मनोरंजन

काठमाडौँ बाट छुटेको बस दुर्घटना

बर्दिया – काठमाडौँबाट बझाङका लागि छुटेको बस बर्दियामा दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिकामा ना ६ ख १३३९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन जीत महराले बताए।
उनले भने,’ बिहान ६ बजे तिर बस अनियन्त्रित भएर दुर्घटना भएको हो।’ बसमा सवार रहेका १२ जनामध्ये ७ को अवस्थागम्भीर रहेको छ भने ५ जनाकाे अवस्था सामान्य रहेकाे छ। गम्भीर घाइते भएका सातै जनाकाे उपचार काेहलपुर मेडिकल कलेजमा भइरहेकाे एसपी महराले बताए।काठमाडौं : रामेछापको मन्थली नगरपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान खुर्कोटबाट मन्थलीतर्फ बिरामी लिन जाँदै गरेको बा २१ च ७५२५ नं को नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवत्ता एवम् प्रहरी निरीक्षक शेख अदालतका अनुसार मन्थली नगरपालिका ६ कुनौरी नजिकै भएको दुर्घटनामा सिन्धुली गोलन्जोर गाउँपालिकाका २२ वर्षीय चालक नीरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ। चालकसँगै गएका सिन्धुलीका करिब १८ वर्षीय सुरज श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको उपचारका लागी धुलिखेल अस्पताल रिफर गरिएको छ।भरतपुर, ८ असार । चितवन जिल्लामा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।नारायणागढ मुग्लिन सडकखण्डको जलविरेमा आइतबार बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।गाडी नचलेपछिे यात्रु बाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।सुरक्षामा खटिएका प्रहरी नै काठमाडौं । नेपालमा

दिनानुदिन घुसखोरीलाइ कारवाही गर्ने भन्दै प्रचार गरिए पनि कम भएको देखिदैन । घुसप्रथाले जरा गाडेको नेपालमा सरकारी कर्मचारी लगायत अख्तियारकै पनि संलग्नता पाइएको छ । ल हेर्नुस न्याय कानुनको पालना गराउने र जनताको सुरक्षामा खटिएका प्रहरी नै यसरी घुस खान्छन् । घुस लिँदै गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ।उनलाई आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले ७ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो। दाजुभाइमा घरायसी विवाद हुँदा विपक्षीलाई पक्राउ गर्ने नाममा कटुवालले घुस मागेपछि पीडितले अख्तियारमा खबर गरेका थिए। सो पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले सात हजार घुस रकमसहित अख्तियारको टोलीले कटुवाललाई नियन्त्रणमा लिएको बताइएको छ। प्रहरी सहायक निरीक्षक कटुवालमाथि प्रहरीले पनि आवश्यक अनुसन्धान शुरु गरिएको उनले बताए।शनिबार अपरान्ह ४ बजेतिर त्रिभुवन विमानस्थल प्रवेश गर्ने वित्तिकै एक कारमा आगोको धुवाँ निस्कियो ।काठमाडौं ताहाचल बस्ने २८ वर्षीय रितेश श्रेष्ठ आफन्त लिन विमानस्थल प्रवेश गरेका थिए। गाडीको अघिल्लो भागमा धुवाँ आएको देखेपछि त्यहाँ खटेका प्रहरीले आफ्ना हाकिमसमक्ष घटनाक्रम बताए।तत्कालै एसएसपी सन्दीप भण्डारी घटनास्थलमा आइपुगे। उनीसँगै विमानस्थलको दमकल पनि आएर आगो निभ्याउन भ्यायो । आगलागीबाट बा ५ च ८३९५ नम्बरको कालो रंगको माज्दा गाडीको अघिल्लो भाग जलेको छ।समयमा नै दमकल नआएको भए पुरै गाडी जल्ने थियो,’ एसएसपी भण्डारीले भने ‘समयमा नै जानकारी पाउँदा उद्धार गर्न पनि समय लागेन ।के कारणले गाडीमा आगो लाग्यो भन्ने खुल्न सकेको छैन । पुरानो गाडी भएका कारण सर्ट भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छप्रकाशित मिति: शनिबार, असार ७, २०७६, ०८:२१:००झापा : झापामा यात्रुबाहक बसको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गडतौलाको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए

Related Articles

Back to top button