समाचार

भर्खरै धादिङ बाट आयो यस्तो दुखद घटनाको। खबर

भर्खरै धादिङ बाट आयो यस्तो दुखद घटनाको। खबर काठमाडौं : धादिङ बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र माइक्रो ठोक्किँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन् ।आइतबार काठमाण्डौबाट चितवनतर्फ आउँदै गरेको लु १ ख ९०७९ नं को बस, चितवनबाट काठमाडौ जाँदै गरेको बा ३ ख १००४ नं को माईक्रो र बा २ ख ४५६७ नं को माईक्रो एक आपसमा ठोक्किँदा धादिङ महादेबस्थान ८का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र अर्का एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ मृतक दुबैको शव गजुरी अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता एवम् सुचना अधिकारी प्रनाउ रुपक खड्काका अनुसार दुर्घटनामा घाइते भएका १८ जनालाई काठमाडौं रिफर गरिएको छ । भने गजुरी अस्पतालमा ७ मोटरसाइकलमा आएका युवाले भक्तपुरमा महिलाको घाँटी रेटेर हत्याकाठमाडौं : भक्तपुरको खरिपाटीमा एक महिलाको घाँटी रेटेर हत्या भएको छ। आइतबार दिउँसो आर वान फाइप मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ। अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार अपराध महाशाखा र भक्तपुर प्रहरी परिसरले घटनामा संलग्न युवाको खोजी भइरहेको छ। उनले भने-‘घटनाको अनुसन्धान गरिरहेका छौ।’ एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाता पक्राउ परेपछि अनुसन्धानको लागि म्याद थप भएको छ।महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप भएकाे हो।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार शुक्रबार बिहान विशेष सूचनाको आधारमा बालाजुबाट पक्राउ परेकी आफूलाई धार्तीमाता बताउने विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि सात दिनको म्याद थपिएको हो । उनले भने,‘ जिल्ला प्रशासन
कार्यालय, काठमाडौंबाट अनुसन्धानको लागि म्याद गराइएको हो।’कानुनले सार्वजनिकस्थलमा हातपात गर्नुलाई अपराध मानेको छ। मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा ११८ मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्ने कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्ने उल्लेख छ। सोही दफामा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।त्यस्तै अपराध संहिताले अपमानजनक वा अमानवीय व्यवहार गरी बोक्साबोक्सीको आरोप लगाउने कार्यलाई पनि दण्डनीय अपराध मानेको छ। उक्त ऐनको दफा १६८ अनुसार बोक्सीको आरोपमा अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था रहेको छ। प्रहरीले यही प्रावधानलाई टेकेर खोजबिन र अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी बोगटीको भनाइ छडिएसपी बोगटीका अनुसार कुँवरले आफूलाई देउता चढेकाले ‘त्यस्तो’ गरेको बयान दिएकी छिन्। ‘देउताले अह्राएअनुसार काम गर्ने हो,’ कुँवरलाई उद्धृत गर्दैै डिएसपी बोगटीले भने, ‘देउता चढेपछि म के गर्छु, के भन्छु मलाई नै थाहा हुँदैन। जे गरें देउता चढेपछि गरें।’ कुँवरले देउता चढेपछि खुकुरी पनि नचाउने गरेको बयान दिएको बोगटीले बताए। माता

Related Articles

Back to top button