समाचार

उल्टा मन्त्र पढेर र श्रीमती र बुहारीको मृत्यु भएको भन्दै झाँक्रीको हत्या

गुलरिया – बर्दियाको राजापुरमा ज्यान लिएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–३ नंगापुर बस्ने ४९ वर्षीय अजोध्या भनिने दोदलाल थारु रहेका छन् ।उनले असार ४ गते राति १२ बजेको समयमा आफ्नै टोल निवासी ५५ वर्षीय जयराम थारुको ज्यान लिएको बताइएको छ । परम्परागत रुढीवादी सोचका कारण जयरामको हत्या गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो हतियार घाँस टुक्रा पार्ने गरसा समेत बरामद गरेको छ ।मृतक जयराम थारुले गाउँमा गुरुवा ९धामी–झाँक्री काम गर्दैआएको र गुरुवा गर्ने क्रममा उल्टा मन्त्र पढे पछि श्रीमती र बुहारीको मृत्यु भएको बयान दोदलाल थारुले प्रहरीलाई दिएको बताइएको छ ।जाजरकोट : राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने भन्दै नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण सुरु गरेको छ ।राष्ट्रिय सेवा दल तालिम’ नाम दिइएको प्रशिक्षण नेपाली सेनाको जाजरकोटका दुई स्कुलमा सञ्चालन भइरहेको छ । त्रिभुवन माध्यमिक विद्यालय खलंगा र शिव माध्यमिक विद्यालय कालेगाउँका ७२ विद्यार्थी तालिममा सहभागी छन् ।एक सय दिनको अवधि रहेको उक्त तालिममा दुवै स्कुलबाट ३६ जना छात्र र ३६ छात्राको

सहभागिता रहेको नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणका निमित्त गणपति सेनानी दिनेशकुमार खड्काले बताए तालिमका क्रममा सय दिनमध्ये ७९ दिन जिल्लाभित्रै र २१ दिन जिल्ला बाहिर नेपालगञ्ज लैजाने पनि सेनानी खड्काले बताए । अन्तर जिल्लाको भुगोल, संस्कृति, सामाजिक अवस्था र
रहनसहनका साथै सृजनात्मक गतिविधिमा उनीहरुले समय बिताउने बताइएको छ ।साथै उनीहरुलाई शारीरिक व्यायाम, कवाज, खेलकुद लगायत सीप सिकाइने छ । प्रत्येक दिन दुई घण्टाका दरले गराइने प्रशिक्षण फलदायी र व्यवहारिक हुने अपेक्षा गरिएको छ ।काठमाडौं – रुसको राजधानी मस्कोस्थित शेरेमेत्येभो विमानस्थलबाट उड्नेबित्तिकै एक रुसी विमानले आपतकालीन अवतरण गर्दा आगलागी भएको छ । त्यसमा परी ४१ जनाको मृत्यु भएको छ । दुर्घटनाका भिडियोहरू सार्वजनिक भएका छन् र यात्रुहरूले एयरोफ्लोट विमानबाट भाग्नका लागि आपतकालीन द्वार प्रयोग गरेको देखिन्छ ।दुर्घटनामा बाँचेकाहरूले विमानलाई चट्याङले हानेको बताएपनि रुसको राष्ट्रिय ध्वजावाहकले प्राविधिक कारणले गर्दा विमान विमानस्थलमा फर्किएको जनाएको छ ।मारिनेमा दुई बालबालिका पनि छन् । जेट विमानमा ७३ यात्रु र पाँच विमान कर्मचारी थिए । रुसी समाचार संस्था इन्टरफ्याक्सले विमान निकै अप्ठ्यारो गरी अवतरण भएपछि आगो लागेको लेखेको छ । विमान कर्मचारीले एयर ट्राफिक नियन्त्रकहरूसँगको सम्पर्क गुमाएपछि विमानले इन्धनले भरिएको ट्यांकसहित

Related Articles

Back to top button