राशिफल

उड्ने तयारी गर्दा १०९ जना सवार बोइङमा बम

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्न आधा घण्टा बन्द बन्द गरेर ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यास गरिएको छ।शुक्रवार विमानस्थलमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो।अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास गरिएको छ।बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिएको हो। यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखिएको थियोअपरान्ह ३ः२० को समय । अलोन विमानस्थलबाट एक्सरसाई एयरलायन्सको उडान नं इएक्सई १२४ को बोइङ ७५७ जहाज बोनाञ्जा क्यापिटल इन्टरनेश्नल एयरपोर्ट उडान गर्ने तयारीमा हुन्छ ।जब जहाज ‘ट्याक्सी वे’ बाट धावनमार्गतर्फ अघि बढ्छ, चालक दलका नौ सदस्यसहित १०९ जना सवार उक्त जहाज उड्ने तयारी गर्दा विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटिसी) लाई जहाजमा बम भएको सूचना प्राप्त हुन्छ ।लगत्तै उद्धारका लागि हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धार टोली खटिन्छन् । नेपाली सेनाको बम निष्क्रिय गर्ने समूहले बम निष्क्रिय गर्छ । विष्फोट पूर्व ५७ जनाको उद्धार हुन्छ । उक्त घटनामा पाँच जनाको मृत्यु तथा १० जना गम्भीर घाइते भएका हुन्छन् । सामान्य अवस्थाका घाइते १४ जना सामान्य उपचारपछि फकन्छन् । गम्भीर घाइतेलाई उपचारका लागि अस्पताल लगिन्छ दलाल,भ्रष्ट्रचार,महँगी ,बलात्कारका घटनाहरु, तस्करी तथा गुण्डागर्दीको भण्डाफोर गर्ने उद्देश्यका साथ असार २२ गतेका दिन नेपाल बन्दको आव्हान गरिन्छ ।” विज्ञप्तिमा भनिएको छ ।माओवादीले उक्त दिन उधोगधन्दा, यातायात, शिक्षण संस्था सबै ठप्प गरी नेपाल बन्दमा सहयोग गरिदिन समेत आग्रह गरेको छ ।बिधुत प्राधिकरणको चरम लापरबाही को कारण जता जतै

अब्यवस्थित तारले गर्दा एक महिलाकाे ज्यान गएकाे छ ।विद्युतको प्राधिकरण को यस्तो लापरबाही ले गर्दा धेरै ठाउँ मा यस्ता घाटना हरु पाईन्छ । एउटा तार ले रुख छोयो भने कतै तार लत्र्यो भने भन्न जादा महिनौ सम्म पनि सुनदैनन।कहिले सम्म सर्वसाधारणले यस्ता लापारवाहिको कारण गर्दा ज्यान गुमाइ राख्नु पर्ने हो। खेतमा रोपाइ गर्न जाँदा करेण्ट लागेर कञ्चनपुरकाे भिमदत्त नगरपालिका ५ बिरुवा अम्बोटेकि दुर्गा बुढाथोकीकाे मृत्यु भएकाे छ । मृतकप्रति हार्दिक श्रदान्जली !बिहान खेत मा खेत रोप्न गएका थिए ।तेहि समयमा अचानक तार मा अल्झिएर करेन्ट लागेको थियो।असार १३, काठमाडौं/ नेपालमा राजतन्त्रको अन्त्य घोषणा हुनासाथ पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको सम्बन्ध पनि करिब– करिब अन्त्य नै भएको अनुमान लगाइएको थियो । कारण, पारसको अतिरिक्त अफेयर र विदेश पलायन ।पारसको लागु औषध लिने चरित्र, थाइल्यान्डकी प्रेमिका कन्निका चाइयर्सनसँगको सम्बन्धका कारण हिमानी टाढा भइन् । पारिवारिक रूपमा उक्त विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले जानकारी पाएपछि पारसका लागि निर्मलनिवासको ढोका बन्द भयो, जुन अहिलेसम्म खुलेको छैन पारस लामो समय थाइल्यान्ड बसे, कन्निकासँगका अनेक अफेयरका विवरणहरू बाहिर आउन थाले । उनले लागुऔषधको प्रयोग पनि गरेका कतिपय विवरण बाहिर आएका थिए । सोही क्रममा प्रेमिकासँग उनको सम्बन्धमा केही खटपट आएका समाचार आइरहेका थिए, यता हिमानी भने सामाजिक कामका लागि हिमानी ट्रष्ट खोलेर बसेकी थिइन् । पारस–हिमानीको सम्बन्ध राम्रो थिएन, त्यसको कारण थिइन् कन्निका ।‘कन्निकासँगको प्रेममा पारस उतै भुलिएपछि पारिवारिक रूपमा उनको सम्बन्ध हिमानीसँग राम्रो भएन, नेपालमै रहँदा पनि कतिपयसँगको विवादमा मुछिएपछि थाइल्यान्ड पलायन भएका थिए’, निर्मलनिवास स्रोतले भन्यो,‘यसपछि पूर्वराजपरिवारले उनलाई त्यति ध्यान पनि राखेको थिएन ।’उनीहरूको सम्बन्धमा कन्निकाको प्रत्यक्ष हस्तक्षेप थियो भन्ने उदाहरण पनि सतहमा आयो । पारस नेपाल आएर थाइल्याण्ड नफर्किएपछि कन्निकाले सामाजिक सञ्जालमा एक बालकलाई प्रस्तुत गर्दै उनी पारसका छोरा भएका दाबी गरिन् । यसले परिवारमा झन् खटपट बढायो ।यतिमात्र होइन, पारस–हिमानीको सम्बन्धमा प्रत्यक्ष असर पार्नेगरी कन्निकाले हिमानीको तस्विर पोष्ट गर्दै सार्वजनिक रुपमै गालीगलौज गरेकी थिइन् ।

Related Articles

Back to top button