समाचार

सांसद गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ

काठमाडौँ — अस्पताललले दिएको जाहेरीको आधारमा प्रहरी परिसर ललितपुरले पूर्व सभासद् गायत्री साह र उनका श्रीमान राजेश महतोलाई पक्राउ गरेको छ । गायत्रीले २०७५ फागुन २८ गते मेडिसिटी अस्पतालमा भर्ना भई छोरा जन्माएकी थिईन् ।जन्मिएको शिशुमा डाउन्स सिन्ड्रोम रहेको थाहा पाएपछि गायत्री दम्पत्तीले अस्पतालले पूर्व सुचना नदिएको र उपचारमा लापरबाही गरेका कारण डाउन्स सिन्ड्रोम भएको बच्चा जन्माउनु परेको आरोप लगाएका थिए अस्पतालले भने चिकित्सकीय लापरवाहीका कारण त्यस्तो नभएको भन्दै चैत २१ ग्ते बच्चालाई डिस्चार्ज गरिदिएको थियो । डिस्चार्ज पछि पनि साह दम्पत्तीले बच्चालाई लिन मानेका थिएनन् । दम्पत्तीले अस्पतालकै कारण त्यस्तो भएको भन्दै बच्चा छाडेर हिँडेको भन्दै मेडिसिटी अस्पतालले प्रहरी परिसर ललितपुरमा साह दम्पत्ती विरुद्ध उजुरी दर्ता गरेको थियो । प्रहरी परिसर ललितपुरले आइतबार चार बजेतिर साह दम्पत्तीलाई अस्पताल परिसरबाटै पक्राउ गरेको हो प्रहरी परिसर ललितपुरका डीएसपी नारायण चिमोरियाका अनुसार मुलुकी फौजदारी अपराध संहिता २०७४ कये दफा १८४ (१) अनुसार गायत्री दम्पत्तीलाई पक्राउ गरिएको बताए । संहिताको उक्त दफामा आफ्ना संरक्षकत्वमा रहेको व्यक्तीलाई फाल्न वा परित्याग गर्न नहुने उल्लेख गरेको छ । डीएसपी चिमोरियाले उनीहरु विरुद्ध अस्पतालले उजुरी दर्ता गरेको नाबालकको संरक्षकत्व लिन अस्विकार गरेकैले पक्राउ गर्नु परेको बताए ३४ वर्षीया गायत्रीले यसअघि पनि गर्भमा रहेको बच्चामा
डाउन्स सिन्ड्रोम रहेको भन्दै गर्भपतन गराएकी थिईन् । गायत्रीले बारम्बारको चेकजाँचमा पनि अस्पतालले गर्भमा रहेकोबच्चाको अवस्थाबारे थाहा

नदिएकाले यस्तो बच्चा जन्मिएको आरोप लगाउँदै आएकी छन् ।प्रकाशित : वैशाख २२, २०७६ १७:३काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि एक पटक जंगल जान सक्ने बताएका छन्।आइतबार काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्ने क्रममा अवस्था आएको खण्डमा आफू जङ्गल जान पनि पछि नपर्ने बताएका हुन्काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा ‘समृद्धि र समाजवाद : हामी कहाँ छौं’ शीर्षकमा एक कार्यक्रम आयोजना गरिएको थियो। सोहि क्रममा प्रचण्डले जंगल जान सक्ने बारे बोलेका हुन्।कार्यक्रममा बोल्दै उनले भने,” म के ठान्छु भने सम्पूर्ण चिज त्याग गरेर फेरि एकपटक जंगलमा जानु परे जान सक्छु।जङ्गल जान आफूलाई कुनै गार्हो नहुने उनी बताउँछन्। परिस्थितिले बाध्य बनाएको खण्डमा सबैको साथ मिल्ने हो भने आफू जङ्गल पस्न तयार हुने उनले बताए। तर प्रचण्डले कसैले साथ नदिए एक्लै जोगी भएर भने नजाने स्पष्ट परेका छन्।प्रकाशित : आइतबार, बैशाख २२, २०७६१३:४३काठमाडौँ : घरयासी विवादका कारण सुनसरीका महिलाहरुबीच जिल्ला प्रहरी कार्यालय कार्यालयमा झडप भएको छ ।श्रीमान विदेश गएपछि घरबाट हिँडेकी श्रीमती श्रीमान फर्किने समय भएपछि घर फर्किएको र सासुले घरमा पस्न नदिएकाले माइतीपक्ष बोलाएपछि भएको विवाद मिलाउन प्रहरी कार्यालयमा जम्मा भएका महिलाहरु बीच कुटाकुट भएको हो ।सासुले आफ्नी छोरीलाई घरमा छिर्न नदिएपछि समाज भेला गरि छलफल गर्दै गर्दा कपाल भुतल्याउदै लडाएर कुटपिट गरेपछि एक महिला बेहोस भएको प्रहरीले जनाएको छ ।प्रहरी कार्यालयको महिला सेलमा छलफल गर्न भेला भएपछि नाताले सम्दी सम्दीनी पर्ने बिच झडप भएको र त्यसक्रममा एकजना घाइते भएको बताइएको छ ।प्रहरीले झडपमा संलग्न महिलाहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ ।

Related Articles

Back to top button