समाचार

अब सुन तस्करलाई होटेलमा खाने-बस्ने व्यवस्था!

सुन तस्करी रोक्न सरकारले कडाइ गरे पनि सुन ओसारपसार रोकिएको छैन ।तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन्।वैदेशिक रोजगारका लागि कतार पुगेका कामदारहरूलाई आर्थिक प्रलोभन दिई भरिया बनाएर सुन काठमाडौं भित्र्याउने गरिएको फेला परेको खबर आजको नयाँ पत्रिका दैनिकमा दीपक अधिकारीले लेखेका छन्।त्यसका लागि तस्करीमा संलग्नहरूले कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरिरहेका छन् । विमानस्थलभित्रै जुनसुकै वेला सुन तस्करीमा संलग्नहरू भेटिन्छन् ।बोर्डिङ पास बनाउने क्षेत्रसम्म पहुँच पुर्याएका उनीहरूले नेपाल फर्कनेहरूलाई आर्थिक प्रलोभन दिई सुन बोकाएर पठाउने गरेका छन् ।नेपाल सरकारले तोकेको मापदण्डअनुसार ५० ग्राम सुन लगिदिए ६ हजार रुपैयाँ नगद दिने, काठमाडौंको रातोपुलस्थित जनक होटेलमा खान–बस्नको व्यवस्था हुने र घरसम्म पुग्ने गाडीका लागि टिकटसमेत व्यवस्था गरिदिने

प्रस्ताव उनीहरूले गर्ने गरेका छन् ।चितवन घर बताउने विश्वास लामा, सिर्जन थापा मगर र सिरहा घर बताउने ९नाम नखुलेका० व्यक्तिले त्यस्तो प्रस्ताव गरेका थिए ।विमानस्थलभित्रै करिब आधा दर्जन संख्यामा तस्करहरू परिचालित थिए । बोर्डिङ पास बनाउन लाइन बस्न जान लागेकालाई बोलाएर पालैपालो डिल गरिरहेको देखिन्थ्यो ।काठमाडौँ । नेपाली हिन्दुनारीहरुको महान पर्व हरितालिका तिज सुरु हुन केही समय बाँकी छँदा चहलपहल देखिन थालेको छ । पछिल्लो समय नेपालीहरु पनि विश्वका हरेक देशमा पुगेसँगै नेपाली संस्कृति पनि संसारभर फिजीन थालेको छ ।यसैबिच अमेरिकाको इस्ट बे एरिया, क्यालिफोर्नियामा रहेका नेपाली दिदीबहिनीहरुले तिजको रमाइलो नाचौ गाऔँ भन्दै भब्य रुपमा नाचगान कार्यक्रम गर्दै जित मनाउने जर्मको गरेका छन् । क्रियटिभ नेपाल युथ अर्गनाइजेशनको आयोजनामा हुन लागेको कार्यक्रमम कम्युनिटी सेन्टर मा हुँदैछ । जहाको प्रवेश शुल्क २५ डलर तोकिएको आयोजकले जनाएको छ ।

Related Articles

Back to top button