अन्तर्राष्ट्रिय

एक्कासी हावासहित परेको बर्षाका कारण १४ जनाको मृत्यु, ५० घाइते

राजस्थान, भारत, ८ असार । आइतबार भारतको राजस्थानस्थित बार्मर क्षेत्रमा अपरान्ह् करिब ४ः३० बजे एक्कासी हावासहित परेको बर्षाका कारण स्थानीय एक ‘पान्डाल’ भत्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।“धार्मिक सभाका लागि निर्माण गरिएको उक्त अस्थायी संरचना (टेन्ट) भत्किएर १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना घाइते भएका छन्,” स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।“घटनामा २५ जनाभन्दा बढी गम्भीर घाइते भएका र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । ”यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक सभामा भएको उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्नुभएको छ ।प्रधानमन्त्रीको कार्यालयको आधिकारिक ट्वीटर पेजमा प्रधानमन्त्रीले भन्नुभएको छ, “बार्मरमा पान्डाल भत्केर दुःखद् घटना घटेको छ । यस समय घटनामा ज्यान गुमाउने शोकाकुल परिवारप्रति म समवेदना प्रकट गर्न चाहन्छु साथै घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्दछु ।”यसैगरी राजस्थानका मुख्यमन्त्री अशोक गेलटले घटनाले आफूलाई स्तव्ध बनाएको जनाउनुभएको छ ।उहाँले घटनाबारे छानविन समिति बनाई अनुसन्धान गर्न आग्रह गर्दै राज्यले मृतक तथा घाइतेका परिवारलाई यथासम्भव सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । –राससकाठमाडौँ, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटवालले सेवाग्राहीसँग घूस लिएको

अभियोगमा पक्राउ गरेको छ ।वन मन्त्रालयबाट पक्राउ पुर्जी आएकाले त्यसलाई मिलाइदिन्छु भनी सेवाग्राहीसँग रु सात हजार घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सहायक निरीक्षक
कटुवाललाई कार्यालय नजीकैबाट पक्राउ गरिएको हो ।यस्तै आयोगले जग्गा हाल साबिक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु एक लाख ५० हजार घूस मागेको अभियोगमा नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आरोपीद्वयलाई बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदातमा मुद्दा दायर गरिएको हो ।त्यस्तै आयोगले महोत्तरीको एकडारा गाउँपालिका–४ का निर्वा्चित वडा सदस्य रामचन्द्र राय यादवविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ३६ हजार घूस लिएको अभियोग यादवमाथि लागेको छ । आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको समेत माग गरेको छ । –राससभरतपुर, ८ असार । चितवन जिल्लामा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।नारायणागढ मुग्लिन सडकखण्डको जलविरेमा आइतबार बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।गाडी नचलेपछिे यात्रु बाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ

Related Articles

Back to top button