मनोरंजन

नेपाल बन्दको घोषणा बन्द, अवज्ञा गर्नेमाथि भौतिक कारबाही हुने

काठमाडाैं । वर्तमान सरकार फासिवादी बन्दै गएको भन्दै एक समूहले सरकारको विरोधमा आगामी २२ असारमा नेपाल बन्द घोषणा गरेको छ यसअघि अस्तित्वमा नरहेको नेकपा माओवादी नामको समूहले नेपाल बन्द आह्वान गरको हो । सो पार्टीका मध्य कमाण्ड इन्चार्ज सगुनको नामबाट जारी विज्ञप्तिमा वर्तमान सरकारले नेपाली जनतामाथि युद्धको भारी बोकाउने चेष्टा गरिरहेको उल्लेख छ सरकारका कारण मुलुकको राष्ट्रियता र स्वाधीनता नै धरापमा परेको आरोप विज्ञप्तिमा छ । विज्ञप्तिमा नेत्रविक्रम चन्द विप्लव समूहको समर्थन गर्नुका साथै उसमाथि लगाइएको प्रतिबन्धप्रति विरोध जनाइएको छ ।राजनीतिक समस्याको समाधान राजनीतिक तवरबाट गर्नुपर्नेमा सरकारले बल प्रयोगको माध्यमबाट दबाउन खोज्नु मुर्खता हुने बताइएको छ ।जनतामाथि गरिएको दमन तथा हत्या हिंसाको विरोधमा नेपाल बन्द गरिएकाले सहयोग गर्न सो पार्टीले आग्रह गरेको छ । बन्दकर्ताले बन्दको अघिल्लो दिन २१ ग्ते साँझबाटै सार्वजनिक यातायातमा यात्रा नगर्न चेतावनी दिएको छ । बन्द अवज्ञा गर्नेमाथि साँझ भौतिक कारबाही हुने धम्की पनि विज्ञप्तिमा छभर्खरै गोलो चल्यो। प्रहरीको गोली लागेर एक जनाको मृत्युसर्लाहीमा स्थानीवासी र प्रहरीबीच झडप, एक जनाको मृत्यु !काठमाडौँ – शनिबार गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएपछि आइतबार सर्लाही तनावग्रस्त भएको छ।सर्लाहीको ईश्वरपुर नगरपालिका १३, गौरीशंकरमा रहेको बाँके खोलामा गिट्टी बालुवा

निकाल्न खनिएको खाल्डोमा डुबेर स्थानीय लालबाबु यादवका १२ वर्षीय छोरा अमित यादवको शनिबार मृत्यु भएको थियो।सोहि घटनाको विरोधमा आन्दोलित भएका स्थानीवासी र प्रहरी बीच झडप हुँदा स्थिति तनावग्रस्त भएको हो। स्थानीयले पूर्व-पश्चिमा राजमार्ग अवरुद्ध गर्न खोजेपछि झडप भएको बताइएको छ।झडपको क्रममा प्रहरीको तर्फबाट गोली समेत चलेको छ। प्रहरीको गोलि लागेर एक जना स्थानीयको ज्यान गएको छ। एक जनाको मृत्यु भएको जानकारी प्राप्त भएता पनि मृत्यु हुनेको पहिचान भने प्राप्त हुन सकेको छैन।घटना बारे विस्तृत विवरण प्राप्त भैसकेको छैन।काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाकौं अन्र्तगत अध्यागमनका नायव सुब्बा ललितकुमार झा र पत्नी सुचितादेवी झाविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ ।अध्यागमन कार्यालय¸ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा कार्यरत नायव सुब्बा ललित कुमार झाले पदीय मर्यादा विपरीत कार्यहरु गरी गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवन यापन गरेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दयार गरेको हो ।झा दम्पत्तिविरुद्ध १ करोड ५६ लाख ७९ हजार विगो दाबी गरेको छ। मुखियाबाट सार्वजनिक सेवामा प्रवेश गरी पदोन्नति हुँदै सुब्बाको पदमा अध्यागमन कार्यालयमा रहँदा अुकत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ । झा २०४० असार १७ गते देखि २०७६ जेठ मसान्तसम्म सार्वजनिक सेवामा कार्यरत थिए । तलब, भत्ता, कर्जा, शेयर विक्री, जग्गा विक्रीलगायत २ करोड २८ लाख ३८ आयआर्जन गरेका थिए

Related Articles

Back to top button