्खेत – कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटना भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार थिए।सहायक प्रजिअ पोखरेलले खार्पु मन्दिरबाट गाउँपालिकाको सदरमुकाम जाँदै गरेको लु १ क ७१६६ नम्वरको बोलेरो जीप बेलरुख नजिकैबाट १२ः४५ बजे कर्णाली नदीमा खसेको बताए।नदीमा खसेको जीपको खोजी भइरहेको छ।उद्दारका लागि सदरमुका सिमीकोटबाट पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई घटनास्थलमा पठाइएको छ। थप जानकारी आउन बाँकी छ।कर्णाली_नदीसर्लाही – थेग्नै नसक्ने गर्मीका कारण हरिवन नगरपालिकाका–११ का वडा अध्यक्ष शेख महबुब रेजा बेहोस(‘फेन्ट’) भएका छन्। आइतबार दिउँसो चर्को गर्मीका बीच आप्mनै वडा भित्र ढल निर्माण कार्यको अनुगमनमा हिडिरहेको बेला वडा अध्यक्ष रेजा एक्कासी भुँइमा ढलेको उनका भाइ शेख कौसिन रेजाले जानकारी दिए। तत्काल हरिवन स्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचार पश्चात उनलाई वीरगंज हेल्थ केयर रेफर गरिएको थियो।रगत परिक्षणमा केही पनि देखिएन’, वडा अध्यक्षका भाइ शेखले भने, ‘अहिले आईसीयुमै हुनुहुन्छ, डाक्टरले अब अल्ट्रासाउण्ड गर्ने भनेका छन्।’ अन्य कुनै गडबडी नदेखिएकाले गर्मीकै कारण फेन्ट भएको हुनसक्ने डाक्टर साबहरुले भन्नु भएको छ।सातायता अत्यधिक गर्मी बढेका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि जिल्लाका स्थानीय तहहरुले धमाधम

विद्यालय बन्द गरेका छन्। मलंगवा, लालबन्दी, हरिवन, बागमती र गोडैता नगरपालिका एवं चन्द्रनगर गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। चर्को घाम र अत्यधिक गर्मीले पठनपाठन गराउनै मुस्किल पर्न थालेपछि सर्लाहीका स्थानीय तहले धमाधम विद्यालय बन्द गरेका हुन्।केही दिनदेखि बढेको अत्यधिक गर्मीले विद्यालयमै विद्यार्थी बिरामी पर्न थालेको र आधासरो विद्यार्थी नै अनुपस्थित हुने गरेको जानकारी आएपछि नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरिएको नगरपालिकाका शिक्षा शाखाका संयोजक उपसचिव बासुदेव तिमल्सिनाले जानकारी दिए।गर्मीका कारण गरिएको अनिश्चित बिदा बर्खे विदाबाट कटौती गरिने समेत नगरपालिकाले जनाएको छ। गर्मी कम भएपछि अर्को सूचना जारी गरेर विद्यालय सञ्चालन गरिने उपसचिव तिमल्सिनाले बताए। सातायता जिल्लामा अत्यधिक गर्मी बढेको छ। बिहानैदेखि तात्न सूरु हुने मौसम दिउँसोपछि ४३ डिग्री सम्म पुग्ने गरेको छ।हावा नचली गुम्म मौसममा चर्को घाम लाग्ने गरेका कारण सर्वसाधारण वरपिपल, समी, अशोक, कदम जस्ता विरुवाको छहारी एवं चौतारमा बसेर दिन कटाउन बाध्य भएका छन्। विद्युत पटक–पटक अवरुद्ध हुने र आएको समयमा पनि विद्युतीय पंखाको हावा समेत तातो हुने गरेका कारण सर्वसाधारणहरु घर छाडेर रुखको छहारी एवं चौतारकै शरणमा दिन बिताउने गरेका हुन्। बजारहरुमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको छ। अत्यावश्यक काम बाहेक सर्वसाधारणहरु बजार निस्कन छाडेका छन्

Related Articles

Back to top button