समाचार

भर्खरै गोलो चल्यो। एक जनाको मृत्यु स्थिति तनावग्रस्त

भर्खरै गोलो चल्यो। प्रहरीको गोली लागेर एक जनाको मृत्युसर्लाहीमा स्थानीवासी र प्रहरीबीच झडप, एक जनाको मृत्यु !काठमाडौँ – शनिबार गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएपछि आइतबार सर्लाही तनावग्रस्त भएको छ।सर्लाहीको ईश्वरपुर नगरपालिका १३, गौरीशंकरमा रहेको बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर स्थानीय लालबाबु यादवका १२ वर्षीय छोरा अमित यादवको शनिबार मृत्यु भएको थियो।सोहि घटनाको विरोधमा आन्दोलित भएका स्थानीवासी र प्रहरी बीच झडप हुँदा स्थिति तनावग्रस्त भएको हो। स्थानीयले पूर्व-पश्चिमा राजमार्ग अवरुद्ध गर्न खोजेपछि झडप भएको बताइएको छ।झडपको क्रममा प्रहरीको तर्फबाट गोली समेत चलेको छ। प्रहरीको गोलि लागेर एक जना स्थानीयको ज्यान गएको छ। एक जनाको मृत्यु भएको जानकारी प्राप्त भएता पनि मृत्यु हुनेको पहिचान भने प्राप्त हुन सकेको छैन।घटना बारे विस्तृत विवरण प्राप्त भैसकेको छैन।काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाकौं अन्र्तगत अध्यागमनका नायव सुब्बा ललितकुमार झा र पत्नी सुचितादेवी झाविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ ।अध्यागमन कार्यालय¸ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा कार्यरत नायव सुब्बा ललित कुमार झाले पदीय मर्यादा
विपरीत कार्यहरु गरी गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवन यापन गरेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

मुद्धा दयार गरेको हो ।झा दम्पत्तिविरुद्ध १ करोड ५६ लाख ७९ हजार विगो दाबी गरेको छ। मुखियाबाट सार्वजनिक सेवामा प्रवेश गरी पदोन्नति हुँदै सुब्बाको पदमा अध्यागमन कार्यालयमा रहँदा अुकत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ । झा २०४० असार १७ गते देखि २०७६ जेठ मसान्तसम्म सार्वजनिक सेवामा कार्यरत थिए । तलब, भत्ता, कर्जा, शेयर विक्री, जग्गा विक्रीलगायत २ करोड २८ लाख ३८ आयआर्जन गरेका थिए ।काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान शहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् । उनीले सोमबार ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफलमा सहभागी हुनेछन् भने सन् २०२० का लागि जि–२० कार्यसूची विषयको छलफल सत्रमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्री ज्ञवालीले मङ्गलबार ‘जलवायु परिवर्तन भावी वित्तीय सङ्कट ?’ र नयाँ शक्ति सङ्कलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सम्बोद्धन गर्ने छन् । डालियानमा रहँदा उनले राजनीतिक एवं व्यापारिक वर्गसँग पनि भेटवार्ता गर्ने छन् ।मन्त्री ज्ञवाली यही १८ गते डालियानबाट बेइजिङतर्फ प्रस्थान गर्ने छन् । त्यहाँ उनले उच्चस्तरीय चिनियाँ अधिकारीहरुसँग छलफल गर्ने छन् । परराष्ट्रमन्त्रीका साथ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सहसचिव घनश्याम भण्डारीलगायत रहेका छन् ।

Related Articles

Back to top button