समाचार

युवतीहरुको अवैध धन्दा, एक जना देश निकाला

काठमाडौं, ९ असार । उज्वेकिस्तानकी साकानोजा कुरवानियाजोभाले नेपालको प्रवेशाज्ञा (भिसा) किर्ते गरेकी छन्। अघिल्लो वर्ष असार ४ गते ९० दिनको पर्यटक भिसामा उनी नेपाल भित्रिएकी थिइन् । भिसाको म्याद रहुन्जेल उनले नेपालमा के गरिन् र कहाँ बसिन् भन्ने सरकारी अधिकारीलाई पत्तो छैन। म्याद गुज्रिएपछि पनि उनी लामो समय नेपाल बसेको खुलेको छ। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ त्यही बीचमा उनी भारत पुगिन्। तर, यसको रेकर्ड अध्यागमनको सफ्टवेयरमा कैद छैन। उनी हवाईमार्गबाट भारत गइन् या स्थलमार्गबाट भन्ने पनि खुलेको छैन ।नेपालले हस्तलिखित भिसा प्रयोग गर्दै आएको छ। यो जो कोहीले सजिलै केरमेट गर्न सक्छन्। अध्यागमन विभागले मेसिन रिडेबल भिसा लागू गर्न सकेको छैन। त्यही भएर आपराधिक मानसिकता लिएर नेपाल आउने विदेशीले भिसा दुरुपयोग गर्ने गरेका छन् ।उज्वेकिस्तानी युवतीले भारत जाँदा नाका छलेको हुन सक्ने अध्यागमनका अधिकारीको अनुमान छ। भारतबाट नेपाल फर्किने भिसा थिएन। त्यसपछि उनले राहदानीमा रहेको म्याद गुज्रिएको भिसा ‘स्क्यान’ गरिन् ।त्यसको प्रिन्ट निकालिन्। त्यसमा उनले किर्ते गरेर भिसाको म्याद र आगमन मिति सच्याइन्। त्यी स्क्यान भिसा आफ्नो राहदानीमा टाँसिन्। भिसा नम्बर त्यही राखिन्। उनी जेठ ३२ गते किर्ते भिसामा भारतबाट काठमाडौं उत्रिन् ।त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले भिसामा केरमेट गरिएको देखेपछि तत्काल पक्राउ गरी अध्यागमन विभागमा पठाए। विभागका प्रवक्तासमेत रहेका निर्देशक रामचन्द्र तिवारीले उज्वेकी युवतीलाई निष्काशन गरिएको पुष्टि गरे ।क्वालालम्पुर। मलेसियाको जोहोर बारु स्थित ताम्पोइमा नेपाली नेपाली बिच साधारण भनाभन हुदा चक्कु प्रहार भएको छ ।गत राती खोटाङका सुजन राई मदिरा सेबन गरि कोठामा आएको र साधारण भनाभन हुँदा आफ्नै रुमका बर्दिया घर भएका दुर्गा चन्द ठकुरी माथी चक्कु प्रहार गर्दा चन्द सख्त घाइते भएका छ्न ।घाइते चन्द अहिले जोहोरको सुल्तान हस्पिटलमा उपचाररत रहेको गैरआवासीय नेपाली संघ मलेसिया क्षेत्रीय साखा जोहोरका सल्लाहकार राजु मल्ल ठकुरीले जानकारी दिनुभएको छ चक्कु

प्रहार गर्ने सुजन भने घटना लगत्तै झ्यालबाट हाम्फालेर फरार भएका छन्।काठमाडौं । खानेपानी मन्त्री तथा कञ्चनपुरकी सांसद बिना मगरलाई आफ्नै गाउँमा कालो झण्डा देखाउँदा झडप भएको छ । पुनर्वास नगरपालिका भवन उदघाटनका लागि जाने क्रममा मन्त्री मगरविरुद्ध काँग्रेस कार्यकर्ताले स्थानीय डोके बजार क्षेत्रमा कालो झण्डा देखाएका हुन् । मन्त्रीको बाटो छेकेर उनीहरुले कालो झण्डा देखाएका थिए ।आफ्नो ठाउँबाट प्रतिनिधिसभामा जितेर गएकी मन्त्री मगरले जनभावनाअनुसार काम नगरेकाले विरोधमा कालो झण्डा देखाइएको काँग्रेस कार्यकर्ताले बताएका छन् । काँग्रेस कार्यकर्ताको अवरोधका कारण मन्त्री मगर समयमै गन्तव्यमा पुग्न सकिनन् । सोही विषयलाई लिएर पछि नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।झडपका क्रममा कांग्रेस क्षेत्रीय सभापति गोपी उपाध्यक्ष तथा काँग्रेस कार्यकर्ताहरु राम खड्का र विक्रम चन्द घाइते भएका छन् कञ्चनपुर । खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउने क्रममा कांग्रेस कार्यकता कुटिएका छन् । मंगलबार गृहजिल्लामा पुगेकी मन्त्री मगरलाई कालो झण्डा देखाउने क्रममा कांग्रेस कार्यकर्तालाई नेकपाका कार्यकर्ताले कुटेका हुन् ।मन्त्री मगरलाई जिल्लाको डोकेबजारमा कालोझण्डा देखाउन खोज्दा नेकपा कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई कुटपिट गरेका थिए । नेकपा कार्यकर्ताको आक्रमणबाट कांग्रेस क्षेत्र नम्वर १ का सभापति गोपीप्रसाद उपाध्याय, तरुण दलका स्थानीय नेता राम खड्का, विक्रम चन्द र कृष्णबहादुर चन्द घाइते भएका छन् ।मन्त्री मगर बेलौरी र पुनर्वासमा हुने नगरसभाको अतिथिका रुपमा कञ्चनपुर पुग्नुभएको हो । मत्ती पद पाएपछि जनताको कामलाई वे वास्ता गरेको भन्दै कांग्रेसले चक्काजामको समेत तयारी गरेको थियोरौतहट– रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना१ झ ५३८९ नम्बरकाे भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । घाइते हुनेमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् । जसमा दुई प्रहरी जवान सञ्जय कार्की र अजय साह गम्भीर घाइते भएका छन् भने दुई थुनुवा रमेश चौधरी, निर्मला साहपनि

Related Articles

Back to top button