राशिफल

स्कर्टिङ गरेको प्रहरी भ्यान दुर्घटना १९ जना

माधवकुमार नेपालको स्कर्टिङ गरेको प्रहरी भ्यान थलीमा दुर्घटना हुदा १९ जना घाइते भएका छन् । जोरपाटी बाट साखुँ महोत्सव जादै गरेको गाडी बा १ ग २१ ७४ नम्वरको भ्यान चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइतेहुनेहरु घाइते मध्ये प्रहरी निरीक्षक रमेशबहादुर खड्का र प्रहरी जवान मुनिलाल यादवको स्थिति गम्भीर छ। सो टोलीको नेतृत्व खड्काले गरिरहेका थिए। घाइतेमध्ये १० जनाको शंकरापुर अस्पताल जोरपाटीमा र अन्यको वीरेन्द्र प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको बौद्ध प्रहरीले जनाएको छ । भ्यानमा २२ प्रहरी थिए ।काठमाडौ । अछाम, रौतहट र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रौतहट, चन्द्रपुर नगरपालिका-१० बालचनपुरस्थित सडकमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको जिपको एक्सल भाँचिएर मंगलबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार सवारी ज्यान मुद्दाका थुनुवा सुनसरी ईनरुवा नगरपालिका बस्ने ४० वर्षीय रमेश कुमार चौधरी र मुद्दाका थुनुवा रौतहट चन्द्रपुर नगरपालिका-७ बस्ने २६ वर्षीय मुकेश भनिने निर्मल साहको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।दुर्घटनामा घाइते भएका ८ जनामध्ये २ जना थुनुवा र ५ जना प्रहरी कर्मचारीहरुको सोही अस्पतालमा र १ जना प्रहरी कर्मचारीहरुको न्यूरो अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । थुनुवाहरुलाई म्याद थप गर्न जिल्ला अदालत गौरतर्फ लैजाँदै गर्दा उक्त जिप दुर्घटना भएको हो । दाङ घोराही उपमहानगरपालिका-१० सौडीकुलास्थित सडकमा ना.६ ख २६३४ नम्बरको ट्रकले रा.१ प ५३३१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा उक्त मोटरसाइकल बा.२

च ४०३६ नम्बरको कारमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक जलौरा बस्ने ३३ वर्षीय कमान सिंह वलीको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।तीनवटै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । उता अछाममा ट्रयाक्टर दुर्घटना हुँदा ३ जान विद्यार्थीको ज्यान गएको छ । भने ४ जना विद्यार्थी घाइते भएका छन्। अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा–२ शोकटस्थित कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको ज्यान गएको हो । से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा अन्य ४ जना घाइते भएका छन्।मृत्यु हुनेमा चौरपाटी गाउँपालिका वडा–२ का दशपल्ले माविबाट यस वर्ष एसई परीक्षा दिएको रमेश साउँद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउँद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए। ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्।यसैगरी अर्घाखाँची र भक्तपुरमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ७ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । अर्घाखाँची, शितगंगा नगरपालिका९१४ सुखौरा बस्ने हरिराम यादवको गोठमा लामखुट्टे भगाउन बालेको आगोबाट मंगलबार दिउँसो आगलागी हुँदा उक्त आगो घरमा समेत फैलिदा घर र गोठ जलेर करिब ६ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।भक्तपुर, भक्तपुर नगरपालिका-३ मंगलाछेमा कृष्ण कुमार ग्वाछाको घरमा कोहीलाबाट चिया पकाउने क्रममा मंगलबार साँझ आगलागी हुँदा काठपात र लत्ताकपडा समेत जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button