समाचार

यूएई मा रहेका नेपालीको लागि खुसिको खबर

यूएई – अल अहलिया एक्सचेञ्जले यो वर्ष पनि यूएईबाट पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने योजना ल्याएको छ । मे ५ तारिख आइतबारदेखि जुलाई ३ तारिखसम्म अहलिया एक्स्चेन्जका शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिने एक्सचेञ्जले जनाएको छ ।योजनाको पहिलो ३ वटा कारका लागि आबुधाबीको इलेक्ट्रा शाखामा जुलाई ४ तारिख गोलाप्रथा गरिनेछ । यस्तै थप ३ वटा कार सारजाहको अल सज्जा इण्डस्ट्रियल क्षेत्रमा रहेको शाखामा जुलाई ७ मा सार्वजनिक गरिने र मेघा प्राइज अन्तर्गत १ किलो सुन र ४ वटा कारको घोषणा दुबईको अलकुज शाखामा आउँदो जुलाई ८ तारिख सार्वजनिक गरिने एक्सचेन्जका नेपाल सेक्टर प्रमुख बेनीमाधव ढकालले जानकारी दिनुभयो ।बैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्न यस्ता योजना ल्याइएको अल अहलिया एक्स्चेन्जका जनरल म्यानेजर कमल सुब्बाले बताउनुभयो ।काठमाडाैँ, २३ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन ल्याउन सहयोग गरेको आरोपमा वायुसेवा निगमका एक कर्मचारी पक्राउ परेका छन् महानगरीय प्रहरी परिसर काठमाडौंले सेटिङमा अवैध सुन ल्याएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने वायु सेवा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई आइतबार राती पक्राउ गरेको हो पक्राउ परेका यादवको साथबाट प्रहरीले १०/१० तोलाको ३ वटा बिस्कुट आकारको सुन बरामद गरेको छ । प्रहरी परिसरका अनुसार विमान अवतरण भइसकेपछि धावनमार्गमै पुगेर

यादवले सुन बुझ्ने र लुकाएर विमानस्थल बाहिर ल्याउने गर्थे ।विमानस्थल प्रहरीले यादवका गतिविधि शंकास्पद लागेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।बिग बीको नामले चर्चित अमिताभ बच्चनका प्रशंसक अत्यधिक छन् । भारतीय प्रशंसकले अमिताभलाई यति प्रेम र सम्मान गर्छन् कि उनको एक झलक पाउन घण्टौं प्रतिक्षा गर्छन् । अमिताभ पनि उनीहरुलाई निराश बनाउँदैनन् । हरेक आइतबार घरको प्राङ्गणमा राखिएको एउटा अग्लो स्थानमा बसेर घरको गेट बाहिर उभिएका हज्जरौं प्रशंसकलाई नमस्कार गरेर हात हल्लाएर भेट गर्छन् । यो करिब १५ देखि २० मिनेटसम्म हुन्छ । तर यो आइतबार यस्तो हुन सकेन । अमिताभले सोसल मिडियामा स्वास्थ्यमा आएको खराबीका कारण आफूले यस्तो गर्न नसकेको जानकारी दिए ।७६ वर्षीया बच्चन, पछिल्लो ३६ वर्षदेखि हरेक आइतबार जुहुस्थित आफ्नो आवास जलसामा प्रशंसकलाई दर्शन दिन्छन् । उनको यो साप्ताहिक भेट कार्यक्रमको नाम ‘सन्डे दर्शन’ हुन्छ । तर हिजो (२२ बैशाख) मा उनले प्रशंसकलाई आफ्नो दर्शन दिन सकेनन् । आफ्नो ट्वीटर अकाउन्टमा उनले यसबारे जानकारी दिँदै लेखे, ‘आज सन्डे दर्शन गर्ने छैन । तपाईंहरु सबैलाई यो जानकारी दिन चाहन्छु कि स्वास्थ्य खराब छ, चिन्ताको कुनै कुरा छैन, बाहिर मात्र आउन नसक्ने भएको छु ।’फिल्मको कुरा गर्ने हो भने बच्चन यतिबेला ‘ब्रह्मास्त्र’ र ‘तेरा यार हूँ’ नामक फिल्मको सुटिङमा व्यस्त छन् ।

Related Articles

Back to top button