समाचार

सेनाले सुरु गर्यो स्कुले विद्यार्थीलाई सैन्य तालिम

जाजरकोट : राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने भन्दै नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण सुरु गरेको छ ।राष्ट्रिय सेवा दल तालिम’ नाम दिइएको प्रशिक्षण नेपाली सेनाको जाजरकोटका दुई स्कुलमा सञ्चालन भइरहेको छ । त्रिभुवन माध्यमिक विद्यालय खलंगा र शिव माध्यमिक विद्यालय कालेगाउँका ७२ विद्यार्थी तालिममा सहभागी छन् ।एक सय दिनको अवधि रहेको उक्त तालिममा दुवै स्कुलबाट ३६ जना छात्र र ३६ छात्राको सहभागिता रहेको नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणका निमित्त गणपति सेनानी दिनेशकुमार खड्काले बताए तालिमका क्रममा सय दिनमध्ये ७९ दिन जिल्लाभित्रै र २१ दिन जिल्ला बाहिर नेपालगञ्ज लैजाने पनि सेनानी खड्काले बताए । अन्तर जिल्लाको भुगोल, संस्कृति, सामाजिक अवस्था र रहनसहनका साथै सृजनात्मक गतिविधिमा उनीहरुले समय बिताउने बताइएको छ ।साथै उनीहरुलाई शारीरिक व्यायाम, कवाज, खेलकुद लगायत सीप सिकाइने छ । प्रत्येक दिन दुई घण्टाका दरले गराइने प्रशिक्षण फलदायी र व्यवहारिक हुने अपेक्षा गरिएको छ ।काठमाडौं – रुसको राजधानी मस्कोस्थित शेरेमेत्येभो विमानस्थलबाट उड्नेबित्तिकै एक रुसी विमानले आपतकालीन अवतरण गर्दा

आगलागी भएको छ । त्यसमा परी ४१ जनाको मृत्यु भएको छ । दुर्घटनाका भिडियोहरू सार्वजनिक भएका छन् र यात्रुहरूले एयरोफ्लोट विमानबाट भाग्नका लागि आपतकालीन द्वार प्रयोग गरेको देखिन्छ ।दुर्घटनामा बाँचेकाहरूले विमानलाई चट्याङले हानेको बताएपनि रुसको राष्ट्रिय ध्वजावाहकले प्राविधिक कारणले गर्दा विमान विमानस्थलमा फर्किएको जनाएको छ ।मारिनेमा दुई बालबालिका पनि छन् । जेट विमानमा ७३ यात्रु र पाँच विमान कर्मचारी थिए । रुसी समाचार संस्था इन्टरफ्याक्सले विमान निकै अप्ठ्यारो गरी अवतरण भएपछि आगो लागेको लेखेको छ । विमान कर्मचारीले एयर ट्राफिक नियन्त्रकहरूसँगको सम्पर्क गुमाएपछि विमानले इन्धनले भरिएको ट्यांकसहित अवतरण गरेको थियो र मस्कोमा इन्धन फाल्नु निकै खतरनाक भएको निर्णय लिइएको इन्टरफ्याक्सले थप लेख्यो । ‘३७ जना बाँचेका छन्, तीमध्ये ३३ यात्रु र चार विमान कर्मचारी छन्,’ येलेना मार्कोव्स्कायाले बताइन् । उनी दुर्घटनाको अनुसन्धानमा संलग्न अधिकारी हुन् ।घटनामा एक एयर होस्टेस मारिएकी छन् । पाँचजना अस्पतालमा उपचार गराइरहेका छन् । एक प्रत्यक्षदर्शीका अनुसार, कोही पनि बाँचेर भाग्नु चमत्कार नै हो ।बीबीसीबाटआपतकालीन अवतरण गर्दा गर्दै प्लेन दुर्घटनामस्को ।

Related Articles

Back to top button