समाचार

काठमाडौं । उपत्यकामा श्रृङखलाबद्ध महिलामाथि सिरिञ्ज आक्रमणकारी पक्राउ

काठमाडौँ — महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट उपत्यकामा ‘सूई आतंक’ मच्चाउने व्यक्तिलाई पक्राउ गरेको छ ।रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्कीलाई प्रहरीले विभिन्न यूवतीहरुलाई जथाभावी सूई घोच्दै हिाडेको आरोपमा पक्राउ गरेको हो।उनले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ। उनले रमाइलोका लागि त्यस्तो गरेको बयान दिएका छन्।उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन्। प्रहरीले दिउासो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ।काठमाडौं– युवतीमाथि सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् महानगरीय प्रहरी परिसर काठमाडौंले रामेछापका उनलाई गएराती महाराजगन्जबाटै पक्राउ गरेको हो । उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् । प्रहरीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने जनाएको छ । आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै केही युवतीले उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो । सिरिन्ज आक्रमणमा परेका भनिएका केही युवती अहिले पनि अस्पतालमा उपचाररत छन् ।काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टीभित्रैबाट आफूलाई असहयोग भएको गुनासो पोखेका छन् । पार्टीभित्रका केही नेताहरुले आफूविरुद्व गलत प्रचारबाजी गरेको भन्दै पछिल्लो समय गृहमन्त्री फेरिने हल्ला समेत चलाउन थालेको गुनासो पोखेका हुन् बादलले गृहमन्त्री फेरि हल्ला चलाइएको भन्दै यो कुरा गृहमन्त्रालयमा आयोजित सुरक्षा निकायका अधिकारी सम्मिलित उच्चस्तरीय बैठकमा समेत राखेको खुलेको छ । बैठकमा सहभागी एक उच्चपदस्थ अधिकारीका अनुसार बादलले मन्त्रिमण्डल फेरिने हल्ला चलाइएको भएपनि त्यसमा कुनै सत्यता नरहेको बताएका थिए हाम्रै पार्टीका साथीहरुले मन्त्रिमण्डल चेन्ज हुन्छ, गृहमन्त्री पनि चेन्ज हुन्छन् भनेर हल्ला फैलाइरहनु भएको छ’ बादलको

भनाइ उदृत गर्दै बैठकमा सहभागी ती अधिकारीले रातोपाटीसँग भने, ‘यस्तो हल्लाले सुरक्षा निकाय कमजोर हुन्छ, अलमलमा पर्छ । यो गलत हो, हल्लाबारे तपाईँहरु सचेत हुनुपर्छ ।’गृहमन्त्रालयमा कुनै फेरबदल नहुने स्पष्ट पार्दै बादलले सुरक्षा निकायका अधिकारीलाई आफ्नो जिम्मेवारी कुशलतापूर्क पुरा गर्दै शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएका थिए ।गत आइतबार सुरक्षा निकायका अधिकारीसँग देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिनका लागि भएको सो बैठकमा बादलले मन्त्री परिवर्तनबारे कुरा उठाएपछि बैठकको माहोल एकाएक तरङ्ति बन्न पुगेको थियो पछिल्लो समय मन्त्रिमण्डल परिवर्तनको चर्चा चल्दै गर्दा गृहमन्त्री समेत फेरबदल हुने चर्चा चलिरहेको बेला बादलले सुरक्षा निकायका अधिकारीसँगको बैठकमा यस्तो धारणा राखेका हुन् ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल फेरबदल हुने आशयको अभिव्यक्ति दिँदै आएका छन् भने नेकपाकै अरु केही नेताले पनि यसबारे अभिव्यक्ति दिँदै आएका छन् ।प्रचण्डले असार ५ गते पोखरा पुगेर संसदबाट बजेट पारित भएलगत्तै मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने बताएका थिए । अहिले दुई अध्यक्ष मन्त्रिमण्डल फेरबदलबारे छलफलमा रहेको बताइएपनि ठोस निष्कर्ष निस्किसकेको छैन। -रातोपाटीएजेन्सी-एयर इन्डियाको एउटा जहाजमा बम राखिएको हल्ला चलेपछि लन्डनमा आपतकालिन अवतरण गरिएको छ ।एयर इन्डियाको बी ७७७ फ्लाइट ए १९१ विमान मुम्बईबाट अमेरिकातर्फ उडान भरिरहेका बेला बमले उडाइदिने धम्की आएपछि लण्डनमा आपतकालिन अवतरण गरेको हो । विमान आपतकालीन अवतरण गराउँदा ब्रिटिस फाइटर विमानहरुले सुरक्षा दिएका थिए । घटनाबारे बेलायतको रक्षा मन्त्रालयले भनेको छ,ब्रिटिश फाइटर जेटको सुरक्षामा एयर इन्डियाको जहाज लण्डनस्थित स्टेनस्टेड विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अज्ञात समूहबाट ट्वीटमार्फत बमको धम्की आएपछि विमान डाइबर्ट भएको जनाइएको छ ।बिहीबार बिहान १० बजेर १५ मिनेटमा आपतकालीन अवतरण भएको सो विमान केही समय एयरपोर्टमा तैनाथ सुरक्षाकर्मीहरुको विशेष निगरानीमा राखेर अमेरिका उडेको सञ्चारमाध्यामहरुले जनाएका छन्

Related Articles

Back to top button