अन्तर्राष्ट्रिय

खुसिको खबर : कतार बाट

किसानले आफ्नो उत्पादनको बजार भाउ नपाउँदा कहिले बारीमा डोजर लगाउनु पर्ने, कहिले गाई भैंसीलाई खुवाउनु पर्ने त कहिले सडकमा पोखेर विरोध जनाउनु पर्ने बाध्यता छ।नेपाललाई कृषि प्रधान देश भनेपनि खेतीको कुनै मूल्य नभएपछि कुन चाहिँ कृषकलाई कृषि गर्न मन लाग्छ र?किसानले मूल्य नपाएका कारण कृषि उपजहरू खेतमै डोजर लगएर नास्ने, सडकमा फ्याल्न पर्ने दिन गएका छन्। किसानले ढुक्क भएर खेती गर्न सक्नेछन्।नेपालका तरकारीहरू पहिलो पटक विदेश निर्यात भइरहेका छन्।‘अलसमन इन्टरनेशनल नेपाल’ कम्पनीले नेपालमा उत्पादन भएका तरकारीहरू कतार निर्यात गर्दै आएको छ।कम्पनीले १ जनवरी अर्थात् पुस १७ गतेदेखि कतारमा तरकारी निर्यात गर्दै आएको कम्पनीका प्रोजेक्ट म्यानेजर कल्याण घिमिरेले बताए।हामीले तरकारी २०१८ देखि नै निर्यात गर्न थालेका थियौं, तर २०१९ जनवरी १ देखि चाहिँ निरन्तर पठाउँदै आएका छौँ’, उनले सेतोपाटीसँग भने।उनका अनुसार कम्पनीले हप्ताको दुईचोटी आइतबार र बुधबार अर्डर बमोजिम तरकारी कतार पठाउँदै आएको छ।नेपालमा उत्पादन भएको गुन्द्रुक, ऐलोभेरा, तितेकरेला, भिण्डी, गाँजर, लौका, फर्सी, काउली, बन्दा, गोल्भेडा लगायतका अन्य तरकारी कम्पनीले निर्यात गर्दै आएको छकम्पनीले सुरुका दिनमा रायो, धनीयाँ, निउरो लगायतका साग सब्जी पनि पठाउने गरेको थियो तर यी सागसब्जी पठाउँदा कुहिने समस्या भएकाले पठाउन छोडेको उनी बताउँछन्।निर्यातका सुरुवाति दिनमा कालिमाटी बजारबाट तरकारी किनेर पठाउने गरे पनि त्यहाँको तरकारी महङ्गो हुनुका साथै विचौलियाका कारण किसानले मूल्य नपाउने देखेपछि आफै किसानको घर घरमा पुगेर तरकारी सङ्कलन गर्न थालेको उनको भनाइ छ।पहिला त कालिमाटीबाट नै तरकारी किन्थ्यौँ। त्यहाँ धेरै महँगो किनेर पनि किसानले मूल्य नपाएको देखेपछि हामीले प्रत्यक्ष किसानसँगै तरकारी किन्न थाल्यौँ’, उनले भने।उनका अनुसार अहिले उनीहरूले पाँचखाल, थानकोट, सिन्धुली र दहचोकबाट तरकारी ल्याइरहेका छन्। त्यो बाहेक नपुगेको अवस्थामा शहकारी र कालिमाटीबाट पनि तरकारी किन्ने गरेको उनी बताउँछन्।उनका अनुसार यहाँबाट गएको तरकारी कतारका ‘व्यापारिक मल’मा बेचिँदै आएको छ। दक्षिण एसियाली मुलुकका नागरिक यसका प्रमुख ग्राहक हुन्। एक चोटीमा ३,४ लाख बराबरको १५ सय केजी तरकारी निर्यात हुँदै आएको छ।उनी यसबाट आफूलाई राम्रै आम्दानी भएको बताउँछन्।किसानले फलाएका तरकारी आफूलाई दिन उनले किसानसँग आग्रह गरेका छन्।विचौलियाका कारण हामीलाई सिधै किसानसँग तरकारी लिन गाह्रो भइरहेको छ’, उनले भने ‘हामीलाई

