समाचार

अधुरै रह्यो छोराको विवाह गरेर बुहारी भित्र्याउने धोको ! गाउँ नै शोकमा

बझाङ। वैशाख महिनाको पहिलो हप्ता मजदुरी गर्न भारत गएका खड्का जेठ ३२ गते घर फर्किनुभएको थियो । उहाँका जेठा छोरा सन्देश खड्काको असार ५ गते विवाह गर्ने निधो भएको थियो । छोराको बिहेकै लागि उहाँ हतारहतार घर फर्किनुभएको थियो।जेठ ३२ गते घर पुगेका खड्का घरमा तयारी सकेर गरगहना किन्न सोमबार सदरमुकाम चैनपुर जानुभएको थियो । साथमा श्रीमती जुनधारा, कान्छा छोरा सरोज र आफन्त पर्ने ८ वर्षीया विपना खड्का पनि थिए । उनीहरुले सदरमुकाम चैनपुरमा रहेको लक्ष्मी विकास बैङ्कबाट १ लाख ५० हजार कर्जा लिएको छिमेकी बसन्त खड्काले बताउनुभयो ।आफूलाई साक्षी राखेर छोराको विवाहका लागि भन्दै कलकले १ लाख ५० हजार रुपैयाँ ऋण निकालेर गरगहना तथा अरु सरसामान पनि किनेको बसन्त बताउनुहुन्छ । तर गरगहना र बिहेका अरु सरसामान घर पुर्याउन नपाउँदै उनीहरु दुर्घटनामा परे । छोरोको बिहेको लागि किनमेलसँगै गाउँघर र आफन्तलाई निम्तो पनि पठाइसकिएको थियो । तर छोराको बिहे गर्ने धोको अधुरै रह्यो ।सोमबार दिउँसो मष्टा गाउँपालिका वडा नम्बर १ को डौठी भन्ने ठाउँमा से १ ज १०७२ नम्बरको जीप दुर्घटनामा एकै वडाका १० जनाको निधन भएपछि गाउँ नै शोकमा डुबेको छ ।विवाहको दिन नै बेहुलाले होटलमा यस्तो गर्न थालेपछि जन्ती भागेकाठमाडौं । पछिल्ला दिनहरुमा शाहकारी र मांसहारी भन्ने दुई वर्ग बिचको भिन्नता बढ्दै गएको छ । यस्तै एउटा घटना धनुषामा पनी देखिन आएको छ ।जनकपुरको मुजेलियामा सञ्चालित होटेल राजदरबारमा शाकाहारी खानामा हड्डीको टुक्रा भेटिएपछि बेहुला र बेहुली पक्षबीच चर्काचर्की भएको हो । होटेल राजदरबारको बदमासीले विवाह नै टुट्नेसम्मको अवस्था सिर्जना भएको बताइएको छ ।जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोक निवासी रामबाबु
यादवले छोरीको विवाहको सम्पूर्ण व्यवस्थापन ३ लाख ६५ हजार रुपैयाँमा शुक्रबार राति राजदरबार होटेलमा गरेको थियो । विवाहको लागि सिरहाको सुखीपुर

नगरपालिका २ विद्यानगरबाट शिवशंकर यादवका छोराको जन्ती आएका थिए ।राति १२ बजे बेहुला र बेहुलीबीच स्वयम्बर सकिएपछि बेहुलासहित सबै जन्ती
खाना खाने तयारीमा लागेका थिए । बेहुलासहित जन्तीका धेरै मानिस शाकाहारी भएकाले पहिले नै होटेलवालालाई भनेर दालभात तरकारीसहित शाकाहारी भोजनको व्यवस्था गर्न लगाइएको थियो।तर जब सबैले खाना खान सुरु गरे तब सबैको खानामा हड्डीको टुक्रा फेला पर्न थाल्यो । त्यसमा धेरै वैष्णव कन्ठीधारी जन्तीसमेत भएकाले आफ्नो धर्मको अपमान गरेको भन्दै जन्तीहरु खाना छाडेर छोरी पक्षमाथि आक्रमक नै हुनुपर्ने अवस्थाको सिर्जना हुनपुग्यो ।यहाँसम्मकी बेहुलासमेतले विवाहका लागि अस्वीकार गरी राति नै जन्ती सहित फर्कर्ने चेतावनीसम्म दिएपछि तनब थप बढ्यो । ९० प्रतिशत जन्ती राति नै खाना छाडेर आक्रोशित हुँदै विवाह बहिस्कार गरी घर तर्फ लागेका थिए ।तर बेहुली पक्षको हारगुहारपछि बेहुलाका घरपरिवार विवाह गर्न राजी भए । र बेहुला पक्षका केही आफन्तजन मात्र बसे । यसमा होटलवालाको चरम बदमासी भएकाले त्यसको निर्णय पछि गर्ने भन्दै विवाह सम्पन्न गरिएको छ ।राति विवाद भएको बेला वडा प्रहरी कार्यालयका प्रहरी टोली त्यहाँ पुगेको थियो । हेटेल व्यवस्थापन पक्षले बिहान ७ बजे छलफल गर्ने समय मिलाएको थियो । तर बिहानदेखि होटेल सञ्चालक मोबाइल स्विच अफ् गरी सम्पर्क बाहिर गएका छन् ।बेहुलीका बुबा रामबाबु यादवले छोरीको विवाह नै भाँड्ने गरी र धर्मभ्रष्ट बनाउने गरी खानमा हड्डीका टुक्रा मिसाएकाले होटेलमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ । होटेल सञ्चालक अहिले सम्पर्क बाहिर छन् ।

Related Articles

Back to top button