समाचार

दुखद खबरः ट्रककाे ठक्करबाट बिनिता को मृत्यु

ट्रकको ठक्कर बाट रुपन्देहीको कोटिहवामा बिनिता बस्याल को ज्यान गयो ।। आत्माले बुटवल – रूपन्देशीमा ट्रककाे ठक्करबाट एक जना युवतीको ज्यान गएको छ । रूपन्देहीकाे कोटिहवामा स्कुटरमा सवार रहेकि विनिता बस्यालको ट्रकको ठक्करबाट मृत्यु भएको जनाइएको छ । मृतकका बारे घटनाको विस्तृत विवरण भने आउन बाँकी नै छ ।शान्ति पाओस ।#Ripलोकसेवाको आवेदन फारम भर्न नपाएकै भन्दै लोकसेवाको कार्यालय आगडि प्रदर्शन गरेका विद्यार्थीहरूलाई प्रहरीले दमन गरेको छ । लोकसेवाको आयोगको फारम भर्ने सर्भरमा समस्या देखिएपछि फारम भर्न नपाएको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका हुन् । आन्दोलित विद्यार्थीहरूमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको कुटाईबाट एक विद्यार्थी बेहोस भएकी छन् भने दुई जना पक्राउ परेका थिए । पक्राउका हरुलाई आधा घण्टापछि प्रहरीले विना सर्त रिहा गरेको छ । महिला विद्यार्थीमाथि पुरुष प्रहरीले नै हातपात गरेको भन्दै विद्यार्थीहरूले प्रहरीविरुद्ध नारबाजि समेत गरे ।किन अनलाइन प्रणाली बन्द गर्नु पर्ने, कि त, अनलाइन प्रणालीमा समस्या नआनउनुपर्नेु विद्यार्थीहरूको माग छ । आन्दोलनरत उर्मिला क्षेत्रिले भनिन्, पहिलाकै जस्तो कागजी फारम खुलायो भने हामी रातको १२ बजेसम्म पनि लाइन बसेर फारम भर्ने तयार छौँ । आफ्नो क्षमताले देखाएर जागिर खान आउँदा प्रहरीको लाठी खान परेको समेत विद्यार्थीहरुले गुनासो गरेका छन् । न्युज २४ सँग कुरा गर्दै उर्मिलाले भनिन्( ुकसैको गुलामी गर्न आएका हैनौँ हामी, कसैको खुट्टा समाएर जागिर खान आएका हैनौं, आफ्नो क्षमताले देखाएर जागिर खान आएका हौँ, तर यहाँ प्रहरीको लाठी खानुपर्‍यो, हामी पनि बेजोरगारि भएका आएका हौ‌ं, मास्टर डिग्री पास गरेर पनि कहिलेसम्म बेरोजगारी बस्ने ?हिजो सोमबार पनि लोकसेवा आयगले सर्भरले काम नगरेको भन्दै आवेदन फारम भर्न आएका विद्यार्थीहरुलाई आश्वासन दिएर फर्काएको उनले बताइन् । उनले भनिन्, हिजो पनि हामी आएका थियौँ, तपाइहरू

एक छिन कुर्नुहोस् डेढ घण्टापछि सूचना आउँछ भन्नुभयो, डेढ घण्टापछि सूचना त जारी गर्नुभयो तर हस्ताक्षर र चलनि नम्बर नै थिएन । यसैबीच लोकसेवा आयोगले आवेदन फारम भर्ने मिति एक हप्ताको लागि थप गरेको छ । आज अर्थात असार ३ गतेसम्म अन्तिम म्याद भनिएकोमा मंगलबार नै बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको सुचना अधिकारी डिल्ली सुवेदीले जानकारी गराए। सर्भरमा समस्या देखिँएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेका थिए। डवल दस्तुर तिरेर भने असार १७ गतेसम्म आवेदन दिन पाइने छ। न्युज २४ बाटभक्तपुर : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नलिञ्चोक मंगलबार टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। बा ४ ख ५६७१ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएका प्रदेश नं ३-०२-००३ प १२६६ नम्बरको स्कुटर चालक ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो। मृतक श्रेष्ठ काभ्रेपलाञ्चोक पाँचखाल नपा ९ घर भई हाल भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोलमा बस्दै आएका थिए। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुइटै सवारीसाधन भक्तपुरको जगातीबाट काभ्रेतर्फ जाँदै थिए। नलिञ्चोकको उकालो पुग्दा स्कुटरले टिपरलाई ओभरटेक गरेको थियो। सोही क्रममा स्कुटर टिपरको बायाँ साइडको चक्कामा ठक्कर खान गएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएउनका अनुसार टिपरसँग ठक्कर खाएर लडेको स्कुटरका चालका श्रेष्ठलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो। स्कुटरले सफल ओभरटेक गर्न नसक्दा घटना भएको देखिएको प्रहरीले जनाएको छ।प्रहरीले दुवै सवारीसाधन र टिपर चालक रामेछाप सुनपाती नपा ३ घर भई हाल भक्तपुर नपा १ सल्लाघारी बस्ने २९ वर्षीय लोकबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी टोली खटी गई आवश्यक अनुसन्धान कार्य अघि बढाइएको भक्तपुर प्रहरीले जनाएको छ।

Related Articles

Back to top button