समाचार

काठमाण्डौं गईरहेको उइनर दुर्घटना

सिन्धुली : विपी राजमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ छब्बीस किलोमा शुक्रबार बिहान उइनर दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते दुई जनालाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ। गम्भीर घाइते कमलामाई नगरपालिका ४ का समुन्द्र श्रेष्ठकी ३४ वर्षीया श्रीमती सैलिना श्रेष्ठ र उनको ८ वर्षीय छोरा युवन श्रेष्ठलाई सिन्धुली अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि सिम्रिक एयरको नाईनएन एएनवीको हेलिकप्टरमार्फत काठमाण्डौं पठाइएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहका अनुसार सिन्धुलीबाट काठमाण्डौं गईरहेको ना १ ज ५३०१ नम्बरको विजय किल्ला यातायातको उइनर ब्रेक फेल भई दुर्घटना भएको होदुर्घटनामा कमलामाई नगरपालिका ३ का २५ वर्षीय नबराज बम्जन, सोही ठाउँकी ४० वर्षीया खिलमायाँ गुरुङ, कमलामाई नगरपालिका ७ माझीटारकी २९ वर्षीया संगिता तामाङ, ५५ वर्षीया देवकी बस्नेत र कमलामाई नगरपालिका ६ का ५६ वर्षीय भोजराज भण्डारी घाइते भएका छन्। धनगढी : नेपालगञ्जबाट धनगढी आइरहेको जीप कैलालीको वनवेहडामा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । नेपालगञ्जबाट अन्नपूर्ण पोष्ट दैनिक पत्रिका बोकेको भे १ च २२६४ नम्बरको जीप र से १ त ५३८४ नम्बरको ट्याक्टर ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चौमालाका इन्चार्ज विधुरबहादुर चन्दले जानकारी दिए दुर्घटनामा जीप चालक सहित ३ जना घाइते भएका छन् । चालक विक्रान्त खत्री र जीपमा सवार गोविन्द राना, कमल उपाध्याय घाइते भएको प्रहरीले जानकारी दिएको छ ।जीप पूर्ण रुपमा क्षति भएको छ । ट्याक्टरमा पनि क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।काठमाडौं : काठमाडौंमा सिरिन्ज आक्रमण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति १२ बजे महाराजगंजबाट रामेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई सिरिन्ज

आक्रमणको आरोपमा पक्राउ गरेको हो ।कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको बताएका छन् ।काठमाडौंमा अहिलेसम्म ६ जना सिरिन्ज आक्रमणमा परेको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता डी.एस्.पी. होविन्द्र बोगटीले बताए । उनले सो घटनाको थप अनुसन्धान भइरहेको बताएका छन्
।सिन्धुली : सिन्धुलीका दुई नगरपालिका र ६ वटा गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि करिब ३ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ। जिल्लाको तीनपाटन गाउँपालिकाले भने बजेट ल्याउन सकेको छैन।कमलामाई नगरपालिकाले २०७६/७७ का लागि १ अर्ब ६ करोड ८२ लाख ९० हजार रुपैयाँका बजेट सार्वजनिक गरेको छ। नगरका प्रमुख खड्गबहादुर खत्रीले कुल बजेटमा ४९ करोड ४२ लाख ८० हजार रुपैयाँ पुँजीगततर्फ र ५७ करोड ४० लाख १० हजार रुपैयाँ चालुतर्फ बजेट विनियोजन गरिएको बताए। ‘उज्यालो नगरपालिका हाम्रो कामना’ को अवधारणाअनुरूप विद्युत्को पहुँच विस्तारका लागि १ करोड, सिन्धुलीमाढीमा १ हजारजना अट्ने सभा गृह भवनका लागि १ करोड, मरिण, चदाहा, कमला खोला नियन्त्रणका लागि १ करोड बजेट विनियोजन गरेको खत्रीले जानकारी दिए।किसानलाई परिचयपत्र, लिफ्ट खानेपानी तथा सिँचाइ योजना, युवा किशोरी, बालविवाह र बाल श्रममुक्त गाउँपालिका घोषणा अभियान सहितका कार्यक्रमका लागि सुनकोशी गाउँपालिकाले ३७ करोड बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष दीपा दाहालले जानकारी दिइन्। एक अर्ब १ करोड ५६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको दुधौली नगरपालिकाले कमला नदी नियन्त्रण तथा बहुउद्देश्यीय करिडोर, सामूहिक चक्लाबन्दी

Related Articles

Back to top button