समाचार

इञ्जिनीयरिअध्ययनरत विद्यार्थीको को नदीमा डुबेर मृत्यु

राजापुर, ७ असार । नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय, मधुवन नगरपालिका–४ ढोढरीमा सिभिल इञ्जिनीयरिङ विषयमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको बबई नदीमा डुबेर मृत्यु भएको छ ।सुस्नयाँ गाउँपालिका–८ बैतडीका १९ वर्षका वीरेन्द्र बोहोरा नुहाउने क्रममा शुक्रबार डुबेर बेहोस भएका थिए । बेहोस बोहोराको उपचारको क्रममा आज कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो दुई शिक्षकसँग ३५ विद्यार्थी अभ्यासमा पौडी खेल्न गएका ती विद्यार्थीको मृत्यु भएको नमूनाका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताउनुभयो । बारबर्दिया नगरपालिका–२ स्थित डुग्रहवामा नुहाउने क्रममा डुबेर सख्त घाइते भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताउनुभयो । –राससझापा : झापामा यात्रुबाहक बसको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गडतौलाको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टाबाट धरानतर्पm गइरहेको को १ ख ७६६५ नम्बरको नारायणी यातायातको गडीले ठक्कर दिएको हो। मेचीनगर १० स्थित नगडुब्बा पुल नजिकै पैदलयात्री गड्तौलालाई शनिबार दिउँसो २ गाडीले ठक्कर दिएको थियो।श्रीमती इन्द्रमायासँगै सडकमा हिँडिरहेका घनश्यामलाई बसले ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए। चारआली प्रहरी चौकीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ।पैदलयात्रीको मृत्युपछि घटनालाई साम्य बनाउन घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीकै सुुरक्षा घेरामा यातायातका सवारी साधन सुचारु गरिएको डीएसपी श्रेष्ठको भनाइ छ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको

नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मुठभेडमा मारिएको प्रहरीको दाबी छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्ती खोलामा बिहीबार दिउँसो मुठभेड भएको प्रहरीको भनाइ छ ।राष्ट्रसेवक प्रहरीलाई सामान्य पनि क्षति नपुग्नु सुखद खबर हो । तर, मुठभेड भएर नै यस्तो भएको हो भन्ने विश्वास गर्न गाह्रो छ । बाटोमा हिँडिरहेका मान्छेलाई शंकाका आधारमा प्रहरीले ‘अवश्य’ गोली चलाउँदैन ।विप्लव समूहकाले पहिले गोली चलाएका हुन् भने प्रहरीलाई पनि चोटपटक लाग्न सक्थ्यो । सुरुमा फायरिङ गर्नेले केही पनि गर्न नसक्ने, तर जवाफी कारबाही गर्नेले मान्छे ठहरै पार्ने अनौठो उदाहरण बिहीबारको घटनाले देखाएको छ । प्रहरीसँग यस्तो कौशल विरलै देखिने गर्छ ।वास्तवमा विप्लव समूहप्रति सरकारको नीति नै प्रस्ट छैन । विस्फोटका घटना बढ्दै जाँदा सतर्क रहन सुरक्षा निकायलाई निर्देशन दिनेबाहेक गृहले यो प्रकरणमा विशेष योजना बनाउन सकेको छैन । उल्टो सरकारी संयन्त्रहरूलाई नै अलगथलग र कमजोर बनाइएको छ । आजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।लस एन्जेलस । हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ ।शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सवैको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ ।स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नी नियन्त्रण विभागमा यो घटना सम्वन्धी पहिलो फोन स्थानीय समयानुसार बेलुका साढे छ बजे आएको समाचार लेखेको छ ।खबर पाएपछि घटनास्थलमा पुगेका अग्नी नियन्त्रकहरुले विमान पुरै जलेर नष्ट भइसकेको अवस्थामा देखेको जानकारी दिएका छन्

Related Articles

Back to top button