समाचार

नेपाली सेना र प्रहरीले कर्णाली नदीमा पसे

हुम्लाको खार्पुनाथमा भएको जीप दुर्घटनामा बेपत्ता खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षको झोला र अन्य कपडा फेला परेको छ।नेपाली सेना र प्रहरीले कर्णाली नदीमा पसेर खोजतलास गर्ने क्रममा झोला र कपडा फेला परेको घटनास्थलमा खटिएका याङ्चु प्रहरी चौकीका ईन्चार्ज सन्तबहादुर पालले सेतोपाटीलाई जानकारी दिए।मंगलबार दिउँसो १२ बजे खार्पुनाथ गाउँपालिका–५ स्थित कैलाबालुमा जीप नदीमा खसेको थियो। जीप चालकसहित १० जना बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा गाउँपालिका उपाध्यक्ष सिन्धु शाही, खार्पुनाथ गाउँपालिका–५ की १८ वर्षीया वसन्ती शाही, खार्पुनाथ–४ की २७ वर्षीया
डुकु भण्डारी, २४ वर्षका चन्द्र हमाल, सिमीकोट गाउँपालिका–८ का जीप चालक मणिजंग शाही, खार्पुनाथ–५ का १३ वर्षीया नन्दादेवी सिंह, १२ वर्षका गोकुल सुनार, खार्पुनाथ–१ की २४ वर्षीया कौडा परियार, उनका दुई वर्षका छोरा (नाम नखुलेको) र काठमाडौंबाट आएका राजु श्रेष्ठ छन्।जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक ठाकुरकुमार राईका अनुसार श्रेष्ठको बारेमा एकिन भने हुन सकेको छैन।‘फोन आएको आधारमा हामीले उहाँको नाम

थाहा पाएका हौं,’ उनले भने, ‘वेल्डिङ गर्ने मानिस हो भन्ने थाहा भयो, कहाँबाट आउनुभएको, कसले बोलाएको थाहा भएको छैन। हामी खोजबिन गर्दैछौं।’सई राईका अनुसार स्थानीय सुरक्षाकर्मीले बेपत्ता जीपको खोजी गर्न नसकेपछि काठमाडौंबाट नेपाली हेलीकप्टरमार्फत् गोताखोरको टोली आउन लागेको छ। पानीको वहाव धेरै भएकाले काठमाडौंबाट तालिमप्राप्त गोताखोर ल्याउन लागिएको उनले जानकारी दिए।काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता शुरु भएको छ। विभिन्न विषयमा छलफल गर्नको लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल शुरु भएको हो।देशका पछिल्ला राजनीतिक घटनाक्रम देखि पार्टीको विषयमा पनि दुई अध्यक्ष बीच छलफल हुने अनुमान गरिएको छ। सबै भन्दै चर्चा र विवादमा रहेका लोकसेवा आयोगको विज्ञापन, गुठि विधयेकका विषयहरुमा दुई अध्यक्ष बीच छलफल छलफल हुने बालुवाटार निकट श्रोतले जनाएको छ।यस्तै छलफल पार्टीको कार्यविभाजनमा भइरहेको ढिलाइ, सचिवालयको बैठक आह्वानलगायत विषयमा पनि छलफल हुने आकलन गरिएको छ।“वान टू वान” वार्ताले केहि समय देखि बिग्रिएको सम्बन्धलाई सुधार्ने पनि अनुमान गरिएको छ।

Related Articles

Back to top button