राशिफल

चट्याङ लागेर तीन बालकको मृत्यु

दाङ र रुपन्देहीमा चट्याङ लागेर ६ जनाले ज्यान गुमाएका छन् । रुपन्देहीमा मंगलबार साँझ परेको पानीसँगै परेको चट्याङ लागि छुट्टाछुट्टै स्थानमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीका ६२ वर्षीय चन्द्र बहादुर विक रहेका छन् । घर नजिकै गाई बस्तु चराउने क्रममा चट्याङ लागि घाईते भएका बिकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।त्यस्तै कञ्चन गाउँपालिका वडा नंं २ बसन्त फुलबारी बस्ने ६० वर्षीय नन्दराम अर्यालको पनि घर नजिकै गाई बस्तु चराउने क्रममा चट्याङ लागि मृत्यु भएको प्रहरीले बताएको छ ।यता गैडहवा गाउँपालिका वडा नंं ७ वर्गदैया बस्ने राम जित लोधको २५ बर्षका छोरा भागवत दास लोधलाई पनि तरकारी बारीमा जानेक्रममा चट्याङ लागि मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुर्यपुराले जनाएको छ ।यता दाङमा चट्याङले लागेर ३ जनाको मृत्यु भएको छ ।दाङको राप्ती गाउँपालिका ३ मौरिघाटमा चट्याङ पर्दा १३ बर्षका साजन चौधरी, ११ बर्षका रमित चौधरी र ११ बर्षकै विनाश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । यस्तै चट्याङ लागेर ८ बर्षका अविनाश चौधरी गम्भीर घाइते भएका छन । घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पठाइएको छ । १० असार, रौतहट । गौर चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीसहित ८ जना घाइते भएका छन् ।थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान बालचनपुरमा दुर्घटना भएको हो । नम्वर प्लेट नभएको भ्यानको अगाडिको पाङग्रा पम्चर भई क्राउन र एक्सल भाँचिदा दुर्घटना भएको थियो दुर्घटना परी लागुऔषध मुद्दाका आरोपी चन्द्रपुर नपा ४ का २० बर्षीय मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दाका सुनसरी इनर्वा १ का ४० वर्षीय रमेशकुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको वीरगञ्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ दुर्घटनामा

परेर प्रहरी जवानद्धय हरीकिशोर चौधरी र अजय यादव गम्भीर घाइते भएका छन् । दुबैलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।प्रहरी भ्यान चलाएका प्रहरी सहायक निरीक्षक दिपेश चौलागाई, प्रहरी हवलदारद्धय उमेश यादव र विनोद मण्डल तथा जवान संजिव कार्की तथा अभद्र व्यवहार मुद्दामा आरोपित थुनुवा कुमार गेलाल र टेकबहादुर तामाँग सामान्य घाइते भएका छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनामा परेको गाडी इलाका प्रहरी कार्यालयको चन्द्रनिगाहपुरको नभएको पाइएको छ । यो काठ चोरीमा प्रयोग भएको बोलेरो पिकअप गाडी जिल्ला वन कार्यालयमा थियो । त्यसलाई मर्मत नै नगरी म्याद थपका लागि आरोपीहरुलाई लैजाने क्रममा १० जना चढेका थिए ।गाडी तीव्र गतिमा रहेको कारण दुर्घटना भएको स्थानीयबासी बताउँछन् ।काठमाडौं, ९ असार । उज्वेकिस्तानकी साकानोजा कुरवानियाजोभाले नेपालको प्रवेशाज्ञा (भिसा) किर्ते गरेकी छन्। अघिल्लो वर्ष असार ४ गते ९० दिनको पर्यटक भिसामा उनी नेपाल भित्रिएकी थिइन् । भिसाको म्याद रहुन्जेल उनले नेपालमा के गरिन् र कहाँ बसिन् भन्ने सरकारी अधिकारीलाई पत्तो छैन। म्याद गुज्रिएपछि पनि उनी लामो समय नेपाल बसेको खुलेको छ। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ त्यही बीचमा उनी भारत पुगिन्। तर, यसको रेकर्ड अध्यागमनको सफ्टवेयरमा कैद छैन। उनी हवाईमार्गबाट भारत गइन् या स्थलमार्गबाट भन्ने पनि खुलेको छैन ।नेपालले हस्तलिखित भिसा प्रयोग गर्दै आएको छ। यो जो कोहीले सजिलै केरमेट गर्न सक्छन्। अध्यागमन विभागले मेसिन रिडेबल भिसा लागू गर्न सकेको छैन। त्यही भएर आपराधिक मानसिकता लिएर नेपाल आउने विदेशीले भिसा दुरुपयोग गर्ने गरेका छन् ।उज्वेकिस्तानी युवतीले भारत जाँदा नाका छलेको हुन सक्ने अध्यागमनका अधिकारीको अनुमान छ। भारतबाट नेपाल फर्किने भिसा थिएन। त्यसपछि उनले राहदानीमा रहेको म्याद गुज्रिएको भिसा ‘स्क्यान’ गरिन् ।त्यसको प्रिन्ट निकालिन्। त्यसमा उनले किर्ते गरेर भिसाको म्याद र आगमन मिति सच्याइन्। त्यी स्क्यान

Related Articles

Back to top button