समाचार

प्रचण्ड ।म फेरी जङ्गल पस्न सक्छु

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि एक पटक जंगल जान सक्ने बताएका छन्।आइतबार काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्ने क्रममा अवस्था आएको खण्डमा आफू जङ्गल जान पनि पछि नपर्ने बताएका हुन्काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा ‘समृद्धि र समाजवाद : हामी कहाँ छौं’ शीर्षकमा एक कार्यक्रम आयोजना गरिएको थियो। सोहि क्रममा प्रचण्डले जंगल जान सक्ने बारे बोलेका हुन्।कार्यक्रममा बोल्दै उनले भने,” म के ठान्छु भने सम्पूर्ण चिज त्याग गरेर फेरि एकपटक जंगलमा जानु परे जान सक्छु।जङ्गल जान आफूलाई कुनै गार्हो नहुने उनी बताउँछन्। परिस्थितिले बाध्य बनाएको खण्डमा सबैको साथ मिल्ने हो भने आफू जङ्गल पस्न तयार हुने उनले बताए। तर प्रचण्डले कसैले साथ नदिए एक्लै

जोगी भएर भने नजाने स्पष्ट परेका छन्।प्रकाशित : आइतबार, बैशाख २२, २०७६१३:४३काठमाडौँ : घरयासी विवादका कारण सुनसरीका महिलाहरुबीच जिल्ला प्रहरी कार्यालय कार्यालयमा झडप भएको छ ।श्रीमान विदेश गएपछि घरबाट हिँडेकी श्रीमती श्रीमान फर्किने समय भएपछि घर फर्किएको र सासुले घरमा पस्न नदिएकाले माइतीपक्ष बोलाएपछि भएको विवाद मिलाउन प्रहरी कार्यालयमा जम्मा भएका महिलाहरु बीच कुटाकुट भएको हो ।सासुले आफ्नी छोरीलाई घरमा छिर्न नदिएपछि समाज भेला गरि छलफल गर्दै गर्दा कपाल भुतल्याउदै लडाएर कुटपिट गरेपछि एक महिला बेहोस भएको प्रहरीले जनाएको छ ।प्रहरी कार्यालयको महिला सेलमा छलफल गर्न भेला भएपछि नाताले सम्दी सम्दीनी पर्ने बिच झडप भएको र त्यसक्रममा एकजना घाइते भएको बताइएको छ ।प्रहरीले झडपमा संलग्न महिलाहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ ।

Related Articles

Back to top button