समाचार

प्रहरी सहायक निरीक्षक कटवाल पक्राउ

काठमाडौँ, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटवालले सेवाग्राहीसँग घूस लिएको अभियोगमा पक्राउ गरेको छ ।वन मन्त्रालयबाट पक्राउ पुर्जी आएकाले त्यसलाई मिलाइदिन्छु भनी सेवाग्राहीसँग रु सात हजार घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सहायक निरीक्षक कटुवाललाई कार्यालय नजीकैबाट पक्राउ गरिएको हो ।यस्तै आयोगले जग्गा हाल साबिक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु एक लाख ५० हजार घूस मागेको अभियोगमा नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आरोपीद्वयलाई बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदातमा मुद्दा दायर गरिएको हो ।त्यस्तै आयोगले

महोत्तरीको एकडारा गाउँपालिका–४ का निर्वा्चित वडा सदस्य रामचन्द्र राय यादवविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ३६ हजार घूस लिएको अभियोग यादवमाथि लागेको छ । आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको समेत माग गरेको छ । –राससभरतपुर, ८ असार । चितवन जिल्लामा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।नारायणागढ मुग्लिन सडकखण्डको जलविरेमा आइतबार बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।गाडी नचलेपछिे यात्रु बाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।

Related Articles

Back to top button