राशिफल

मदिरा सेवन गरी शेरसिह ले घरमा आगाे लगाउँदा पत्नीकाे जलेर मृत्यु

मदिरा सेवन गरी शेरसिह ले घरमा आगाे लगाउँदा पत्नीकाे जलेर मृत्यु दार्चुला, ८ असार । दार्चुलाको नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनकी श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ ।शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका थिए घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर जङ्गल भागेको नौगाड गाउँपालिका–२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले बताए ।घरमा कोही नभएको भन्दै बडालले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए ।घरमा आगो बलेको देखेपछि घर छाडेर भागेकाहरु फर्किएका थिए । बडालकी श्रीमती घरभित्रको सामान बाहिर निकाल्न भित्र पसेकी थिइन् ।घरभित्रको सामान निकाल्ने क्रममा आगोमा जलेर उनको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए ।आगो लागेको घर भित्रबाट बाहिर निस्कन नसक्दा उनको जलेर मृत्यु भएको हो ।बुवा बहादुर बडाल र आमा मङ्गलीदेवी बडाल आगो निभाउने मान्छे खोज्न गाउँ पसेका थिए ।घटनाको अवस्था बुझ्न प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाही घटनास्थल पुगेका छन् ।आगो लगाएर परिवारको हत्या गरेको भए पनि के कति कारणले झैझगडा भयो, आगो लगाउने स्थितिसम्म कसरी पुगे भन्ने अनुसन्धानपछि खुल्ने प्रहरी नायब उपरीक्षक शाहीले बताए ।आगो स्थानीयवासीले रातभर लगाएर नियन्त्रणमा लिएका छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।बर्दिया – काठमाडौँबाट बझाङका लागि छुटेको बस बर्दियामा दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिकामा ना ६ ख १३३९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन जीत महराले बताए। उनले भने,’ बिहान ६ बजे तिर बस अनियन्त्रित भएर दुर्घटना भएको हो।’ बसमा सवार रहेका १२ जनामध्ये ७ को अवस्थागम्भीर रहेको छ भने ५ जनाकाे अवस्था सामान्य रहेकाे छ। गम्भीर

घाइते भएका सातै जनाकाे उपचार काेहलपुर मेडिकल कलेजमा भइरहेकाे एसपी महराले बताए।काठमाडौं : रामेछापको मन्थली नगरपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान खुर्कोटबाट मन्थलीतर्फ बिरामी लिन जाँदै गरेको बा २१ च ७५२५ नं को नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवत्ता एवम् प्रहरी निरीक्षक शेख अदालतका अनुसार मन्थली नगरपालिका ६ कुनौरी नजिकै भएको दुर्घटनामा सिन्धुली गोलन्जोर गाउँपालिकाका २२ वर्षीय चालक नीरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ। चालकसँगै गएका सिन्धुलीका करिब १८ वर्षीय सुरज श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको उपचारका लागी धुलिखेल अस्पताल रिफर गरिएको छ।भरतपुर, ८ असार । चितवन जिल्लामा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।नारायणागढ मुग्लिन सडकखण्डको जलविरेमा आइतबार बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।गाडी नचलेपछिे यात्रु बाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।सुरक्षामा खटिएका प्रहरी नै काठमाडौं । नेपालमा दिनानुदिन घुसखोरीलाइ कारवाही गर्ने भन्दै प्रचार गरिए पनि कम भएको देखिदैन । घुसप्रथाले जरा गाडेको नेपालमा सरकारी कर्मचारी लगायत अख्तियारकै पनि संलग्नता पाइएको छ

Related Articles

Back to top button