राशिफल

काठमाडौं जाँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

बुटवल । रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र जलेर दुई जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रमुख इन्स्पेक्टर रवीनराज मैनालीले जानकारी दिए ।शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनाबारे अनुसन्धान गर्न सालझण्डी प्रहरीले बस र यसका चालकलाई नियन्त्रणमा लिएको छ लस एन्जेलस । हवाईको ओआहु टापुमा यात्रुवाहक विमान दुर्घटना हुदाँ विमानमा रहेका सबैको मृत्यु भएको छ । शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सबैको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ ।स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नी नियन्त्रण विभागमा यो घटना सम्वन्धी पहिलो फोन स्थानीय समयानुसार बेलुका साढे छ बजे आएको समाचार लेखेको छ । खबर पाएपछि घटनास्थलमा पुगेका अग्नी नियन्त्रकहरुले विमान पुरै जलेर नष्ट भइसकेको अवस्थामा देखेको जानकारी दिएका छन् ।काठमाडौं । केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको सरकार चौतर्फी रुपमा असफल बन्दै गइरहेको छ । सडकमा सरकारका विरुद्धमा चर्का नारा लागिरहेको छ । एकातिर सडकमा जनता सरकारको बिरुद्ध आन्दोलनमा छन् भने अर्को तिर पत्रकार कलाकार पनि देशभर आन्दोलन नै गरिरहेका छन् । यही समयममा सरकारविरुद्ध अर्को गीत बजारमा आएको छ । यसअघि सरकारविरुद्धमा आएको गीत नै प्रतिबन्ध लगाएको सरकारले यस पटक भने प्रतिबन्ध

नै लगाउने हिम्मत भने गर्न सकेको छैन ।साहित्यकार तथा पत्रकार गिरिजा अधिकारले रचना गरेको ‘ए सरकार–२’ हालै बजारमा आएको छ । गायक देवेन्द्र कार्कीले स्वर दिएको गीतले वर्तमान सरकारले जनतालाई बिचल्ली पारेको यथार्थ चित्रण गरेको छ । भिमफेदी गाईजले तयार पारेको म्यूजिक भिडियोमा संघीय लोकतान्त्रिक राज्यसत्ताका कारण जनताले भोग्नु परेको पीडा, अभिभावक विहिनता, बेरोजगारी, तस्करी, ठगी र अभावलाई कथामा जीवन्त उतारिएको छ ।जनताको दैनिकीसँग जोडेर तयार गरिएको म्यूजिक भिडियोमा देशमा बढ्दो भ्रष्टाचार, महँगीजस्ता विषयलाई उठाइएको गीतकार गिरिजा अधिकारीले बताए । उनले भने, ‘सरकारले जनताप्रतिको दायित्व पूरा नगरेकाले आफूले यस्तो गीत लेख्नु परेको हो ।’ अधिकारीले गीत आम सर्वसधारणले व्यापक रुपमा रुचाएकोले थप उत्साहित भएको बताए ।यसअघि पहिलो श्रृंखला समेत सार्वजनिक भइसकेको ‘ए सरकार’ को थप श्रृंखला रचना गर्ने योजनामा रहेको अधिकारी बताउँछन् । गीतमा रोजगारीको अवसर आफन्तलाई दिएर जनतालाई विभिन्न नाममा विदेश पठाउने विषयलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।उक्त गीतमा विकास पाण्डेको संगीत छ भने भिडियो निर्देशन निर्मल लामाले गरेको छन् । यस्तै भिडियो छायांकन पवन सुस्लिङले गरेका हुन् । संगित संयोजन रिकेश गुरुङको छ । युट्युवमा अपलोड भएको छोटो समयमा नै अत्याधिक भ्यूअर कटिसकेको ‘ए सरकार’को पहिलो श्रंखला १२ लाख भन्दा दर्शकले हेरेका थिए । नयाँ शैली प्रयोग गरिएको भिडियोमा सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै भिडियो काटेको सिन समेत समावेश छ ।

Related Articles

Back to top button