समाचार

काठमाडौंमा रक्सी खाएर कार चलाउँदा कार सडकमा उत्तानो

काठमाडौं । काठमाडौंको जमलमा एक कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो । यद्यपि मानवीय क्षति भने भएको छैन ।दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । उनको खुट्टामा सामान्य चोट लागेको छ ।‘चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो । दुर्घटना भयानक भए पनि सबै सकुशल छन्,’ दरबारमार्ग प्रहरी स्रोतले भन्यो,‘कार कामै नलाग्ने गरी क्षतविक्षत भएको छ ।’उक्त कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा जोतिएको छ । दुर्घटनाको तस्वीर हेर्दा कारको इन्जिन सडकमै उछुट्टिएको देखिन्छ र फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको छ ।दुर्घटनाको क्रममा कारको ठक्करबाट सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोमासमेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक युवतीको ज्यान गएको छ। झापाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक ४ चिया बगानस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प ५७६३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको लु ५१ प ५७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दमक नगरपालिका–७ की २७ वर्षीया रम्ता श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।मोटरसाइकलको ठक्करबाट स्कुटरको पछाडि सवार युवती श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा न्युरो हस्पिटल विराटनगरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटरलाई ठक्कर दिने मोटरसाईकल चालकलाई नियन्त्रणमा लियर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्न सरकार तत्पर
राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसक्यो ।यही बेला नेपाल सरकार आफै आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौँमा आयोजना गर्न र त्यसको सम्पूर्ण खर्च बेर्हो तत्पर रहेको खबर भने आफैमा अनौठो देखिएको छ ।भारतको निजी क्षेत्रबाट सञ्चालन हुने इन्डिया फिल्म अवार्ड आइफाको २० औँ संस्करण आयोजना गर्न सरकारले आर्थिक र अन्य सौजन्य सहयोग गरेर झण्डै एक अर्ब रुपैयाँ खर्च गर्ने भएपछि यसको औचित्यमाथि प्रश्न उब्जिएको हो ।सरकारको सहमतिमा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आइफा सम्मेलनलाई सिधै ४४ करोड दिने भएका छन् भने बाँकी अहिले दाबी गरिएअनुसार ५ सयभन्दा बढी भारतीय कलाकारको आवजावत टिकट, होटल बसाइ समेत सौजन्य सहयोग बटुलिनेछ ।आइफा अवर्डालाई स्थान र सुरक्षा दिनु उचित हो । तर, नेपाल सरकार आयोजक बन्न १ अर्ब लगानी गर्नु दलालीको पराकाष्ठा हो र ५० डिग्रीको तातोमा काम गर्ने युवाहरुको रेमिट्यान्स र गरिब जनताको करको दुरुपयोग हो,’ अभिनेता नवल खड्काले सामाजिक सञ्जालमा लेखेका छन् ।यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Related Articles

Back to top button