अन्तर्राष्ट्रिय

बाउ छोरीकाे नदिकिनार मा भेटियो लाश

काठमाडौं– एकजना वयस्क र उनीसँगै टास्सिएकी बालिका उनकी छोरी हुन्। सबैभन्दा विरक्तलाग्दो कुरा त के भने, यो २ जना बाबुछोरीको शवको एक तस्बिर हो। रियो ग्रान्ड नदीको घाँसे किनारामा देखिएका बाबुछोरीको शवको कथा शरणार्थी जीवनसँग जोडिएको छ। सन् २०१५ मा सिरियाली बालक एलन कुर्दीको तस्बिर-कथा पनि यस्तै हृदयविदारक थियो। नदीको किनारामा घोप्टो अवस्थामा तैरिरहेको बच्चाको शवको दृश्यले संसारलाई अवाक् बनाएको थियो।ठिक त्यस्तै परिदृश्य दोहोरिएको छ फेरि। मेक्सिन मिडियाका अनुसार यो तस्बिरमा देखिएका दुई बाबुछोरी एल साल्भेडरमा बस्दै आइरहेका अस्कर एलबेर्तो मारटिनेज यामिरेज र उनकी छोरी बलेरियाको हो। उनीहरु आफ्नो अस्थायी बासस्थान छोडेर शरणार्थीका रुपमा अमेरिका जान चाहन्थे। पटकपटक यसको प्रयास पनि गरेका थिए। अमेरिकी–मेक्सिकन बोर्डर नजिकैको रियो ग्रान्डको यो दृश्यले फेरि शरणार्थीको गहिरो घाउलाई सतहमा ल्याइदिएको छ।यो परिवारले अमेरिकामा शरण माग्न प्रयास गरिरहेको थियो। उनीहरुले पटकपटक अमेरिका पुग्न खोज्दा प्रयास सफल नभएपछि परिवार नै तनावमा रहेको मेक्सिन मिडियाहरुले लेखेका छन्। आइतबार जब उनी नदी पार गरिरहेका थिए तब केही बेरका लागि नदी किनारामा बसेर आफ्नी श्रीमतीलाई प्रतीक्षा गरे। तर त्यति नै बेला उनकी छोरी बेलेरिया पानीमा खसिन्।उनलाई बचाउन उनी पनि नदीमा हाम फाले। तर दुःखको कुरा उनले छोरी बचाउन सकेनन्। सक्दो प्रयास गरे। सन्तानको माया कति हुन्छ भन्ने कुरा यो तस्बिरले पनि बोलेको छ। उनले आफ्नो अन्तिम प्राण चलेसम्म प्रयास गरेकै हुनुपर्छ। छोरीलाई पानीमा भेटाए। तर जीवित छोरीलाई लिएर पानीबाहिर आउन हाम फालेका बाबुकै मृत्यु भयो। सानी छोरीले पानीमा नै अन्तिम सास फेरिन्। उनीहरुको शव नदी किनारामा फेला पर्यो। यसपछि बालिकाकी आमा अर्थात् कुर्दीकी श्रीमती विक्षिप्त बनेकी छन्।सुनसरी– घरमा श्रीमान–श्रीमतीबीच भएको झगडाको विषयलाई सुनसरीमा स्थानीयहरु आन्दोलित बनेका छन् । श्रीमानले श्रीमतीलाई घर निकाला गरेपछि पीडित महिलालाई न्याय दिलाउन माग राख्दै स्थानीयले सुनसरीको गढी गाउँपालिकाको कार्यालय घेराउदेखि सडकमा चक्का जामसम्म गरेका हुन् ।सोमबार स्थानीयले इनरुवा–दुहवी सडक बन्द गरी गाउँपालिका कार्यालयले घेराऊ

गरे । गढी गाउँपालिका घेराउ गर्न पुगेका गढी-६ का स्थानीयहरुले न्यायीक समितिमा ६ महिनादेखि दिएको उजुरीमा पीडित महिलालाई न्याय नदिएको आरोप लगाएका छन् ।गाउँपालिकाका अध्यक्ष, न्यायीक समिति संयोजक तथा उपाध्यक्ष राजकुमारी चौधरीले उल्टै पीडित महिलामाथि हप्की–दप्की गरी दुःख दिएको स्थानीयको आरोप छ । सप्तरी कञ्चनरुप नगरपालिका वदगामा माइती घर भएकी सिन्कुकुमारी यादव खड्गालाई उनका श्रीमान विरेन्द्र यादवले एक वर्ष अगाडि ससुरालीबाट दाइजो थोरै ल्याएको निहुँमा घर निकाला गरिदिएका थिए ।श्रीमानले घरबाट निकालेपछि पीडित बनेकी सिन्कुकुमारीले न्यायको लागि गाउँपालिकामा उजुरी दिएकी थिइन् । न्यायका लागि गाउँपालिकाको न्यायीक समितिमा उजुरी दिएकी उनले न्याय पाउने आशामा झण्डै एक वर्ष बिताइन् । गाउँपालिकाले घर र माइती पक्षकालाई झिकाई न्याय दिलाउने आश्वासन दिँदै आएको भएपनि अन्त्यमा गाउँपालिकाका अध्यक्षले पीडित महिलालाई अब यो केश लिएर नआउनु भन्दै माइतीमा गएर बस्नु भनेपछि स्थानीयले पीडित महिलाको न्यायका लागि सडकमा उत्रिएका बताएका छन् ।पाँचथरमा शृङ्खलाबद्ध हत्याको कारण प्रेम र पैसा पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर नरेन्द्र कुँवरका अनुसार पैसा बोकेर कार्यालय फर्कने क्रममा हिलिहाङ ६ स्थित जंगल बीचमा पर्ने खोल्सामा उनको हत्या भएको थियो ।हत्यापछि उनीसँग भएको ८१ हजार ७० रुपैंया लुटिएको थियो । सुजताले पैसा बोकेर कार्यालय फर्कदै गरेको थाहा पाएका लावतीले पैसा लुट्ने उद्देश्यले धारिलो हतियार बोकेर बाटो ढुकेको खुल्न आएको छ ‘पैसाकै लागि सुजताको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, इन्स्पेक्टर कुँवर भन्छन्, ‘सुजताले पैसा बोकेको लावतीलाई थाहा नभएको भए उनको हत्या नहुन सक्थ्यो।’बमबहादुर फियाकका छोरी ज्वाइँ र नातिनीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। प्रहरी अनुसन्धानले फियाककै कान्छा ज्वाइँ मानबहादुर माखिमले नौ जनाको हत्या गरेको पुष्टि गर्‍यो ।अनुसन्धानमा ससुरा बमबहादुर र कान्छा ज्वाइँ मानबहादुरबीच आर्थिक लेनदेनमा कुरा नमिलेपछि किचलो सुरु भएको खुलेको थियो।सुसरा बमबहादुरले मानबहादुरलाई विदेश जान दिएको पैसा ज्वाइँले फिर्ता नगरेपछि ससुरा ज्वाइँको परिवारमा तित्तता बढेको प्रहरीले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

Related Articles

Back to top button