समाचार

एकाएक ठप्प भयो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल,

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल एकाएक ३१ मिनेट बन्द भएको छ । थाइ एयरको जहाज रनवेमा तेल चुहिएपछि आकस्मिक रुपमा विमानस्थल बन्द भएको हो ।विमानस्थलका प्रवक्ता प्रताप तिवारीले थाइ एयरको जहाजमा अचानक हाइड्रोलिक समस्या भएपछि उडान र अवतरन बन्द गरिएको बताए । केही जहाजहरु आकाशमै होल्ड गरिएका उनको भनाई छ । थाइ एयरको हाइड्रोलिक समस्या समधानसँगै रनवे सफाई गरेर पुनः विमानस्थल संचालनमा आइसकेको उनको भनाई छ ।यस्तै उता कर्णाली नदीमा जीप डुबेर बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षसहित ११ जनाको शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । लु१ज ७१६६ नम्बरको जिप र बेपत्ता भएका यात्रुकाे कुनै पत्ता नलागेपछि गाउँपालिकाको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।कार्यपालिकाको बैठकपछि पालिका अध्यक्ष कर्ण रावल र प्रमुख कार्यकारी अधिकृत चन्द्रविर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा असार १५ गते

 

सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । बैठकले शोक प्रस्ताव पारित गर्दै असार १५ गते पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।यस्तै उता कर्णाली नदीमा जीप डुबेर बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षसहित ११ जनाको शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । लु१ज ७१६६ नम्बरको जिप र बेपत्ता भएका यात्रुकाे कुनै पत्ता नलागेपछि गाउँपालिकाको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।कार्यपालिकाको बैठकपछि पालिका अध्यक्ष कर्ण रावल र प्रमुख कार्यकारी अधिकृत चन्द्रविर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा असार १५ गते सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । बैठकले शोक प्रस्ताव पारित गर्दै असार १५ गते पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related Articles

Back to top button