समाचार

विवादीत गुठी विधेयक फिर्ता

सरकारले विवादीत गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिइन्।विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रिय सभामा पेस भएको उक्त विधेयक फिर्ता लिने निर्णय गर्दछु,’ मन्त्री अर्यालले भनिन्

। ३ असार, काठमाडौं । प्रहरीले भैरहवा विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । प्रहरीका अनुसार उनी बिहीबार दिउँसो भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए तर, एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् ।संखुवासभा – संखुवासभामा सोमबार साँझदेखि आएको बाढी र पहिरोले कराेडाैँ रुपैयाँभन्दा बढिको क्षति भएकाे छ ।केहीदिन अघिदेखि उत्तरीभेगमा परेको वर्षाका कारण अरूण नदीमा आएकोमकालु, चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकाका विभिन्न भागहरुमा ठूलो क्षति पुर्‍याएको हो । घटनामा हालसम्म कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताउनुभयो ।वर्षासँगै झरेको पहिरोले सोमबार साँझ मकालु गाउँपालिका–५, नुममा स्थानीय अजित राईको घर पुरेको छ । उहाँको अनुसार, टिनको छानो भएको २ तले घरको माथिबाट वर्षासँगै झरेको माटोको ढिस्कोले घरमाक्षति पुर्‍याएको हाे । अरुण तेस्रो जलविद्युत्त परियोजनाकाे दुई एक्स्काइभेटर पुरिएवर्षाले मकालु गाउँपालिका–३, स्थितमा रहेको निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको ड्यामसाइटमा ठूलो क्षति पुगेकाे प्रनाउ लामाले बताउनुभयो । उहाँका अनुसार एक्स्काभेटर–२, बुमर मेसिन–१,लोडर–१, ट्याक्टर–१ कम्प्रेसर मेसिनलगायतका निर्माण सामग्री र उपकरणा पुरिएका छन् ।त्यसैगरी फयाक्सिदा डयामसाइटको पारिपटिट नयाँबस्तीमा खाँदबारी–किमाथांका सडकखण्डमा सञ्चालनमा रहेको रौता कन्ट्रक्सनकाे एक्स्काभेटर बाटोबाट अन्दाजी ३० मिटर तल झरेर अड्किएको अवस्थामा रहेको पनि जनाइएको छ । चिचिला गाउँपालिका–४ मा रहेकाे खाँदबारी–किमाथांका सडकखण्डको सुम्मा भिरदेखि कप्ताने भन्ने ठाउँसम्म अन्दाजी ३ किलोमिटर दूरीको सडक खण्डमा अवरोध भएका कारण उत्तरी क्षेत्रको नुम, गोला र किमाथाङ्का जाने गाडी पूर्ण रुपमा बन्द भएको छ । सदरमुकाम खाँदबारीबाट एकदिनको पैदल दूरीमा रहेकाे यस क्षेत्रमा बिजुली पनि बन्द भएकाे छ ।

Related Articles

Back to top button