अन्तर्राष्ट्रिय

मलेसियामा नेपाली नेपाली बिच चक्कु प्रहार

क्वालालम्पुर। मलेसियाको जोहोर बारु स्थित ताम्पोइमा नेपाली नेपाली बिच साधारण भनाभन हुदा चक्कु प्रहार भएको छ ।गत राती खोटाङका सुजन राई मदिरा सेबन गरि कोठामा आएको र साधारण भनाभन हुँदा आफ्नै रुमका बर्दिया घर भएका दुर्गा चन्द ठकुरी माथी चक्कु प्रहार गर्दा चन्द सख्त घाइते भएका छ्न ।घाइते चन्द अहिले जोहोरको सुल्तान हस्पिटलमा उपचाररत रहेको गैरआवासीय नेपाली संघ मलेसिया क्षेत्रीय साखा जोहोरका सल्लाहकार राजु मल्ल ठकुरीले जानकारी दिनुभएको छ चक्कु प्रहार गर्ने सुजन भने घटना लगत्तै झ्यालबाट हाम्फालेर फरार भएका छन्।काठमाडौं । खानेपानी मन्त्री तथा कञ्चनपुरकी सांसद बिना मगरलाई आफ्नै गाउँमा कालो झण्डा देखाउँदा झडप भएको छ । पुनर्वास नगरपालिका भवन उदघाटनका लागि जाने क्रममा मन्त्री मगरविरुद्ध काँग्रेस कार्यकर्ताले स्थानीय डोके बजार क्षेत्रमा कालो झण्डा देखाएका हुन् । मन्त्रीको बाटो छेकेर उनीहरुले कालो झण्डा देखाएका थिए ।आफ्नो ठाउँबाट प्रतिनिधिसभामा जितेर गएकी मन्त्री मगरले जनभावनाअनुसार काम नगरेकाले विरोधमा कालो झण्डा देखाइएको काँग्रेस कार्यकर्ताले बताएका छन् । काँग्रेस कार्यकर्ताको अवरोधका कारण मन्त्री मगर समयमै गन्तव्यमा पुग्न सकिनन् । सोही विषयलाई लिएर पछि नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।झडपका क्रममा कांग्रेस क्षेत्रीय सभापति गोपी उपाध्यक्ष तथा काँग्रेस कार्यकर्ताहरु राम खड्का र विक्रम चन्द घाइते भएका छन् कञ्चनपुर । खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउने क्रममा कांग्रेस कार्यकता कुटिएका छन् । मंगलबार गृहजिल्लामा पुगेकी मन्त्री मगरलाई कालो झण्डा देखाउने क्रममा कांग्रेस कार्यकर्तालाई नेकपाका कार्यकर्ताले कुटेका हुन् ।मन्त्री मगरलाई जिल्लाको डोकेबजारमा कालोझण्डा देखाउन खोज्दा नेकपा कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई कुटपिट गरेका थिए । नेकपा कार्यकर्ताको आक्रमणबाट कांग्रेस क्षेत्र नम्वर १ का सभापति गोपीप्रसाद उपाध्याय, तरुण दलका स्थानीय नेता राम खड्का, विक्रम चन्द र कृष्णबहादुर चन्द घाइते भएका छन् ।मन्त्री मगर बेलौरी र पुनर्वासमा हुने नगरसभाको अतिथिका रुपमा कञ्चनपुर पुग्नुभएको हो

। मत्ती पद पाएपछि जनताको कामलाई वे वास्ता गरेको भन्दै कांग्रेसले चक्काजामको समेत तयारी गरेको थियोरौतहट– रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना१ झ ५३८९ नम्बरकाे भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । घाइते हुनेमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् । जसमा दुई प्रहरी जवान सञ्जय कार्की र अजय साह गम्भीर घाइते भएका छन् भने दुई थुनुवा रमेश चौधरी, निर्मला साहपनि गम्भीर घाइते भएका छन् उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।गुड्दै गरेको अगाडीको चक्का भाँच्चिएर दुर्घटना भएकाे जनाइएकाे छ ।नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तिलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । प्रहरीका अनुसार सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको हो नारायणगढतर्फ आउँदै गरेको ना७ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाकाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहे पनि भने चालक फरार छन् ।पाल्पा — पाल्पाको रामपुरस्थित सहिद क्याम्पसको कम्पाउण्ड भित्र साेमबार राति अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएको छ ।राति साढे १० बजे भएकाे विस्फोटबाट क्याम्पसको भर्खरै निर्माणगरिएकाे पर्खालमा क्षति पुगेको छ।सिलिण्डर विस्फोट कस्ले र किन गरायो भन्ने अझै खुल्न सकेको छैन। अज्ञात समूहले मोटरसाइकल र स्कुटरको टायर बालेर सिलिण्डर विस्फोट गराएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक भुपाल रानाले बताए। रातिको समयमा ठूलो आवाजसहित भएको विस्फोटका कारण स्थानीयहरु त्रसित बनेका छन्। विगतमा बन्दका बेला सामान्य

Related Articles

Back to top button