समाचार

थुनामा रहेका सांसद रेशम चौधरी

काठमाडौं । सांसद रेशम चौधरी अस्पताल भर्ना भएका छन् । फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका हुन् ।कैलालीबाट निर्वाचित सांसद चौधरी काठमाडौंको वीर अस्पतालमा भर्ना भएका छन् । उनका परिवार स्रोतका अनुुसार सांसद रेशम केही समय अगाडिदेखि अस्पतालमा नियमित जाँचका लागि गइरहेका थिए ।सांसद चौधरीलाई आज बिहीबार श्वास फेर्न र हिँड्नसमेत गाह्रो भएपछि उनी अस्पताल भर्ना गरिएको बताइएको छ ।लमजुङ — बेंसीसहर नगरपालिका ८ शेराकुनाको एउटा घरमा बिहीबार दिउँसो आगलागी हुँदा १४ लाख रुपैयाँबराबरकोक्षति भएको छ । टिनले छाएको दुईतले कच्ची घरमा लागेको आगोबाट माथिल्लो तलाका सबै सामान नष्ट भएको प्रहरीले जानकारी दिएको छ । घरमा बस्नेले सिलिन्डर नजिकै ग्यास ठूलो पारेर घरेलु रक्सी उत्पादन गर्ने क्रममा आगलागी भएको स्थानीयले बताए दमकलसहित प्रहरी, सशस्त्र प्रहरी पुगेर स्थानीयको सहयोगमा आगो निभाइएको थियो । ४० मिनेटमा आगो नियन्त्रणमा लिइएको र पक्की घर आगलागी हुनबाट जोगिएको प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए र मानसिक समस्या भएका नागरिकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।निर्णयसँगै मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मानसिक स्वास्थ्य शाखाको नेतृत्वमा यो कार्यक्रम संचानल हुने छ सरकारले यसअघिनै अशक्त, असहाय, बेवारिसे र मानसिक रोगी तथा मनोसामाजिक रोग भएका व्यक्तिहरूको उपचार तथा पुनस्थापना कार्यक्रम सञ्चालन कार्यविधि २०७६ जारी गरिसकेको गरेको थियो । सोही कार्यविधि अनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।बेवारिसे, असहाय, अशक्त र मानसिक समस्या भएका नागरिक परिवार र समाज तिरस्कृत हुनेसम्मको समस्या रहेकाले उनीहरुको हेरचाह गर्ने जिम्मा राज्यको पनि भएको हुँदा यो कार्यक्रम ल्याइएको मन्त्रालयको भनाई छ ।नेपालकोे

कुल जनसङ्ख्यामध्ये २० प्रतिशत नागरिकमा कुनै न कुनै किसिमको मानसिक समस्या हुनसक्ने सरकारी अनुमान छ । नेपालको विभिन्न अस्पतालमा उपचार गराउनेमध्ये २५ प्रतिशत नागरिकमा मानसिक समस्या भएको तथ्याङ्क रहेको छ ।यस्ता स्वास्थ्यसम्बन्धी समस्या भएका नागरिकका लागि सरकारले कार्यक्रम ल्याएसँगै लक्षित नागरिकले यो सेवा पाउने विश्वास गरिएको छ ।यी अस्पतालमा पाइन्छ निःशुल्क उपचारयस्ता नागरिकको उपचारको लागि ९ वटा संस्थाले निवेदनदिएकामा ७ वटा संस्था सरकारी छनोटमा परेका छन् ।जसअनुसार धुलिखेल अस्पताल काभ्रे, भरतपुर अस्पताल चितवन, मेरिनोल नेपाल—नयाँपाटी काठमाडौँ , रिदम न्युरोसाइक्याट्रिक अस्पताल एन्ड रिसर्च सेन्टर जावललितपुर छनोटमा गरेका छन् । यस्तै कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन ललितपुर, मानव सेवा आश्रम हैटौँडा र नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक पुनस्थापना केन्द्र बाँकेलाई पनि छनोटमा परेका छन् ।बेवारिसे, असहाय, अशक्त र मानसिक समस्या भएका नागरिकलाई जुनसुकै व्यक्तिले पनि सरकारले तोकेको स्वास्थ्य संस्था तथा पुनस्थापनकेन्द्रमा लान सक्नेछन् ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डाक्टर फणिन्द्र प्रसाद बरालका अनुसार पुनस्थपना केन्द्रले यस्ता बिरामीको हेरचाह गरेको खण्डमा प्रतिव्यक्ति दिनमा ५ सय सरकारले उपलब्ध गराउने छ । अस्पतालको हकमा भने प्रतिव्यक्ति ६ सय रुपैयाँ दिइने छ ।आर्थिक वर्ष ७५—०७६ मा बेवारिसे, असहाय, अशक्त र मानसिक समस्या भएका नागरिकको निशुल्क उपचारको लागि स्वास्थ्य मन्त्रालयले १ करोड बजेट विनियोजन गरेको छ ।आर्थिक वर्ष सकिन केही दिन मात्रै बाकी हुँदा मन्त्रालयले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यस्ता समस्या भएको नागरिकको सिफारिस स्थानीयतहले गर्नुपर्ने सरकारको भनाई छ । उपचारपछि विभिन्न सिप सिकाउने, परिवार भएको व्यक्तिलाई परिवारको जिम्मा लगाउने यस कार्यक्रमको लक्ष्य रहेको छ । सरकारले विभिन्न जटिल ८ रोगका बिरामीको पनि निःशुल्क उपचार गर्दै आइरहेको छ ।

Related Articles

Back to top button