समाचार

जापानी भाषा पढ्दैमा जापान जान पाइँदैन

काठमान्डौ : देशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालले यो वर्ष नर्सिङ क्षेत्रका श्रमिक मात्र जापान जान पाउने जानकारी दिएका छन्। जापान खुल्नै लागेको भनेर भाषा पढाउँदै पैसा असुल गर्ने क्रम बढेका बेला उनले यस्ता हल्लाको पछाडि नलाग्न आग्रह गरे।‘जापान सरकारसँग हाम्रो अनौपचारिक छलफल हुँदा अक्टोवरमा नर्सिङ केयरको लागि मात्रै परीक्षा लिइने जानकारी आएको छ’उनले भने ‘यो वर्ष लाने भनेको १४ सेक्टर मध्ये नर्सिङ केयर सेक्टर मात्र हो।’जापान जानको लागि भाषा भन्दा सम्बद्ध नर्सिङ सेक्टरको सिप सिक्न उनले आग्रह गरे। ‘जापनी भाषा पढ्दैमा जापान जान पाइँदैन, कोरियाको जस्तो सिस्टम होइन । जापानमा रोज गारीको सवालमा भाषा भन्दा ३ गुणा महत्व सिपको हुन्छ,’ उनले भने ‘ नर्सिङ केयरकै कुरा गर्ने हो भने ६० मिनेटको स्किल टेष्ट हुन्छ र २० मिनेटको मात्र भाषा परीक्षा हुनेछ,।’सिप नसिक्दा र पास नगर्दासम्म भाषामा जति अब्बल भएपनि काम नलाग्ने उनले स्पस्ट पारे। भाषाको नाममा खोलिएका संस्थाहरुले कुनै पनि शिर्षकमा पैसा उठाएको छ भने विभागमा जानकारी दिन उनले आग्रह गरे। गत चैत ११ गते नेपाल र जापान बीच काम दार लैजानेबारे एमओसीमा हस्ताक्षर भएको थियो।काठमाडौ । नेपालका लागि हुवावे स्मार्टफोनको वितरक कल मोविलिटीले

हुवावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगल एपहरू तथा फेसबुक चल्ने प्रष्ट पारेको। उसले ढुक्क भए फोन किन्न र चलाउन उपभोक्तालाई आग्रह गरेको छयदि ती एप्सहरु नचलेमा फोन तथा ट्याबलेटको पूरै मूल्य फिर्ता गर्ने उसले प्रतिबद्धतता व्यक्त गरेको छ।‘यो प्रत्याभूतिले ह्वावे स्मार्टफोनका प्रयोगकर्ताहरूले विभिन्न गुगल एपहरू जस्तै जिमेल, गुगल प्ले, गुगल म्यापहरू, यूट्युब, क्रोम नन–गुगल एपहरू फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राम र अन्य धेरै एपहरू चलाउन सक्ने विषयलाई स्पष्ट पार्दछ’ कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।हुवावेका उत्पादनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टमको निर्माता गुगल हट्ने भन्ने चिन्ता व्यक्त भइरहँदा त्यस्तो नहुने भन्ने आफ्ना ग्राहकहरूलाई आश्वस्त पारेको छ।अमेरिकाले हुवावेलाई प्रतिबन्ध लगाएपछि गुगलले हुवावेसँगको सहकार्य तोड्ने घोषणा गरेको थियो। त्यस्तै फेसबुक जस्ता एप्सहरु पनि फोनमा इनबिल्ट नहुने बताइएको छ।तर यी सब व्यवस्था नयाँ यसपछि निर्माण हुने मोडलका फोन तथा ट्याबलेटमा मात्र लागू हुने छन्। अमेरिकी प्रतिबन्धका बाबजुद सन् २०१८ को विश्वव्यापी त्रैमासिक बजार अनुगमन प्रतिवेदनमा हुवावे विश्व स्मार्टफोन बजारमा दोस्रो स्थान हासिल गर्न सफल रहेको छ। आईडीसी, एसए, क्यानलिस र काउन्टरपोइन्टले जारी गरेको रिपोर्टअनुसार हुवावेका स्मार्टफोन सामसङपछि बढी बिक्री भएका छन्।-सेतोपाटी

Related Articles

Back to top button