समाचार

नेपाल वायुसेवा निगमका कर्मचारी पक्राउ

काठमाडाैँ, २३ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन ल्याउन सहयोग गरेको आरोपमा वायुसेवा निगमका एक कर्मचारी पक्राउ परेका छन् महानगरीय प्रहरी परिसर काठमाडौंले सेटिङमा अवैध सुन ल्याएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने वायु सेवा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई आइतबार राती पक्राउ गरेको हो पक्राउ परेका यादवको साथबाट प्रहरीले १०/१० तोलाको ३ वटा बिस्कुट आकारको सुन बरामद गरेको छ । प्रहरी परिसरका अनुसार विमान अवतरण भइसकेपछि धावनमार्गमै पुगेर यादवले सुन बुझ्ने र लुकाएर विमानस्थल बाहिर ल्याउने गर्थे ।विमानस्थल प्रहरीले यादवका गतिविधि शंकास्पद लागेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।७ बर्षे छोरीले “आमा पिसाब गर्ने ठाउँ दुख्यो”भनेपछि ! आमाले काम गर्ने घरमै छोरीको पटक-पटक बलात्कार भएको खुलाशा (भिडियो हेर्नुस)बिग बीको नामले चर्चित अमिताभ बच्चनका प्रशंसक अत्यधिक छन् । भारतीय प्रशंसकले अमिताभलाई यति प्रेम र सम्मान गर्छन् कि उनको एक

झलकपाउन घण्टौं प्रतिक्षा गर्छन् । अमिताभ पनि उनीहरुलाई निराश बनाउँदैनन् । हरेक आइतबार घरको प्राङ्गणमा राखिएको एउटा अग्लो स्थानमा बसेर घरको गेट बाहिर उभिएका हज्जरौं प्रशंसकलाई नमस्कार गरेर हात हल्लाएर भेट गर्छन् । यो करिब १५ देखि २० मिनेटसम्म हुन्छ । तर यो आइतबार यस्तो हुन सकेन । अमिताभले सोसल मिडियामा स्वास्थ्यमा आएको खराबीका कारण आफूले यस्तो गर्न नसकेको जानकारी दिए ।७६ वर्षीया बच्चन, पछिल्लो ३६ वर्षदेखि हरेक आइतबार जुहुस्थित आफ्नो आवास जलसामा प्रशंसकलाई दर्शन दिन्छन् । उनको यो साप्ताहिक भेट कार्यक्रमको नाम ‘सन्डे दर्शन’ हुन्छ । तर हिजो (२२ बैशाख) मा उनले प्रशंसकलाई आफ्नो दर्शन दिन सकेनन् । आफ्नो ट्वीटर अकाउन्टमा उनले यसबारे जानकारी दिँदै लेखे, ‘आज सन्डे दर्शन गर्ने छैन । तपाईंहरु सबैलाई यो जानकारी दिन चाहन्छु कि स्वास्थ्य खराब छ, चिन्ताको कुनै कुरा छैन, बाहिर मात्र आउन नसक्ने भएको छु ।’फिल्मको कुरा गर्ने हो भने बच्चन यतिबेला ‘ब्रह्मास्त्र’ र ‘तेरा यार हूँ’ नामक फिल्मको सुटिङमा व्यस्त छन् ।

Related Articles

Back to top button