अन्तर्राष्ट्रिय

एयर इन्डियाको जहाजमा बम

एजेन्सी-एयर इन्डियाको एउटा जहाजमा बम राखिएको हल्ला चलेपछि लन्डनमा आपतकालिन अवतरण गरिएको छ ।एयर इन्डियाको बी ७७७ फ्लाइट ए १९१ विमान मुम्बईबाट अमेरिकातर्फ उडान भरिरहेका बेला बमले उडाइदिने धम्की आएपछि लण्डनमा आपतकालिन अवतरण गरेको हो । विमान आपतकालीन अवतरण गराउँदा ब्रिटिस फाइटर विमानहरुले सुरक्षा दिएका थिए । घटनाबारे बेलायतको रक्षा मन्त्रालयले भनेको छ,ब्रिटिश फाइटर जेटको सुरक्षामा एयर इन्डियाको जहाज लण्डनस्थित स्टेनस्टेड विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अज्ञात समूहबाट ट्वीटमार्फत बमको धम्की आएपछि विमान डाइबर्ट भएको जनाइएको छ ।बिहीबार बिहान १० बजेर १५ मिनेटमा आपतकालीन अवतरण भएको सो विमान केही समय एयरपोर्टमा तैनाथ सुरक्षाकर्मीहरुको विशेष निगरानीमा राखेर अमेरिका उडेको सञ्चारमाध्यामहरुले जनाएका छन् । काठमाडौं । उपत्यकामा श्रृङखलाबद्ध महिलामाथि सिरिञ्ज आक्रमणका घटना भएको खबर बाहिर आउन थालको छ । रातको समयमा मोटरसाइकलमा सवार व्यक्तिले हिँडिरहेका महिलामाथि सिरिञ्ज आक्रमण गरेको बताइएको छ । धारिलो हतियार, किल्ला वा सियो जस्तो बस्तुले घोचेको भन्दै ४ जना महिलाले प्रहरी कार्यालयमा उजुरी गरेको बताइएको छ । त्यस्तै अन्य नौ जना महिलाले आक्रमणपछि शुक्रराज ट्रोपिकल अस्पतालमा परीक्षण गराउन पुगेका छन् ।जेठ १८ गते घरबाट कुकुर डुलाउन बाहिर निस्किरहेको बेला राति १० बजे
मोटरसाइकलमा आएको व्यक्तिले तिखो वस्तुले एक महिलाको कम्मरमा प्रहार ग¥यो र भाग्यो । गत जेठ ३२ गते क्षेत्रपाटी नजिकै राति सवा १० बजे दुई

दिदी–बहिनीलाई मोटरसाइकलमा आएका युवकले पालैपालो तिखो वस्तुले घोचेर भागे असार १० गते राति ८ बजे काभ्रे बनेपामा हिडिरहेकी युवतीमाथि एक महिलाले नै देब्रे हातमा केही तीखो वस्तुले घोचिन् । असार १२ गते दिउँसो साढे ४ बजे तिर भक्तपुरबाट बनेपा जाँदै गरेका एक युवक र युवतीले अर्की महिलामाथि सिरिञ्ज प्रहार गर्नै लाग्दा अन्य यात्रुले नियन्त्रणमा लिएको समेत खबर प्राप्त भएको छ सिरिञ्ज हान्दा गर्दै यात्रुले पक्राउ गरेको सूचना आएपनि नियन्त्रणमा लिने यात्रु तथा आक्रमण गर्ने व्यक्तिलाई नभेटिएको प्रहरीले बताएको छ । पछिल्ला दिनमा टेकु स्थित शुक्रराज ट्रोपिकल अस्पतालमा आँफूमाथि धारिलो, तीखो वस्तुले प्रहार भएको भन्दै परीक्षण गर्न आउने व्यक्तिको संख्या बढेको अस्पतालका एक अधिकारीले ईहुलाकीलाई जानकारी दिएका छन । प्रहरीले भने सीसी क्यामेरामा देखिएको दृश्यका आधारमा हुलिया पहिचान भएपनि व्यक्ति पहिचना गर्न नसकेको बताएको छ । अहिलेसम्मको अनुसन्धानले सिरिञ्ज आक्रमण हो या अन्य कुनै वस्तु प्रयोग भएको छ भन्ने कुरा समेत एकिन हुन सकेको छैन ।सिरहा – धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ मा संकटमोचन ढुंगा–रोडा उद्योग (क्रसर) सञ्चालित छ। उद्योगसँग टाँसिएरै पश्चिपट्टि राष्ट्रिय प्राथमिक विद्यालय चितहा, लवटोली र घना बस्ती छ। क्रसर मेसिन चलेका बेला उद्योगको धुलोले बस्ती र विद्यालय परिसर कुइरीमण्डल हुन्छ। क्रसरको चर्को र धोद्रो आवाज विद्यार्थीको कानमा ठोकिएर पठनपाठनमा निरन्तर असर गर्छ।

Related Articles

Back to top button