राशिफल

हिरासतमै ‘धर्ती माता’माथि ‘देउता’ उत्रिएपछि प्रहरीलाई तनाव

काठमाडौं। शुक्रबार महानगरीय अपराध महाशाखा टेकुमा ठूलो संख्यामा पत्रकारहरु जम्मा भएका थिए । प्रहरीले १ दिनअघि पक्राउ गरेका २ जना अभियुक्तहरु लाई सार्वजनिक गर्दै थियो । काठमाडौंमा श्रृंखलाबद्ध सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्की र भद्रकालीका आफूलाई ‘धर्ती माता’ भन्दै युवतीलाई यातना दिने बुटवलकी विष्णु कुँवरलाई सार्वजनिक गर्ने कार्यक्रम थियो ।प्रहरीले सुरुमा सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्कीलाई सार्वजनिक गर्यो । त्यसपछि प्रहरीले ‘धर्ती माता’ भनिने विष्णु कुँवरलाई समेत पक्राउ गरेको र उनलाई पनि सार्वजनिक गर्ने बतायो । पत्रकारहरु ‘धर्ती माता’लाई पर्खेर बसे । केही प्रहरी कर्मचारीहरु भित्र गए । केही समय बित्यो तर ‘धर्ती माता’ आइनन् ।केही बेरपछि परिसरका प्रनाउ होविन्द्र बोगटीले ‘धर्ती माता’लाई सार्वजनिक गर्न आफूहरु असक्षम भएको जानकारी दिए । भएछ के भने सार्वजनिक गर्ने थाहा पाएर हो वा अरु कुनै कारणले हो मातामाथि देउता चढेछन् । हिरासतमा रहेकी धर्ती माता सेलभित्रै काम्न थालिछन् । उनको यो पारा देखेपछि प्रहरी उनलाई बाहिर ल्याउन हिच्किचायो । अन्ततः उनलाई बाहिर ल्याएर बबाल खडा गर्नुभन्दा उनलाई सार्वजनिक नै नगर्ने निर्णयमा प्रहरी पुग्यो । अभियुक्त महिला भएकोले पनि उनलाई यसरी बाहिर ल्याउनु अनुपयुक्त हुने भन्दै डिएसपी बोगटीले पत्रकारहरुसँग सार्वजनिक गर्न नसकेकोमा क्षमा मागे । पत्रकारहरु पनि मातामाथि देउता नै चढेपछि जोर जबरजस्ती गर्नु अनुपयुक्त हुने ठानेर रित्तै फर्किए । माताले भद्रकालीमा उक युवतीलाई यातना दिएको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।एजेन्सी। मस्कोको सेरेमेटयेभो एयरपोर्टमा दुई दिनअघि भएको विमान दुर्घटनाका क्रममा एकजना एयरहोस्टेसले ३१ जना यात्रुको ज्यान बचाएकी

छन् ।समाचार अनुसार आगो लागेपछि आपतकालिन अवतरणका क्रममा विमान आधा जलिसकेको थियो । विमानको पछिल्लो भागमा आगो लागेपछि धुवाँको
मुस्लो छुटिसकेको थियो । यो अवस्थामा यात्रुको अवस्था कस्तो भयो होला? अनुमान मात्रै गर्न सकिन्छ ।आगोको मुस्लोसहित जब विमान आपतकालिन
अवतरणपछि एयरपोर्टमा रोकियो तब एयरहोस्टेस तात्याना कसाटकिनाले धैर्य नगुमाइ सहास देखाइन् । उनले विमान जलेपछि आत्तिएका यात्रुको कठालोमा समात्दै धक्का दिएर बाहिर पठाइन् । यो विमान दुर्घटनामा कम्तीमा ४१ जनाले ज्यान गुमाएका थिए लात्तीले ढोका खोलिन्‘जब विमान रोकियो तब मैले लात्तीले हानेर ढोका खोलेँ । त्यसपछि मैले ती यात्रुलाई धक्का दिएर बाहिर निकाले जो आफ्ना झोला र अन्य सामानका कारण इमरजेन्सी स्लाइड भन्दा पहिले बाहिर निस्कन सकेका थिएनन्’, ३४ वर्षाय तात्यानाले भनिन्, ‘मैले पछाडिबाट यात्रुको कठालो समातेर धक्का दिन सुरु गरेँ । विमानको पछिल्लो भाग धेरै जलिसकेकाले हामी चाँडो भन्दा चाँडो विमान खाली गर्न खोजिहेका थियौँ । आगो तीब्र गतिमा अगाडि रहेका हामीतर्फ बढिरहेको थियो।’यस दुर्घटनामा बचेका यात्रीले तात्यानाको खुलेर प्रशंसा गरेका छन्। उनीहरुका अनुसार केही यात्रुले आफ्नो लगेजका लागि आपतकालिन बाटो रोकेका थिए । एयरहोस्टेसले सही समयमा तत्काल निर्णय लिएर ज्यान बचाएको यात्रुहरुको भनाइ छ। बाँचेका यात्रु दिमित्री ख्लेबनिकोभले भने, ‘नयाँ जीवन दिएकोमा म भगवान र एयरहोस्टेसलाई धन्यवाद दिन्छु । जब विमानभित्र अँधेरो, आगो र धुवा भरियो तब हामीलाई साथ दिइन् एयरहोस्टेसले ।’रूसी एयरलाइन एयरोफ्लोटको सुपरजेटमा आइतवार अवतरणका क्रममा अचानक आगो लागेको थियो । पाइलटले थाहा पाएपछि आपतकालिन अवतरण गराएका थिए । अवतरणपछि विमानको पछिल्लो भागलाई आगोको ठुलो लप्काले छोपेको थियो ।अवतरणपछि तीब्र गतिमा यात्रुलाई बाहिर निकालियो । तर त्यो बेलासम्म विमान

Related Articles

Back to top button