समाचार

देवघाटमा अन्त्येष्टि गर्न लाग्दा शिशुले श्वास फेरेपछि ….

चितवन : एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काइ पुनः अस्पताल ल्याइएको छ चितवन मेडिकल कलेजमा आइतवार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौंडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिशुको मृत्यु भएको भनी परिवारजनले देवघाटमा अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा स्थानीयवासीले जीवितै देखेपछि शिशुलाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए त्यसको लगत्तै शिशुको हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता रेग्मीले बताए । शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अविवाहित युवती भएकाले उनको नाम र ठेगना गोप्य राखिएको उनको भनाइ थियो । उक्त शिशुको सोमवार अपरान्ह १२ः३०मा निधन भएको अस्पताल स्रोतले

जनायो । काठमाडौं । आमा आफैंमा एक सम्मानको शब्द हो । संसारको सबैभन्दा महान सम्बन्ध नै आमा हो । आमाको महिमा कत्तिसम्म अपार हुन्छ यसको सायद हरेक सन्तानलाई थाहा हुन्छ ।आमालाई भगवान भन्दा पनि माथिको रुप मान्ने गरिन्छ । तर हामीले यसो भन्दै गर्दा गर्भमा हत्या भएको बच्चाहरुको कुरा गरिरहेका छैनौ । आमाले सन्तान जन्माएर खोलामा फ्यालेको वा फोहोरको डस्बीनमा फालेको कुराहरु गरिरहेका छैनौ ।जुन बच्चाले सुन्दर संसार देख्न र महसुस गर्न पाएन उसले आमा याद गर्छ भन्ने त कल्पनासम्म पनि गर्न सकिदैन । यो मानविय कुरा मात्रै होईन हरेक प्राणीमा यो कुरा लागु हुने गर्दछ , अहिले एक तस्विर एक चर्चामा आएकोछ ।यसमा देख्न सकिन्छ कि बाख्राले आफ्नो बच्चा (पाठी) लाई दुध पिलाइरहेको छ । त्यसको विपरितमा बसेर एकसानो बच्चा एकदमै चासोको साथ त्यो हेरिरहेको छ । यस्तो लाग्दो हो उसले पनि स्तनपानका लागि आफ्नो आमा खोजिरहेको छ।र त्यही बाख्राको स्तनपनि आमा समान छ भनेर त्यो अवोधपनले समेत जानिरहेको हुँदोहो तस्विर भने उक्त बाख्रिको खोरमा भने हैन । हेर्दा सफा उनै बालकका लागि लिटो पाक्ने घरको भान्छा कोठा जस्तो देखिन्छ । चुल्हो नजिकै घोप्ट्याईएको भाडा छ । खाली भाँडा, बाख्रीले स्तनपान गराइरहेको अवस्थालाई एक टकले हेरिरहेको बालकलाई सायद गरिबी र भोकमरिले पिल्साएको छ भन्दै दुखि बनेर लाखौँ मानिसले सेयर गरिरहेका छन् ।

Related Articles

Back to top button