समाचार

पर्यटक बोकेर पोखराका लागि उडेको दुई हेलिकप्टर आकस्मिक

दुई हेलिकप्टर आकस्मिक अवतरण (बागलुङ) — मंगलबार दिउँसो अचानक परेको वर्षा र मौसम खराबीले यहाँ दुइटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् । मुस्ताङबाट भारतीय पर्यटक बोकेर पोखराका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर मौसम खराबीका कारण सदरमुकामस्थित बाङ्गेचउर खेल मैदानमा अवतरण गरेको हो ।दिउँसो पौने ४ बजे हेलिकप्टरले अवतरण गरेलगत्तै सिम्रिक एयरकै अर्को हेलिकप्टरपनि उक्त मैदानमा आइपुगेको थियो । हुम्लाबाट बिरामी बोकेर काठमाडौं उडेको हेलिकप्टरपनि मौसमको खराबीकै कारण आइपुगेको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।मौसमको खराबीका कारण अवतरण गरेका दुवै हेलिकप्टरपानी रोकिएपछि गन्तव्यमा उडेका छन् । मंगलबार दिउँसो ३ बजे अचानक ठूलो हुरीसहित वर्षात् भएको थियो । उनीहरुले संभावित दुर्घटनाबाट बचाउन आकस्मिक अवतरण गरेका थिए । अवतरणपछि बागलुङवासी आश्चर्यमा परेका थिए ।प्रकाशित : असार ३, २०७६ १८:०२काठमाडौं । काठमाडौंमा दैनिक जसो कुनै न कुनै अस्पतालमा चिकित्सक तथा अस्पतालको लापरवाहीका कारण आफन्तको ज्यान गएको भन्दै आन्दोलन भैरहेका हुन्छन् । बिरामीका आफन्तले बिरामीलाई विभिन्न कारणहरु देखाउँदै उपचारमा लापरवाही भएको दाबी गरेका हुन्छन्, भने अस्पतालले बिरामीको अवस्था आफन्तले भनेको जस्तो नभएको तथा उपचारमा लापरवाही नभएको दाबी गरेका हुन्छन् ।यसको पछिल्लो उदाहरण बनेको छ काठमाडौको चावाहिल स्थित ओम अस्पताल । सिन्धुपालचोककी रामप्यारी थापा गत जेठ २४ गते पित्तथैलीको अपरेशनका लागि अस्पताल पुगेकी
थिइन् । उनको पित्त थैलीको शल्यक्रियापछि अवस्था झन् बिग्रदै गयो । कारण, उनको आन्द्रामा समेत प्वाँल परेको रहेछ छ । पुन आन्द्राको शल्यक्रियापछि

उनी होसमा आइनन् र बिहीबार अस्पतालले मृत घोषणा ग¥यो ।हिँडेरै अस्पताल पुगेकी रामप्यारीको अवस्था अस्पतालमा गएपछि झन् विग्रनुदेखि ज्यान गएपछि आफन्तले शल्यक्रियाका क्रममा लापरवाही भएकाले, छानबिन हुनु पर्ने, चिकित्सकले माफी माग्नु पर्ने लगाएतका माग गर्दै लामो समय अस्पतालमा परिसरमा आन्दोलन गरे ।आन्दोलन नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज नै गर्नु परेको थियो । अर्कोतर्फ ओम अस्पताल प्रशासनले भने शल्यक्रियाका क्रममा बिरामीको अवस्था जानकारी गराएरै शल्यक्रिया गरिएको र धेरै पटक शल्यक्रिया भएकाले जटिल भएको तथा अस्पतालले सबै स्रोत साधन प्रयोग गर्दा पनि बचाउन नसकेको दाबी गरिरह्यो ।तर आइतबार पछि भने यो घटना सेलाएको छ । स्रोतका अनुसार मृतकका आफन्त र अस्पतालबीच सहमीि भएको छ । मृतकका आफन्त मोहन थापाका अनुसार अस्पतालले मृतक थापाका छोराको उच्च शिक्षाको सम्पूर्ण खर्च अस्पतालले बोहोर्ने तथा तिर्न बाँकी साढे तिन लाख मिनाह गर्ने सहमति भएको छ ।अस्पतालले समेत मृतकको तिर्न बाँकी खर्च मिनाह गरेको स्विकार गरेको छ । ओम अस्पतालमा चिकित्सकको लापरवाहीका कारण बिरामीको ज्यान गएको भन्ने आरोप लागेको यो पहिलो पटक भने होइन । पछिल्लो ५ बर्षमा मात्रै ओम अस्तपतालमा ५ भन्दा बढी घटना चिकित्सको लापरवाहीका कारण भएका भन्दै आन्दोलन भए । ओम अस्पतालमा केही समय अघि शल्यक्रियापछि चावहिलकी नन्दकुमारी लामिछानेको निधन भएको घटनाका बिषयमा हामीले कार्यक्रममा रिपोर्टिङ गरेका थियौँ ।अस्पताल र बिरामीका आफन्तबीच आर्थिक कारोबारमा सहमति टुङ्गिने गरेको छ । जसका कारण चिकित्सकको लापरवाही थियो कि थिएन भन्ने कुरा न छानबिन हुन्छन् ? न कही कतैबाट कारवही नै हुन्छ

Related Articles

Back to top button