समाचार

परीक्षाको नतिजाका कारण किशोरीलेआत्महत्या

काठमाडौं चन्द्रागिरी नगरपालिका १२ बलम्वु दूरसञ्चार नजिकै एसइई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्।अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई चन्द्रागिरी १२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी सदिक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन्।परिवारलाई उद्धृत गर्दै महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काले एसइईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन सक्ने बताए।प्रहरीका अनुसार उनको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न पठाइएको छ।बलम्वु माध्यमिक विद्यालयबाट पौडेलको एसइईमा जिपिए ३.६ आएको थियोकाठमाडौं । काठमाडौंको जमलमा एक कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो । यद्यपि मानवीय क्षति भने भएको छैन ।दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । उनको खुट्टामा सामान्य चोट लागेको छ ।‘चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो । दुर्घटना भयानक भए पनि सबै सकुशल छन्,’ दरबारमार्ग प्रहरी स्रोतले भन्यो,‘कार कामै नलाग्ने गरी क्षतविक्षत भएको छ ।’उक्त कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा जोतिएको छ । दुर्घटनाको तस्वीर हेर्दा कारको इन्जिन सडकमै उछुट्टिएको देखिन्छ र फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको छ ।दुर्घटनाको क्रममा कारको ठक्करबाट सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोमासमेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।झापा । झापामा मोटरसाइकलको ठक्करबाट

अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्न सरकार तत्पर
राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसक्यो ।यही बेला नेपाल सरकार आफै आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौँमा आयोजना गर्न र त्यसको सम्पूर्ण खर्च बेर्हो तत्पर रहेको खबर भने आफैमा अनौठो देखिएको छ ।भारतको निजी क्षेत्रबाट सञ्चालन हुने इन्डिया फिल्म अवार्ड आइफाको २० औँ संस्करण आयोजना गर्न सरकारले आर्थिक र अन्य सौजन्य सहयोग गरेर झण्डै एक अर्ब रुपैयाँ खर्च गर्ने भएपछि यसको औचित्यमाथि प्रश्न उब्जिएको हो ।सरकारको सहमतिमा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आइफा सम्मेलनलाई सिधै ४४ करोड दिने भएका छन् भने बाँकी अहिले दाबी गरिएअनुसार ५ सयभन्दा बढी भारतीय कलाकारको आवजावत टिकट, होटल बसाइ समेत सौजन्य सहयोग बटुलिनेछ ।आइफा अवर्डालाई स्थान र सुरक्षा दिनु उचित हो । तर, नेपाल सरकार आयोजक बन्न १ अर्ब लगानी गर्नु दलालीको पराकाष्ठा हो र ५० डिग्रीको तातोमा काम गर्ने युवाहरुको रेमिट्यान्स र गरिब जनताको करको दुरुपयोग हो,’ अभिनेता नवल खड्काले सामाजिक सञ्जालमा लेखेका छन् ।यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Related Articles

Back to top button