अन्तर्राष्ट्रिय

नेपाल छिरेका भारतीय नागरिकको चेकजाँच गर्दा प्रहरीनै परे चकित –

धादिङ । इलाका प्रहरी कार्यालय खानीखोला धादिङले ठुलो संख्यामा विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा ना ७ ख ४९७६ काकटभिट्टावाट काठमाडौं आउदै गरेको यात्रुबहाक बसमा नौविसेमा प्रहरीले चेकजाँच गर्दा प्रेसरकुकर, सकेट बम सहित विस्फोटक पदार्थ बरामद गरेको हो । दोस्रो चरणमा निर्वाचन हुने काठमाडौं लगायतका क्षेत्रमा विस्फोट गराउने उद्देश्यले ल्याइदै गरेको अवस्थामा विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ पक्राउ पर्नेमा भारत सिलगुढीका एम फर्मा खान र आसामका राजु मिश्र रहेका छन् । उनीहरुको साथवाट तयारी अवस्थामा रहेको तीन थान बम र विस्फोटक पदार्थका साथै मोटरसाइकलको सक लगायतका सामाग्री बरामद भएको छ । सुराकीका आधारमा प्रहरीले उक्त बसलाई नौविसेमा खाना खान रोकेको समयमा नियन्त्रणमा लिएर खानतलासी गर्दा उक्त सामाग्री बरामद भएको हो । उक्त बम र विस्फोटक सामाग्री भारत हुँदै नेपाल भित्राइएको प्रहरीको अनुमान छ प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ । दोस्रो चरणको चुनाव नजिकिंदै जाँदा भएका हिंसाका घटनालाई मध्यनजर गर्दै भारतसँगको सीमा नाकामा प्रहरीले केही समयदेखि सुरक्षा प्रबन्ध थप कडा बनाएको छ । प्रहरीका अनुसार उसले अहिलेसम्म ५२ थान हातहतियार र थुप्रै स्थानबाट विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामाग्री बरामद भएका छन् । हातहतियार र बिस्फोटक पदार्थ सहित करिब दुई सय पचास सयजना र निर्वाचन विरोधी क्रियाकलापमा संलग्न ५ सयजना भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ काठमाडौं– प्रहरीले स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० रुपैयाँ सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलवरिया बाराबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित दशजगा क्षेत्रबाट भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको हो

।जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले बिहार मोतीहारी जिल्ला बस्ने उनीमाथि चेकजाँच गर्दा सो रकम फेला परेको जानकारी दिए। बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुबै खुट्टाको घुँडा मुनी पिडौलाको भाग, कम्मर र जिन्त्स पाइन्टको खल्ती तथा लगाएको हेल्मेट र डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको थियो ।उनलाई पक्राउ गरी बरामद नगद रूपैया सहित आवश्यक छानबिन एवं कारवाहीको लागी सम्पती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको भट्टराईले जानकारी दिए । बाँके– बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । उनले आगजनी पीडितलाई राहत वितरणको तयारी गरिएको बताए । यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि आजचट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो ।काठमाडौ, २९ जेठनेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व आलोपालो नै हुने बताएका छन् । बुधबार चितवन पुगेका अध्यक्ष प्रचण्डले सहमतिअनुरूप आलोपालो हुने प्रतिक्रिया दिए ।उनले पार्टीभित्र पर्याप्त छलफल नगरी विधेयकहरु ल्याइएकाले विरोधको सामना गर्नुपरेको बताए । ‘विधेयकका सन्दर्भमा तयारी राम्रो पुगेन । जति गृहकार्य भएर विधेयक आउनुपर्थ्यो,, त्यो नपुगेकै हो । सरकार, पार्टी यसमा सतर्क भएको छ,’ उनले भने उनले लोकसेवाको कर्मचारी भर्ना

प्रक्रियाबारे संसदीय समितिले एक खालको निर्णय गरेको बताउँदै प्रधानमन्त्री फर्किएपछि छलफल गरेर सकारात्मक ढंगले टुंग्याउने बताए ।गुठी विधेयकका सन्दर्भमा भने आन्दोलनरत पक्षसँग वार्ता, छलफल गरी परिमार्जन गरिने उनले स्पष्ट पारेभरतपुर महानगरपालिका–१६ मा बन्न लागेको क्रिकेट रंगशाला देशकै गौरवको आयोजना भएकाले केही उल्झन, साना–मसिना समस्या आउने बताउँदै सबैसँग सहमति, छलफलबाट टुंगो लगाइने उनको भनाइ थियो चितवनमा बन्न लागेका जस्ता रंगशालालाई सरकाले प्रोत्साहन गर्ने नीति लिएको छ । आवश्यक पर्दा सरकारले सहयोग गर्छ’, उनले भने, ‘चितवनको रंगशाला राष्ट्रिय गौरवकै आयोजनाका रुपमा छ । यो चितवनको लागि मात्रै नभएर देशकै लागि पनि महत्त्वपूर्ण छ ।सबै चितवनबासीले यसलाई बनाउन सघाउनुपर्छ ।’ यो रंगशाला बनाउने क्रममा पैसा पुगेन भने सघाउने नीति सरकारले लिएको छ ।चन्दा उठाएर मात्रै पनि रकम पुगेन भने यस्ता आयोजनालाई प्रोत्साह गर्ने भनेको छ सरकारले’, दाहालले थपे, ‘चन्दाले मात्रै यति ठुलो आयोजना बन्दैन, त्यहीकारण यो वर्षका नीति तथा कार्यक्रममा एउटा आधार तय गरेका छौँ ।’ रंगशाला निर्माणमा भएको अवरोधलाई उनले ठुलो काममा सानातिना समस्या आउने प्रतिक्रिया दिए । ‘रंगशालामा अहिले भएको अवरोध सानोतिनो कुरा हो । ठुलो काम भएकाले यस्ता समस्या आउनु सामान्य हो । साना साना समस्या चिर्दै रंगशाला निर्माण अघि बढ्छ ।’उनले तीन नम्बर प्रदेशको स्थायी मुकाम र नामाकरणका बारेमा पार्टीमा छलफल भइराखेको बताउँदै विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।एउटा सोच के छ भने, जे पहिला निधो भयो, कमसेकम पाँच वर्षका लागि त्यहीँ कायम राखौँ कि भन्ने मत पनि छ, यसमा छलफल जारी छ,’ उनले भने ।पार्टीको जिल्ला इन्चार्ज, सहइन्चार्जलगायत कतिपय कार्यविभाजन अब प्याकेजमा टुंगो लगाइने उनले बताए । ‘विशेष कमिटी, जनसंगठनहरूको इन्चार्ज, सहइन्चार्ज, केन्द्रीय निकाय सबै एकैपटक प्याकेज नै सचिवालयमा प्रस्तुत गर्ने तयारी छ, प्रधानमन्त्री फर्किएपछि बैठक बसेर टुंग्याउँछौँ,’ उनले भने

Related Articles

Back to top button