अन्तर्राष्ट्रिय

नेपाली युवालाई पक्राउगर्न भन्दै हतियार सहित भारतीय प्रहरी नेपाल प्रवेश

काठमाडौं । बिनाअनुमति नेपाल प्रवेश गर्ने चारजना भारतीय प्रहरीलाई नेपाल प्रहरीले मंगलबार पक्राउ गरेर भारतीय प्रहरीको जिम्मा लगाएको छ। एक भारतीय किशोरीलाई भगाएर नेपाल ल्याउने अछामका केशव टमटालाई पक्राउ गर्न बिनाअनुमति नेपाल आएका ती भारतीय प्रहरीलाई बान्नीगढ जयगढ गाउँपालिका–४ बाट नेपाल प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो।ती भारतीय प्रहरीलाई जिल्ला प्रशासन कार्यालय अछामको निर्देशनमा प्रहरी सुरक्षासहित सीमानाका पार गराइएको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए। भारतीय प्रहरीलाई अछामबाट डोटी, डडेलधुरा, कैलाली हुँदै अड्डासार गरी नजिकको भारतीय प्रहरी कार्यालयमा बुझाइएको प्रजिअ श्रेष्ठले बताए।भारतीय प्रहरी अफिसर अशोक पाण्डेको नेतृत्वमा चार जना बिनाअनुमति अछाम पुगेर नेपाली युवालाई पक्राउ गरेर लैजान लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नेपाली युवा टमटाले भारतको छत्तिसढ राज्यअन्तर्गत कोबरा जिल्लाकी १५ वर्षीया किशोरीलाई भगाएर ल्याएको निहुँमा भारतीय प्रहरी नेपाल प्रवेश गरेका हुन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।जनकपुर । बिहिबार बिहानको ३ बज्दै थियो । मानिसहरु सुतिरहेका थिए । कोहि ब्युझिसकेका पनि थिए । एक्कासी विस्फोटको आवाज सुनियो । त्यसपछि आगोको
मुस्लोधार नै देखियो । विस्फोटले निरन्तरता पाइरह्यो । सो विस्फोटको आवाज यति शक्तिशाली थियो कि स्थानीय वासीको मनमा चिसो पस्यो । वरपरका सर्वसाधारणहरु जागेर घटनास्थल तर्फ दौडिए ।खासमा जनकपुरमा मध्यरातमा ८ वटा सिलिन्डर बिस्फोट भएका छन् । बिहीबार बिहानै जनकपुरको एक

होटलमा आगलागी भएपछि लगातार ८ वटा सिलिन्डर ग्यास पड्किएका बताईएको छ। जनकपुरधाम उपमहानगरपालिका –२ कदमचोकको होटलमा जडान गरिएको फ्रिजमा विद्युत सर्ट भइ आगलागी सुरु भएको थियो।आगलागीमा सोही होटलमा राखिएको ८ वटा ग्यास सिलिन्डर पड्किएको र विस्फोट भएपछि आगलागीले भयानक रुप लिएको स्थानीयले बताएका छन्। आगोले तीनवटा होटेल पूर्ण रुपमा जलेर नष्ट भएको पनि प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई बताए ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले दिएको जानकारीअनुसार कदमचोकमा रहेको गोविन्द मिस्ठान्न भण्डार, सियाराम मिस्ठान्न भण्डार र सँगै रहेको एक होटेल गरी तीन भोजनालय जलेका छन्। ‘होटेलको फ्रिजमा विद्युत सर्ट भइ आगलागी भएको हुन सक्छ,’उपरीक्षक खनालले भने।जनकपुर, महेन्द्रनगरबाट आएको दमकलको सहयोगले तीन घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो। समयमै घटनामा प्रहरी पुगेकोले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ। तीन होटल जल्दा ३२ लाखको क्षति भएको प्रहरीको अनुमान छ।आगलगीबाट लाखौंको क्षति भएको छ । घटनास्थलमा प्रहरीहरुको टोली पुगेको छ भने घटना अनुसन्धान गरेर यकिन क्षतिको विवरण र घटना बारे थप पुष्टि गर्ने धनुषा प्रहरीले जनाइएको छ ।उता हुम्लाको खार्पुनाथ गाउँपालिकामा मंगलबार जीप दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता भएका यात्रुको अवस्था अझै अज्ञात छ । जीप समेत फेला परेको छैन ।

जीप दुर्घटना भएको तेस्रो दिन आज पनि खोजी जारी छ ।नदीको बेग र चीसो पानीका कारण खोजी कार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल कुरिनटारबाट गएको गोताखोर टोलीको प्रयास पनि सफल हुन सकेन । बुधबार सेनाको हेलिकोप्टरबाट घटनास्थल पुगेको गोताखोरको टोलीले खोजी जारी राखेका छ । गोताखोरको १० जनाको टोली र स्थानीले कर्णली नदीमा पटक–पटक खोजतलास जारी राखेपनि बेपत्ताहरुको अवस्था पत्तालागेको छैन ।घटना भएको तीन दिन भयो, अब वेपत्ता यात्रु जीवितै भेटिने आशा कम छ’ हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले भने, ‘बुधबार साँझसम्म खोजी भयो, तर फेला पार्न सकिएन । विहीबार आज पनि खोजी कार्यलाई निरन्तरता दिनेछौं ।’ कर्णाली नदीमा खसेको लु १ ज ७१६६ नम्बरको जीप र त्यसमा सवार यात्रु फला पर्ने आसमा स्थानीय बासिन्दाले खोजीलाई निरन्तरता दिएका छन् ।पुसमा ट्रयाक खोलिएको सडकमा चैतबाट नियमित जीप सञ्चालनमा हुँदै आएको थियो । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुँम्लामा हेलिकोप्टरमार्फत जिप त्यहाँ पु¥याइएको हो । सिकारुले गाडी चलाउँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकाी उपाध्यक्ष सिन्धु हमाल, चालक मणिजंग शाही, स्थानीय चन्द्रबहादुर हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्दादेवी सिंह, कौरा दमाइ, उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौं थानकोटका राजु श्रेष्ठ बेपत्ता भएका छन् ।

Related Articles

Back to top button