अन्तर्राष्ट्रिय

राजधानी मा १ सय ४१ जना यात्रु सवार विमान फोर्स ल्यान्डिंग क्रममा दुर्घटना

पेरुको राजधानी मा पेरुभियन एयरलाइन्सको एउटा विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। फोर्स ल्यान्डिंगका क्रममा विमानमा आगो लागिसकेको भए पनि सबै यात्रुबाहिर निस्कन सफल भएका थिए। विमानमा रहेका १ सय ४१ जना यात्रु सबै सकुशल रहेको अधिकारीहरूले बताएका छन्।लिमाबाट उडेको उक्त विमान बोइङ ७३७–३०० पेरुको जुनिन प्रान्तको जुआजा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो। विमानले धावनमार्गलाई छोएपछि आगलागी भएको थियो। अग्नी नियन्त्रक दल तत्कालै घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा लिन र यात्रुहरूलाई सकुसल उद्धार गर्न सफल भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।पेरुभियन एयरलाइन्सको उक्त बोइङ–७३७ विमानमा चालक दलका सदस्यसहित १ सय ४१ जना यात्रु सवार रहेका अधिकारीहरूले जानकारी दिए।उक्त दुर्घटना हुदाँ विमानस्थल परिसर बाहिरबाट एकजना व्यक्तिले खिँचेको भिडियोमा उक्त घटना रिकर्ड भएको थियो। भिडियोमा दुर्घटनाग्रस्त विमानबाट कालो र बाक्लो धुवाँको मूस्लो उठिरहेको र यात्रुहरूमा ठूलो त्रास सिर्जना गरेको दृश्य कैद भएको थियो। विमान धावनमा मार्गमा आर्लेको लगत्तै ल्यान्डिंग गेयरले काम गर्न छोडेकाले विमानको पछाडिको भाग घिस्रिन पुगेको र विमान रोकिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ।लस एन्जेलस । हवाईको ओआहु टापुमा यात्रुवाहक विमान दुर्घटना हुदाँ विमानमा रहेका सबैको मृत्यु भएको छ । शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सबैको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ ।स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नी नियन्त्रण विभागमा
यो घटना सम्वन्धी पहिलो फोन स्थानीय समयानुसार बेलुका साढे छ बजे आएको समाचार लेखेको छ । खबर पाएपछि घटनास्थलमा पुगेका अग्नी नियन्त्रकहरुले विमान पुरै जलेर नष्ट भइसकेको अवस्थामा देखेको जानकारी दिएका छन् ।काठमाडौं । केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको सरकार चौतर्फी

रुपमा असफल बन्दै गइरहेको छ । सडकमा सरकारका विरुद्धमा चर्का नारा लागिरहेको छ । एकातिर सडकमा जनता सरकारको बिरुद्ध आन्दोलनमा छन् भने अर्को तिर पत्रकार कलाकार पनि देशभर आन्दोलन नै गरिरहेका छन् । यही समयममा सरकारविरुद्ध अर्को गीत बजारमा आएको छ । यसअघि सरकारविरुद्धमा आएको गीत नै प्रतिबन्ध लगाएको सरकारले यस पटक भने प्रतिबन्ध नै लगाउने हिम्मत भने गर्न सकेको छैन ।साहित्यकार तथा पत्रकार गिरिजा अधिकारले रचना गरेको ‘ए सरकार–२’ हालै बजारमा आएको छ । गायक देवेन्द्र कार्कीले स्वर दिएको गीतले वर्तमान सरकारले जनतालाई बिचल्ली पारेको यथार्थ चित्रण गरेको छ । भिमफेदी गाईजले तयार पारेको म्यूजिक भिडियोमा संघीय लोकतान्त्रिक राज्यसत्ताका कारण जनताले भोग्नु परेको पीडा, अभिभावक विहिनता, बेरोजगारी, तस्करी, ठगी र अभावलाई कथामा जीवन्त उतारिएको छ ।जनताको दैनिकीसँग जोडेर तयार गरिएको म्यूजिक भिडियोमा देशमा बढ्दो भ्रष्टाचार, महँगीजस्ता विषयलाई उठाइएको गीतकार गिरिजा अधिकारीले बताए । उनले भने, ‘सरकारले जनताप्रतिको दायित्व पूरा नगरेकाले आफूले यस्तो गीत लेख्नु परेको हो ।’ अधिकारीले गीत आम सर्वसधारणले व्यापक रुपमा रुचाएकोले थप उत्साहित भएको बताए ।यसअघि पहिलो श्रृंखला समेत सार्वजनिक भइसकेको ‘ए सरकार’ को थप श्रृंखला रचना गर्ने योजनामा रहेको अधिकारी बताउँछन् । गीतमा रोजगारीको अवसर आफन्तलाई दिएर जनतालाई विभिन्न नाममा विदेश पठाउने विषयलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।उक्त गीतमा विकास पाण्डेको संगीत छ भने भिडियो निर्देशन निर्मल लामाले गरेको छन् । यस्तै भिडियो छायांकन पवन सुस्लिङले गरेका हुन् । संगित संयोजन रिकेश गुरुङको छ । युट्युवमा अपलोड भएको छोटो समयमा नै अत्याधिक भ्यूअर कटिसकेको ‘ए सरकार’को पहिलो श्रंखला १२ लाख भन्दा दर्शकले हेरेका थिए । नयाँ शैली प्रयोग गरिएको भिडियोमा सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै भिडियो काटेको सिन समेत समावेश छ ।

Related Articles

Back to top button