समाचार

यस्तो के हुँदै छ काठमाडौं उपत्यकामा सबै महिला असुरक्षित

काठमाडौं । उपत्यकामा श्रृङखलाबद्ध महिलामाथि सिरिञ्ज आक्रमणका घटना भएको खबर बाहिर आउन थालको छ । रातको समयमा मोटरसाइकलमा सवार व्यक्तिले हिँडिरहेका महिलामाथि सिरिञ्ज आक्रमण गरेको बताइएको छ । धारिलो हतियार, किल्ला वा सियो जस्तो बस्तुले घोचेको भन्दै ४ जना महिलाले प्रहरी कार्यालयमा उजुरी गरेको बताइएको छ । त्यस्तै अन्य नौ जना महिलाले आक्रमणपछि शुक्रराज ट्रोपिकल अस्पतालमा परीक्षण गराउन पुगेका छन् ।जेठ १८ गते घरबाट कुकुर डुलाउन बाहिर निस्किरहेको बेला राति १० बजे मोटरसाइकलमा आएको व्यक्तिले तिखो वस्तुले एक महिलाको कम्मरमा प्रहार ग¥यो र भाग्यो । गत जेठ ३२ गते क्षेत्रपाटी नजिकै राति सवा १० बजे दुई दिदी–बहिनीलाई मोटरसाइकलमा आएका युवकले पालैपालो तिखो वस्तुले घोचेर भागे असार १० गते राति ८ बजे काभ्रे बनेपामा हिडिरहेकी युवतीमाथि एक महिलाले नै देब्रे हातमा केही तीखो वस्तुले घोचिन् । असार १२ गते दिउँसो साढे ४ बजे तिर भक्तपुरबाट बनेपा जाँदै गरेका एक युवक र युवतीले अर्की महिलामाथि सिरिञ्ज प्रहार गर्नै लाग्दा अन्य यात्रुले नियन्त्रणमा लिएको समेत खबर प्राप्त भएको छ सिरिञ्ज हान्दा गर्दै यात्रुले पक्राउ गरेको सूचना आएपनि नियन्त्रणमा लिने यात्रु तथा आक्रमण गर्ने व्यक्तिलाई नभेटिएको प्रहरीले बताएको छ । पछिल्ला दिनमा टेकु स्थित शुक्रराज ट्रोपिकल अस्पतालमा आँफूमाथि धारिलो, तीखो वस्तुले प्रहार भएको भन्दै परीक्षण गर्न आउने व्यक्तिको संख्या बढेको अस्पतालका एक

अधिकारीले ईहुलाकीलाई जानकारी दिएका छन । प्रहरीले भने सीसी क्यामेरामा देखिएको दृश्यका आधारमा हुलिया पहिचान भएपनि व्यक्ति पहिचना गर्न नसकेको बताएको छ । अहिलेसम्मको अनुसन्धानले सिरिञ्ज आक्रमण हो या अन्य कुनै वस्तु प्रयोग भएको छ भन्ने कुरा समेत एकिन हुन सकेको छैन । जाजरकोट : राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने भन्दै नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण सुरु गरेको छ ।राष्ट्रिय सेवा दल तालिम’ नाम दिइएको प्रशिक्षण नेपाली सेनाको जाजरकोटका दुई स्कुलमा सञ्चालन भइरहेको छ । त्रिभुवन माध्यमिक विद्यालय खलंगा र शिव माध्यमिक विद्यालय कालेगाउँका ७२ विद्यार्थी तालिममा सहभागी छन् ।एक सय दिनको अवधि रहेको उक्त तालिममा दुवै स्कुलबाट ३६ जना छात्र र ३६ छात्राको सहभागिता रहेको नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणका निमित्त गणपति सेनानी दिनेशकुमार खड्काले बताए तालिमका क्रममा सय दिनमध्ये ७९ दिन जिल्लाभित्रै र २१ दिन जिल्ला बाहिर नेपालगञ्ज लैजाने पनि सेनानी खड्काले बताए । अन्तर जिल्लाको भुगोल, संस्कृति, सामाजिक अवस्था र रहनसहनका साथै सृजनात्मक गतिविधिमा उनीहरुले समय बिताउने बताइएको छ ।साथै उनीहरुलाई शारीरिक व्यायाम, कवाज, खेलकुद लगायत सीप सिकाइने छ । प्रत्येक दिन दुई घण्टाका दरले गराइने प्रशिक्षण फलदायी र व्यवहारिक हुने अपेक्षा गरिएको छ

Related Articles

Back to top button