तरकारी दिनुहोस् अरूले भन्दा २ रूपैयाँ बढी दिन्छौ।’ विचौलियाका कारण तरकारी महँगो भएकाले सिँधै किसानसँगै तरकारी लिन चाहेको उनको भनाइ छकरकारी बजारमा नेपाली तरकारीको माग अत्यन्तै राम्रो रहेको छ। सरकारले मद्यत गरे दिनमानै ३÷४ हजार तरकारी कतार लैजान सक्ने उनी बताउँछन्।अहिले तरकारी लान कार्गो महँगो र क्वारेन्टाइन चेक ढिलो हुँदा विमानस्थलमा घन्टौसम्म तरकारी राखेर कुर्नुपर्दा तरकारी कुहिने समस्या छसरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कोल्ड स्टोरमा तरकारी राख्ने व्यवस्था र नेपाल एयरलाईन्सको यताबाट जाने खाली कार्गोमा तरकारी लाने व्यवस्था गरिदियो भने निर्यातमा सहयोग पुग्ने उनी बताउँछन्उनी एक्लैले कतार तरकारी निर्यात गरेका होइन्। उनका साथमा ३ जना सहयोगी छन्। उनले कतारमा पनि ‘अलसमन ग्लोबल नेपाल’ भन्ने कम्पनी खोलेको छन्।नेपाली किसानका घर दैलोमा पुगेर तरकारी जम्मा गर्ने काम उनका सहयोगीले गर्छन् भने कतारको कम्पनी उनले सम्हाल्दै आएका छन्।उनलाई तरकारी निर्यात गर्नमा कम्पनीका सल्लाहकार विष्णु भुसाल, कतारका लागि निवर्तमान नेपाली राजदूत डा.रमेश कोइराला र नेपालका लागि कतारका राजदूत युसुप हेलले सहयोग गरेको उनले बताए।घिमिरे फिल्म इन्डस्ट्रिबाट तरकारी व्यवसायमा आएका हुन्। उनी फिल्म ‘अशंवण्डा’का नायक र ‘श्रीमान’ र ‘महसुस’ फिल्मका निर्माता हुन्।महसुस फिल्म चलाउन कतार गएकाबेला नेपालमा किसानहरूले तरकारी फ्याँके, डोजर लगाए भन्ने सुनेपछि नेपाली तरकारी कतार ल्याउने सोंच आएको उनी बताउँछन्।म फिल्म रिलिज गर्नका लागि कतर पुगेको थिएँ। त्यहाँ बस्दा नेपालमा किसानहरूले तरकारी फ्याँके, बारीमा डोजर लगाए रे भन्ने सुनेपछि यहाँ तरकारी ल्याउने सोंच आयो’, उनले भने।सोही सोंच अनुरूप उनले कतारका सबै व्यापारिक मलमा पुगेर नेपालमा उत्पादन भएका तरकारी किनिदिन आग्रह गरे।सुरूमा नेपालले आफै त भारतबाट ल्याउँछ हामीलाई कसरी तरकारी दिन सक्छ भनेर पत्याएका थिएनन्’, उनले भने ‘पछि मैले धेरे पटक भनेपछि केही समय ट्रायलको रूपमा ल्याउनु भने।’ट्रायलको रूपमा नै आफूले उनीहरूको अर्डर बमोजिम तरकारी पु¥याएपछि अहिले नेपाली तरकारीको माग बढेको उनी बताउँछन्।उनीहरूले तरकारी वाक्सामा प्याक गरेर निर्यात गर्दै आएका छन्। कतारमा ती तरकारी ‘मेड इन नेपाल’ भनेर बेचिने गरेको देख्दा आफूलाई खुशी लाग्ने गरेको उनी बताउँछन्।

Related Articles

Back to top button